header
ताजा खाबर :

News

chhelammedia

लेवनान अध्यागमनद्वारा महिला अधिकारकर्मी सुशिला रानालाई देश निकाला ।।

Sunday 11th of December

काठमाडौं, मंसिर २६ – लेवनान अध्यागमनले महिला अधिकारकर्मी सुशिला (सुजना) रानालाई ‘डिपोट’ गरेको छ । नारी ग्रुप लेवनानकी अध्यक्ष समेत रहेकी रानालाई १० दिनअघि अध्यागमन प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो । देश निकाला गर्न प्रहरीले हिजो साँझ रानालाई विमानस्थल पुर्‍याएको थियो । उहाँ आइतबार दिउँसो नेपाल आइपुग्नुहुनेछ ।

पुरा पढ्नुहोस्
chhelammedia

प्रधानमन्त्री प्रचण्ड ६२ वर्षमा प्रवेश ।।

Sunday 11th of December

काठमाडौं, मंसिर २६ – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार जन्मदिन मनाउँदै हुनुहुन्छ । आफ्नो ६२ औं जन्मदिनको अवसरमा उहाँ बिहानैदेखि व्यस्त हुनुहुन्छ । बिहान ७ बजे उहाँले सरकारी निवास बालुवाटारमा जनयुद्धका घाइते कालिकोटका सर्जन बिकलाई भेटेर कार्य शुभारम्भ गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

डडेल्धुरामा आगलागी हुँदा ६ वटा पसल जलेर खरानी ।।

Sunday 11th of December

डडेल्धुरा, मंसिर २६ – डडेल्धुराको परशुराम नगरपालिका–९ को गाईबाँधे बजारमा आगलागी हुँदा ६ वटा पसल जलेर नष्ट भएको छ । शनिबार राति साढे १२ बजे सुरु भएको आगलागीबाट अर्जुन बोहरा, रमेश बोहरा, अक्कल बोहरा, धर्म सिंह बोहरा, लालबहादुर बोहरा र प्रकाश खड्काको पसल जलेको इलाका प्रशासन कार्यालयले जोगबुढाले जनाएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

काभ्रेमा टाटसुमो र टिपर ठोक्किदा ,२ जनाको घटनास्थलमै मृत्यु ,

Sunday 11th of December

काभ्रे मंसिर २६ । काभ्रेको नासिकास्थान–१ भैंसेपाटीमा भएको सवारी दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । झापाको दमकबाट काठमाडौं आउँदै गरेको मे. १ ज. २१९१ नम्बरको टाटासुमो र विपरित दिशाबाट आइरहेको बा. ४ ख ३५५६ नम्बरको टिपर आपसमा ठोक्किंदा मोरङको मधुमल्लाका मदन श्रेष्ठ र पहिचान नखुलेका अर्का एकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

ट्रकले ठक्कर दिँदा नवलपरासीको देवचुली–१२ बौलाहा खोलाको पुल भाँचियो, पूर्व पश्चिम राजमार्ग अवरुद्ध ।।

Sunday 11th of December

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–१२ दलदलेस्थित बौलाहा खोलाको पुलमा ट्रकले ठक्कर दिँदा आज बिहान पुल भाँचिएको छ । पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना६ख ३०१७ नंको ट्रकले पुललाई ठक्कर दिँदा पुल झोलुङ्गो जस्तो बनेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीद्वारा छलफलको तयारी ।।

Saturday 10th of December

काठमाडौं, मंसिर २५ – प्रधानमन्त्री पष्पकमल दाहालले संसदको गतिरोध अन्त्य गर्ने विषयमा दलहरुसँग थप छलफल गर्ने बताउनुभएको छ । सभामुख ओनसरी घर्तीसँग बालुवाटारमा शनिबार बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले गतिरोध अन्त्य गर्न अहिलेपनि औपचारिक तथा अनौपचारिक रुपमा छलफल भइरहेको र शनिबारदेखि थप छलफल गर्ने बताउनुभएको हो ।

पुरा पढ्नुहोस्
chhelammedia

मोटरसाइकल दुर्घटना हुँदा बर्दियामा जनाको मृत्यु ।।

Saturday 10th of December

बर्दिया, मंसीर २५ – बर्दियाको बबई नगरपालिका सैनवार चेकपोष्ट नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सैनवार चेकपोष्ट नजिक भे ३ प ९१६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सुर्खेत बिरेन्द्रनगर–३ कालागाउँका ४३ वर्षका राजेन्द्र कुमार गिरीको ज्यान गएको हो ।

पुरा पढ्नुहोस्
chhelammedia

सुनको भाउ यो वर्षकै सस्तो ।।

Friday 9th of December

काठमाडौं, मंसिर २४ – सुनको भाउ यस वर्षकै सबैभन्दा सस्तो मूल्यमा झरेको छ । शुक्रबार सुन तोलाको ५३ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यो बिहीबारको मूल्य भन्दा चार सय रुपैयाँले सस्तो हो । अमेरिकी डलर मजबुत हुनु तथा सेयरको कारोबारमा सुधार हुँदै जानु सुनको मूल्य घट्नुको मुख्य कारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

स्वदेशमा रोजगारी सिर्जना गर्न सरकार लागेको छ स् उद्योगमन्त्री जोशी ।।

Friday 9th of December

काठमाडौं, मंसिर २४ – उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्वदेशमै रोजगारको अवसर सिर्जना गर्न सरकार लागिपरेको बताउनुभएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

दक्षिण कोरियाका राष्ट्रपतिलाई महाअभियोग ।।

Friday 9th of December

मंसिर २४ – दक्षिण कोरियाली संसदले त्यहाँका राष्ट्रपति पार्क ग्युन हेलाई महाअभियोग लगाएको छ । भ्रष्टाचारको आरोप खेपिरहेकी राष्ट्रपति हेलाई महाअभियोग लगाउने प्रस्तावको पक्षमा २ सय ३४ मत परेको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस

Friday 9th of December

मंसिर २४,आज डिसेम्बर ९ अर्थात अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैँछ । भ्रष्टाचार विरुद्ध जनचेतना जगाउन साथै भ्रष्टाचार युनीकरणका लागि संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००३ देखि यो दिवस मनाउन लागिएको हो ।

पुरा पढ्नुहोस्
chhelammedia

आरपी भट्टराई चिया पसल हुँदै लाजालाम, तितो सत्य उनका लागि सरप्राइज थियो

Friday 9th of December

काठमाडौं, मंसिर २४ – कलाकारितालाई आफ्नो रुचि भएको बताउने हाँस्य कलाकार आरपी भट्टराई राजारामको शुक्रबार बिहान निधन भएको छ । आफन्तको घरमा बेलुका सुतेका आरपीलाई बिहान अबेरसम्म नउठेपछि उठाउनका जाँदा मृत फेला पारिएको थियो । उनको निधनको कारण अहिलेसम्म खुल्न सकेको छैन तर उनको हृदयघातका कारण ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । विशेष गरी मोटो शरीर नै पहिचान भएका उनी प्रेसर र मधुमेहको बिरामी थिए ।

पुरा पढ्नुहोस्
chhelammedia

उदयपुरमा तिर्थयात्री बोकेको बस दुर्घटना ३ जनाको मृत्यु, १० जना गम्भीर घाइते ।।

Friday 9th of December

उदयपुर, मंसिर २४ – हलेसी महादेवको दर्शन गरेर फर्केका तिर्थयात्री बोकेको यात्रुबाहक बस उपयपुरको लेखानी–६ भदौरेमा दुर्घटना हुँदा ३ जानको ज्यान गएको छ । १० जना गम्भीर घाइते भएका छन् ।

पुरा पढ्नुहोस्
chhelammedia

रामेछापको सेलेघाटमा टाटासुमो दुर्घटना , ११ जना घाईते ।।

Friday 9th of December

राजिव कार्की ,रामेछाप मङिसर २४ । रामेछापको मन्थली नगरपालिका ११ सेलेघाटस्थित,तल्लो माझीटोलमा आज विहान टाटासुमो दुर्घटना हुदाँ ११ जना घाईते भएका छन् । रामेछापबाट काठमान्डौतर्फ जाँदै गरेको सिटिभिलेज यातायातको ना १ ज ५७५० नम्वरको टाटासुमो जिप गति नियन्त्रण गर्न नसक्दा भएको दुर्घटनामा परी रामेछाप ५ बस्ने २२ वर्षकी अनिता हायु ,सोही ठाँउका ५१ वर्षका मामव तामाङ, रामेछाप ७ बस्ने २० वर्षकी अस्मिता श्रेष्ठ , मनथलि नगरलपालिका ११ का २४ वर्षीया सुमित्रा शाही,त्यही ठाँउका १ वर्षका सन्देस शाही घाईते भएका छन् ।

पुरा पढ्नुहोस्
chhelammedia

प्राविधिक काममा व्यस्त पुनर्संरचना आयोग ।।

Friday 2nd of December

काठमाडौं, मंसिर १७ – स्थानीय तह पुनर्संरचना आयोगले मंसिरभित्र प्रतिवेदन बुझाउने गरी काम तीव्र पारेको छ । तराईका केही जिल्लाबाट बाहेक अरु सबै जिल्लाबाट आएको प्रतिवेदनका आधारमा प्राविधिक काम भइरहेको आयोगका एक सदस्यले उज्यालो अनलाइनलाई जानकारी दिए ।

पुरा पढ्नुहोस्
chhelammedia

अपहरणको आरोप लागेका प्रहरीसहित पाँच जनालाई ९ वर्ष कैद

Friday 2nd of December

वीरगन्ज, मंसिर १७ – जिल्ला अदालत पर्साले बिहीबार अपहरणको आरोप लागेका प्रहरी जवानसहित पाँच जनालाई दोषी ठहर गरी नौवर्ष कैद तथा जनही पाँच लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

पुरा पढ्नुहोस्