header
ताजा खाबर :

News

chhelammedia

रामेछाप नगरपालिकाको शुभाकामना आदन प्रदान कार्यक्रम सम्पन ।।

Monday 18th of September

रामेछाप नगरपालिकाले आज एक अनौपचारीक कार्यक्रमको आयोजना गरी शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । विजया दशमी तथा शुभ दिपावली २०७४ को उपलक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रम तथा चौथो परिवार नियोजन दिवश आज रामेछाप नगरपालिकाको श्रि गौरी शंकर बहुमुखि क्याम्पसको प्राङगणमा सम्पन्न गरेको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

२ नम्बर प्रदेशको चुनावका कारण पूर्वी क्षेत्रमा लामो दूरीका गाडी बन्द

Monday 18th of September

प्रदेश नम्बर २ मा सोमबार स्थानीय तहको चुनाव भइरहेकाले २ नम्बरसहित पूर्वी क्षेत्रका लामो दूरीका गाडी चलेका छैनन् ।२ नम्बर प्रदेशका आठ जिल्लासहित १५र१६ जिल्लामा लामो दूरीका गाडी नचलेको ट्राफिक प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

स्थानिय चुनाव प्रदेश नम्बर २मा मतदान जारी, मतदाताको उत्साहजन सहभागिता ।।

Monday 18th of September

प्रदेश २ का आठ जिल्लाका स्थानिय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजे सुरु भएको मतदान बेलुका ५ बजेसम्म हुनेछ । ५ बजेसम्म लाइनमा बसिसकेका मतदाताले त्यसपछि पनि मतदान गर्न पाउनेछन् । मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । निर्वाचनबाट ८ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि जनप्रतिनिधि छानिनेछन् ।निर्वाचनबाट बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका १ सय ३६ स्थानीय तहका लागि ६ हजार ६ सय २७ प्रतिनिधि चुनिनेछन् ।

पुरा पढ्नुहोस्
chhelammedia

नेपाल यू(१९ एसिया कपका लागि छनोट, हङकङ ५ विकेटले पराजित

Sunday 17th of September

काठमाडौं, असोज १ । एसीसी अन्डर(नाइन्टिन एसिया कप क्रिकेट अन्तर्गत पूर्वी क्षेत्रको छनोटको उपाधि नेपालले जितेको छ ।मलेसियाको किन्रारा मैदानमा आज भएको फाइनलमा हङकङलाई पाँच विकेटले पराजित गर्दै नेपालले उपाधिमाथि कब्जा जमाएको हो ।हङकङले प्रस्तुत गरेको ७७ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा ग¥यो ।नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले २२ तथा प्रनित थापा मगरले अविजित १९ रनको योगदान दिए ।

पुरा पढ्नुहोस्
chhelammedia

आज विश्वकर्मा पूजा मनाइँदै

Sunday 17th of September

आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।

पुरा पढ्नुहोस्
chhelammedia

सरसफाई दिवसको अवसरमा रामेछाप बजार सरसफाई ।।

Sunday 17th of September

राष्टव्यापी सरसफाई दिवसको अवसरमा आज रामेछाप बजार सरफाई गरिएको छ ।क्लिन अप नेपालको संयोजकत्वमा सन्२०१३ देखि यो दिवस मनाउन शुरु गरिएको हो ।हरेक वर्ष सेप्टेम्बर महिनाको तेश्रो शनिवार विश्वभर सरसफाई दिवस मनाउने गरिन्छ ।

पुरा पढ्नुहोस्
chhelammedia

रामेछापमा सुरक्षाकर्मी र जनप्रतिनिधिद्धारा बजार सरसफाई सुरु ।।

Sunday 10th of September

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा स्थित रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार सरसफाई अभियान सुरु भएको छ । वर्षौँ देखिको फोहोर र अव्यवस्थित ढलले कुरुप बन्दै गएको बजार नेपाली सेना र रामेछाप नगरपालिकाको जनप्रतिनिधिद्धारा सरसफाई सुरु गरिएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

रामेछापमा घरको छतबाट लडेर एक जनाको मृत्यु ।।

Saturday 9th of September

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप माथिल्लो बजार मा आज दिउँसो घरको छतबाट लडेर एकको मृत्यु भएको छ । रामेछाप बजारमा रहेको रामेछाप नगरपालिकाको कार्यालय भाडामा बसेको राम कुमार कार्किको निर्माण हुदै गरेको घरमा रेलिङ बनाउने क्रममा छतबाट खसेर महोतरी जिल्ला मनोहरा गाउँपालिका वडा नम्बर १ का १७ वर्षका रुपेश कापरको मृत्यु भएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

निर्माण भएका कृषि उपज संकलन केन्द्र भवन उदघाटन तथा स्तान्तरण कार्यक्रम सम्पन्न ।।

Friday 8th of September

रामेछाप नगपालिका वडा नम्बर ६ च्यास्कुमा निर्माण भएको कृषि उपज संकलन केन्द्र भवन उदघाटन तथा स्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गरिबी निवारण कोष काठमाडौ ,रामेछाप नगरपालिका , जिल्ला विकास समिती र स्थानिय सामुदायिक वन उपभोक्ता समुहहरुको अर्थिक सहयोगमा निर्माण भएको भवन आज एक कार्यक्रमको आयोजना गरि उदघाटन तथा हस्तान्तरण गरिएको छ । रामेछाप जिल्लाका स्रोत केन्द्रका स्रोत व्य्िक्त माधव प्रसाद सुवेदिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी रामेछाप नगरपालिकाका मियर नर बहादुर थापा मगर र कृषि उ

पुरा पढ्नुहोस्
chhelammedia

आज विश्व साक्षरता दिवस रामेछापमा पनि मनाइँदै ।।

Friday 8th of September

आज विश्व साक्षरता दिवस ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने नाराका साथ अन्तर्रा्ष्ट्रियaz साक्षरता दिवस तथा ३८औं राष्ट्रिय शिक्षा दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा रामेछाप जिल्लाका विभिन्न विद्यालयहरुमा आज विशेष कार्यक्रम गरि यो दिवश मनाइएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

प्रदुषित पानी पिउँदा रामेछापको दाहाल गाउँका सबै गाउँले बिरामी

Thursday 7th of September

रामेछाप, भदौ २२ – रामेछापको मन्थली नगरपालिका–१ का स्थानीय बासिन्दा दुषित पानी पिएका कारण बिरामी परेका छन् । पानीको अभावमा खोलाको पानी पिउँदा मन्थली–१ स्थित दाहाल गाउँका सबै उपभोक्ता बिरामी परेका हुन् ।दाहाल गाउँका उपभोक्ताहरुले वर्षौ पहिलेदेखि प्रयोग गर्दैै आएको पधेँरो सुकेका कारण उनीहरु खोलाको पानी पिउन बाध्य छन् ।

पुरा पढ्नुहोस्
chhelammedia

२ दिने रेडियो श्रोत व्यवस्थापन सम्बन्धि कार्यशाला सम्पन्न ।।।

Wednesday 6th of September

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा अवस्थित रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्जको आयोजना र एन्टेना फउन्डेशन नेपालको आर्थिक सहयोगका २ दिने रेडियो सन्चालन र रेडियो श्रोत व्यवस्थापन सम्बन्धि कार्यशाला आज सम्पन्न भएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

भूकम्प पीडितका घर बनेनन् तर लाखौं क्यूफिट काठ जंगलमै कुहिए

Monday 4th of September

सिन्धुली, भदौ १९ । भूकम्प प्रभावितका लागि आवास निर्माणमा काठको अभाव भइरहेका बेला सिन्धुलीमा भने लाखौं क्यूफिट काठ जंगलमै सड्न थालेको छ । सालको काठ संकलन र बिक्री वितरण गर्न नसक्दा जंगलमै कुहिन थालेको हो ।

पुरा पढ्नुहोस्
chhelammedia

इतिहास मै पहिलो पटक एकै ठाउँबाट ८८ किलो सुन बरामद

Monday 4th of September

काठमाडौं, भदौ १९ । सुन तस्करीका समाचार बेला–बेला प्रकाशमा आइरहे पनि इतिहास मै पहिलो पटक ८८ किलो सुन एकै ठाउँबाट बरामद भएको छ । यति धेरै सुन बरामद भएको यो पहिलो पटक हो ।प्रहरीले सोमबार बिहान राजधानीको ठमेलमा एउटा गाडीबाट उक्त परिमाणको सुन बरामद गरेको हो ।

पुरा पढ्नुहोस्
chhelammedia

भ्रष्टाचारीले निर्वाचनमा आजीवन भाग लिन नपाउने विधेयक पारित

Monday 4th of September

काठमाडौं, भदौ १९ । भ्रष्टाचारीले आजीवन निर्वाचनमा भाग लिन नपाउने गरी संसद्को राज्य व्यवस्था समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यसम्बन्धी विधेयक पारित गरेको छ ।समितिको आज बसेको बैठकमा नेपाली कांग्रेस सांसदहरुले विधेयकमाथिको संशोधन फिर्ता लिएपछि भ्रष्टाचारीले आजीवन निर्वाचनमा भाग लिन नपाउने व्यवस्थासहितको विधेयक पारित गरेको हो ।

पुरा पढ्नुहोस्
chhelammedia

रामेछापमा प्रवर्द्धन बोर्डको छात्रवृत्ति वितरण

Friday 1st of September

रामेछापबाट वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाका छोराछोरीलाई छात्रवृत्ति वितरण गरिएको छ । विदेशमा ज्यान गुमाएका नौ जनाका १७ जना छोराछोरीलाई छात्रवृत्ति वितरण गरिएको हो ।

पुरा पढ्नुहोस्