header
ताजा खाबर :

News

chhelammedia

खेटाङमा तोकिएको मापदण्ड पूरा नगर्ने विद्यालयको खाता रोक्का गरिने ।

Monday 6th of February

माघ २४ , जिल्ला शिक्षा कार्यालय खोटाङले जिल्लामा सञ्चालित तीन सय ५० वटा विद्यालयको खाता रोक्का गरेको छ। व्यवस्थापन समिति गठन नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने र बेरुजु फछ्र्योट नगर्ने विद्यालयको खाता रोक्का गरेको हो ।

पुरा पढ्नुहोस्
chhelammedia

रामेछापको बेथानमा ५५ जना शहीदका परिवारलाई शहीद गोबिन्द खड्का स्मृति प्रतिष्ठानले सम्मान गर्ने ।।

Monday 6th of February

माघ २४, रामेछाप । शहीद गोबिन्द खड्का स्मृति प्रतिष्ठान बेथान–३ रामेछापले २०५५ सालपछिका परिवर्तनमा ज्यान गुमाएका शहीदका परिवारलाई सम्मान गर्न लागेको बताएको छ । बि.स २०५८ साल फागुन ४ गते तत्कालिन नेपाली कांग्रेसका नेता गोबिन्द खड्काले ज्यान गुमाएको सम्झनामा बेथान गाविसमा खड्काको सालिक अनावरण तथा १५ औ स्मृति सभाको अवसर पारेर ५५ जना सहिदका परिवारलाई सम्मान गर्न लागिएको प्रतिष्ठाका अध्यक्ष नारायण खडकाले बताउनुभयो ।

पुरा पढ्नुहोस्
chhelammedia

पिडितलाई न्याय दिलाएरै छाड्ने डिएसपी कुमुद ढुङगेलको प्रतिवद्धता ।।

Monday 6th of February

माघ २४ रामेछाप । रामेछापका प्रहरी नायव उपरिक्षक कुमुद ढुङगेलले बेताली–३ मा रहको शेराकाली मन्दिरमा पसेर पुजा गरेको भन्दै स्थनिय कृष्णबहादुर विश्कर्मालाई पाँच हजार रुपयाँ जरिवाना तिराउने मन्दिरका पुजारीद्धय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीद्धयलाई कडा कारर्वाही हुने बताउनुभएको छ । उहाँले पीडित कृष्णबहादुर विश्वकर्माले न्याय पाउने विश्वास दिलाउदै समाजमा विकृति भित्र्याउने दोषीलाई माफी मागेर छोडन नसकिने बताउनुभयो ।

पुरा पढ्नुहोस्

सोलुखुम्बुमा औषधि अभाव, सिटामोल समेत किन्नुपर्ने ।।

Thursday 2nd of February

सोलुखुम्बु,माघ २०, – सोलुखुम्बुको अधिकांश स्वास्थ्य केन्द्रमा सामान्य टाउको दुख्दा, प्रयोग गरिने सिटामोल नपाएर बाहिर मेडिकलमा किन्नुपरेको सेवा ग्राहीको गुनासो छ ।घन्टौँ लगाएर उपचार गर्न स्वास्थ्य चौकीमा पुगे पनि रित्तो हात फर्कनुपरेको इलाका स्वास्थ्य चौकी नेलेमा ज्वरोले ग्रस्त भएपछि चेकजाँच गराई फर्केका स्थानीय श्याम विश्वकर्माले बताए ।

पुरा पढ्नुहोस्
chhelammedia

प्रधानमन्त्री प्रचण्डबाट खिम्ती–ढल्केबर २२० केभी विद्युत प्रशारण लाईन उद्घघाटन ।।

Thursday 2nd of February

राजिव कार्की ,माघ २०, रामेछाप– खिम्ती ढल्केबर २२० केभी प्रशारण लाईनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको छ । रामेछापको खिम्तीमा भएको एक कार्यक्रममा उहाँले विरुवामा पानी हालेर विद्युत प्रशारण लाइनको उद्घाटन गर्नुभएको हो ।

पुरा पढ्नुहोस्
chhelammedia

ओखलढुंगामा १३ दलले स्थानीय चुनावमा भाग लिन पाउने ।।

Thursday 2nd of February

ओखलढुंगा–ओखलढुंगामा स्थानीय तहको निर्वाचनका लागी १३ ओटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले सबै जिल्लामा राजनीतिक दल सम्बन्धी विवरण अध्यावधिक गर्न माघ १७ गते सम्मको समय सीमा निर्धारण गरेसंगै सो अवधिमा १३ वटा राजनीतिक दल दर्ता भएका हुन् ।

पुरा पढ्नुहोस्
chhelammedia

स्थानीय चुनावका लागि रामेछापमा १७ दल दर्ता ।।

Thursday 2nd of February

माघ २०, रामेछाप– स्थानीय तहको निर्वाचनका लागी रामेछापमा दर्ता हुने दलहरुमा नेपाली काङग्रेस पहिलो नम्बरमा रहेको छ भने नेकपा एमाले,नेकपा माओवादि केन्द्र,राष्ट्रिय प्रजातन्त्र पार्टी , नयाँशक्ति नेपाल,लीबरल डेमोक्रेटिक पार्टी ,नेपाल दलित पार्टि ,सास्कृतिक जनमोर्चा पार्टीले पनि दल दर्ता गरेका छन् ।

पुरा पढ्नुहोस्
chhelammedia

रामेछापका उपभोक्ताहरु अस्वस्थ्यकर मासु खान बाध्य ।।

Thursday 2nd of February

माघ २०, रामेछाप, व्यवस्थित बधशालाका लागि आफुहरुले रामेछाप नगरपालिका कार्यालयमा पटक पटक आग्रह गरेपनि अहिलेसम्म कुनै सुनुवाइ नभएको व्यवसायीको गुनासो छ । .खुल्ला र फोहोर ठाँउमा व्यवसायीले राँगा र वंगुर बध गरि झिंगा भन्किरहेको मासु बिक्री गरिरहे पनि सम्बन्धित निकायले यस बारेमा कुनै चासो दिएको छैन ।

पुरा पढ्नुहोस्
chhelammedia

गाविस सचिवद्वारा कामकाज ठप्प पारिदा रामेछापका ४५ गाविसका स्थानिय समस्यामा ।।

Thursday 2nd of February

माघ २०, रामेछाप,,,कार्य सम्पादनको आधारमा दिने भनेको प्रोत्साहन भत्ता अर्थ मन्त्रालयले रोक्का गरेको भन्दै रामेछापको ४५ वटा गाविसका ४० जना गाविस सचिवहरु जिल्लाका स्थानिय विकास अधिकारीलाई गाविसका सम्पूर्ण छापहरु बुझाउदै कार्यालयको कामकाज ठप्प पारेर हिजोदेखि विरोधमा उत्रिएका छन् ।

पुरा पढ्नुहोस्
chhelammedia

सार्वजनिक बिदा बारे अध्ययन गर्न गृहमन्त्रालयलाई सरकारको निर्देशन

Wednesday 4th of January

सरकारले सार्वजनिक बिदा बारे अध्ययन गरेर माघ महिना भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त, गोविन्द पोख्रेलकानयाँ सिइओ नियुक्त

Wednesday 4th of January

ज्ञवालीसँग २ पटक स्पष्टिकरण मागेको सरकारले स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै उहाँलाई हटाएको हो । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले ज्ञवालीलाई हटाएर राष्ट्रियो योजना आयोगका पूर्व उपाध्यक्ष गोबिन्द पोख्रेललाई सिइओ नियुक्त गरेको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

विभिन्न घटनाका आरोपीत धरौटिमा रिहा ।।

Thursday 5th of January

गएको पौष १० गते जिल्ला हुलाक कार्यालय रामेछापका हुलाकी ढाल बहादुर शाही लाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रामेछापको सैपु गाविसका ३० वर्षिय चन्द्र बहादुर तमाङ प्रहरी हिसातबाट धरौटीमा रिहा भएका छन् ।

पुरा पढ्नुहोस्
chhelammedia

रामेछापको रस्नालुमा झुण्डिएको अवस्थामा महिलाको शव फेला ।।

Thursday 5th of January

रामेछापको रस्नालु गा.वि.स. वाड नं. १मा आज दिउसो झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । फेला परेको शव रस्नालु गाविस १ स्थायी घर भएका लोक बहादुर बस्नेतको २६ बर्षकी श्रीमती दुर्गा बस्नेतको रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएके छ ।

पुरा पढ्नुहोस्
chhelammedia

साहित्यकार कमलमणि दीक्षितको निधन

Thursday 29th of December

काठमाडौं, पुस १४ – साहित्यकार कमलमणि दीक्षितको निधन भएको छ । ८६ वर्षको उमेरमा बिहीबार बिहान आफ्नै निवास ललितपुरको पाटनढोकामा उहाँको निधन भएको हो । उहाँ वि.सं. १९८६ सालमा भदौ कुशे औंसीका दिन काठमाडौंको गौरीधारामा जन्मनुभएको थियो । उहाँ वरिष्ठ पत्रकार कुन्द र कनकमणि दीक्षितका पिता हुनुहुन्छ । मदन पुरस्कार गुठी तथा मदन पुरस्कार पुस्तकालयका संस्थापक समेत रहेका दीक्षितका नेपाली भाषा, साहित्य तथा इतिहास सम्बन्धी पुस्तक प्रकाशित छन् । उहाँले विभिन्न पत्रपत्रिकाको सम्पादन पनि गर्नुभएको छ । यस्तै बालसाह

पुरा पढ्नुहोस्
chhelammedia

रामेछापमा राष्ट्रिय सेवा दलको तालिम सम्पन्न ।

Sunday 25th of December

विद्यार्थीहरुको क्षमता अभिवृद्धि, समाजसेवाको भावनामा वृद्धि , मेहनती ,लगनशिल बनाउने उद्येश्यको साथ नन्दाबक्स गण रामेछापको सहयोगमा सञ्चालित उक्त तालिममा गौरिशंकर उमावि रामेछापका ३५ जना छात्र छात्राले सहभागीता जनाएका थिए ।

पुरा पढ्नुहोस्
chhelammedia

जनप्रदर्शनको लागि एमालेको प्रचार शैली – मोबाइलदेखि मोटरसाइकलसम्म ।

Wednesday 21st of December

काठमाडौं, पुस १० – संविधान संशोधन प्रस्तावको बिरोधमा रहेका एमालेसहित विपक्षी ९ दलले आउँदो पुस २२ काठमाडौंमा जनप्रदर्शन गर्दैछन् । प्रदर्शनलाई सफल बनाउन भन्दै एमालेले तयारी तिव्र पारेको छ ।

पुरा पढ्नुहोस्