header
ताजा खाबर :

News

chhelammedia

मन्दिर प्रवेश गरेको निउमा दलितलाई जरिवाना तिराउने रामेछाप बेतालीका दुईजना पक्राउ ।।

Monday 6th of February

माघ २४,रामेछाप । दलितले मन्दिर पसेर पुजा गरेको भन्दै ५ हजार रुपैया जरिवाना तिराउन जिल्लाको बेताली गाविसका दुईजनालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । ।

पुरा पढ्नुहोस्
chhelammedia

हिमपात र हिमपहिरोमा परी अफगानिस्तानमा १ सय ५ जना भन्दा बढीको मृत्यु ।।

Monday 6th of February

माघ २४, अफगानिस्तानको पुर्वीक्षेत्र पाकिस्तानको सीमा नजिकै पर्ने दुर्गम गाउँमा हिमपात र हिउँ पहिरोमा परी १ सय ५ जना भन्दाबढीको मृत्यु भएको छ । घटनामा अन्य कैयौँ घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पाकिस्तानको सीमा क्षेत्रमा भएको सो घटनामा परि मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीले अनुमान गरेका छन् । अरु दर्जनौं घरहरुमा क्षति भएको उनीहरुले जानकारी दिएका छन् ।

पुरा पढ्नुहोस्
chhelammedia

पार्टीका केही मान्छेले भन्दैमा संविधान संशोधन गर्न नमिल्ने कांग्रेस महामन्त्री कोइरालाको भनाई ।।

Monday 6th of February

माघ २४, नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले पार्टीका केही मान्छेले भन्दैमा संविधान संशोधन गर्न नमिल्ने बताउनुभएको छ । रफत सञ्चार क्लव भक्तपुरले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा महामन्त्री डा. कोइरालाले कांग्रेस हिमाल, पहाड र तराईलाई छुट्याएर संघीय प्रदेश बनाउनुपर्छ भन्ने पक्षमा नरहेको भन्दै पार्टीका केही नेताले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताउनुभएको हो ।

पुरा पढ्नुहोस्
chhelammedia

५० हजार लिएर घर नबनाउने भूकम्पपीडितलाई कालोसूचीमा राखिने ..

Monday 6th of February

काठमाडौं, माघ २४ , पहिलो किस्ता अनुदान लिएर पनि घर नबनाउने भूकम्पपीडितलाई सरकारले कारबाही गर्ने तयारी गरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको ४२ औं बैठकले पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएर घर नबनाउनेहरुलाई दण्ड दिनुपर्ने निष्कर्ष निकालेको हो।

पुरा पढ्नुहोस्
chhelammedia

‘प्रेमिका’ माथि एसिड प्रहार, उपचारको क्रममा युवतीको मृत्यु ।।

Monday 6th of February

माघ २४ , प्रेममा धोका दिएको भन्दै एक युवकले एसिड प्रहारबाट युवतीको मृत्यु भएको छ। धादिङ नौबिसे १ बस्ने २८ वर्षीय सुनिल कोइरालाले नवलपरासी गैंडाकोट ५ की २७ वर्षीया तुलसा सापकोटामाथि आइतबार राति एसिड प्रहार गरेका थिए।

पुरा पढ्नुहोस्
chhelammedia

पुँजीगत खर्च बढाउन सरकारलाई निर्देशन ..

Monday 6th of February

काठमाडौं, माघ २४ – संसदको सार्वजनिक लेखा समितिले अबको तीन महिनामा बढीभन्दा बढी पुँजीगत खर्च गर्न सरकारलाई निर्देशन दिएको छ । पुँजीगत खर्च बढाउनेबारे सोमबार सार्वजनिक लेखा समितिमा भएको छलफलमा अर्थ सचिव सान्तराज सुवेदीलाई बोलाएर खर्च बढाउन आइपरेका समस्याबारे छलफल गरेको हो ।

पुरा पढ्नुहोस्
chhelammedia

चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी ।।

Monday 6th of February

काठमाडौं, माघ २४ – महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५ सय ६० उजुरी दर्ता भएका छन् । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढेको महाशाखाले जनाएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

हत्यामा संलग्न दुईजना सार्वजनिक ।।

Monday 6th of February

माघ २३ – बाग्लुङ जिल्लाको कुश्मीसेरा–५ का ४५ वर्षीय कृष्णबहादुर थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ३३ वर्षीय भीमबहादुर थापामगर र २५ वर्षीय विष्णु थापामगर रहेका छन् ।

पुरा पढ्नुहोस्
chhelammedia

जेठ १ र १९ गते दुई चरणमा स्थानीय तहको चुनाव गर्ने सरकारको तयारी ।।

Monday 6th of February

काठमाडौं, माघ २४ – निर्वाचन आयोेगको प्रस्ताव अनुसार सरकारले जेठ १ गते स्थानीय तहको चुनाव घोषणा गर्ने तयारी गरेको छ । तत्काल चुनावको मिति घोषणा नभएपनि जेठ १ गते चुनाव गर्नेगरी तयारी भइरहेको स्रोतले जनाएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

हात्तीपाइले विरुद्धको औषधि फागुन तेस्रो हप्ता बाट खुवाईने ।।

Monday 6th of February

काठमाडौं, माघ २४ – सरकारले फागुनमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन अभियान चलाउने भएको छ । अभियानमा ३० जिल्लाका एक करोड पाँच लाख जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य लिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

पुनर्निर्माणमा खटिएका एक इञ्जिनियर घुससहित पक्राउ ।

Monday 6th of February

नुवाकोट, माघ २४ – भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा नुवाकोटको बेलकोटमा खटिएका इन्जिनियर घुससहित पक्राउ परेका छन् । रुपन्देही जिल्लाका सिर्दाथनगर नगरपालिका(१ का प्रविणकुमार श्रीवास्तव दुई हजार रुपैयाँ घुससहित सोमबार पक्राउ परेका हुन् ।

पुरा पढ्नुहोस्
chhelammedia

त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका साठीवटा क्याम्पसमा एकैपटक सूचना माग ।।

Monday 6th of February

माघ २४ , त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मुलुकभरका ६० वटा आङ्गिक क्याम्पसमा एकैपटक सूचना माग गरिएको छ । सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रिडम फोरमको अगुवाइमा काठमाडौँ उपत्यकालगायत मुलुकभरका ६० क्याम्पसबाट सूचना माग गरिएको हो ।

पुरा पढ्नुहोस्
chhelammedia

साढे ३३ किलो सुन प्रकरण - एसएसपी खत्रीलाई अदालत लगियो ।।

Monday 6th of February

काठमाडौं, माघ २४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै साढे ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई जिल्ला अदालतमा पेश गरिएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

सार्वजनिक लेखा समितिको बैठक.........

Monday 6th of February

माघ २४ , व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बसीरहेको छ । नेकपा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय सभापतिमा चयन भएपछि लेखा समितिको पहिलो बैठक आज बसेकोे हो ।

पुरा पढ्नुहोस्
chhelammedia

महिनौंपछि महोत्तरीमा औषधि आयो ।।

Monday 6th of February

गौशाला, माघ २४ ,महिनौँदेखि औषधि अभाव रहेको महोत्तरी जिल्लामा औषधि आएको छ । जिल्ला स्वास्थ्य प्रमुख डा मनिष पाण्डेका अनुसार महोत्तरी जिल्लाको जिल्ला अस्पतालसहित विभिन्न अस्पताल, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रका लागि १८ लाखभन्दा बढीको औषधि आएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

धनुषाधामको मकर मेला सम्पन्न ।।

Monday 6th of February

माघ २४ ,धनुषा जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर मेला आइतवार भव्यताका साथ सम्पन्न भएको छ । मेला भर्न स्वदेशी तथा विदेशी श्रद्धालु भक्तजनको उल्लेख्य सङ्ख्या रहेको थियो । माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर मेला भर्न आएका श्रद्धालु भक्तजन धनुषा मन्दिरमा दर्शनपूजा गर्ने गर्दछन्।

पुरा पढ्नुहोस्