header

News

chhelammedia

प्रदेश र प्रतिनिधिसभा चुनावमा एक करोड ५४ लाख मतदाता, सबैभन्दा कम प्रदेश ६ मा ।।

Wednesday 4th of October

निर्वाचन आयोगले मङ्सिर १० र २१ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिएको सातवटै प्रदेशको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता संख्या स्वीकृत गरेको छ । स्वीकृत मतदाता नामावली अनुसार, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कूल मतदाता संख्या एक करोड ५४ लाख २७ हजार ७३१ कायम भएको निर्वाचन आयोगले जानकारी दिएको छ । जसमा पुरुष मतदाताको संख्या ७७ लाख ७६ हजार ४९६ रहेका छन् भने महिला ७६ लाख ५१ हजार ६५ र तेस्रो लिङ्गी मतदाता १७० जना रहेका छन् । यसअनुसार एकलाख २५ हजार ४३१ पुरुष मतदात

पुरा पढ्नुहोस्
chhelammedia

मंसिरमा हुने चुनावका लागि आज आयोगले निर्वाचन अधिकृत नियुक्त गर्दै

Wednesday 4th of October

काठमाडौं, असोज १८ – निर्वाचन आयोगले बुधबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत गरी १ सय ६५ जनालाई नियुक्त गर्दैछ । मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि आयोगले अधिकृत नियुक्त गर्न लागेको हो ।बुधबार नियुक्ती पाएका अधिकृतलाई अभिमुखिकरण तालिम दिएपछि कात्तिक १ गतेअघि नै १ सय ६५ निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गर्ने आयोगको तयारी छ ।

पुरा पढ्नुहोस्
chhelammedia

विजया दशमीपछिको चतुर्दशी तिथिः आज पनि टीका लगाईंदै

Wednesday 4th of October

विजया दशमीपछिको आज चतुर्दशी तिथि । विजया दशमीका दिन टीका लगाउन नपाएका वा नभ्याएकाहरुले पूर्णिमाका दिनसम्म मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिने परम्परा छ ।टीका लगाएर आशिर्वाद लिन टाढाटाढाबाट आफन्तजनको पुग्ने क्रम जारी छ ।कतिपय मानिसले विजयादशमीका दिन घरमा मात्र टीका लगाउने र त्यसपछि पूर्णिमासम्म आफन्तजनकोमा गएर टीका लगाउँदै आशिर्वाद लिने चलन छ ।

पुरा पढ्नुहोस्
chhelammedia

रामेछापमा कार दुर्घटनचा ७ जना घाइते ।।

Monday 2nd of October

काठमाण्डौबाट दशैँको टिका लगाउन दोलखा आउने क्रममा रेग्मी परिवार सवार कार रामेछापको लिखु गाउँपालीका वडा नम्बर ७ हलेदेमा सोमबार बिहान दुर्घटना हुँदा कारमा सवार ७ जना घाइते भएका छन ।

पुरा पढ्नुहोस्
chhelammedia

दोलखामा झाडापखालाबाट एकजनाको मृत्यु, १२ बिरामी

Monday 2nd of October

दोलखा, असोज १६ – दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमीगाउँमा झाडापखालाबाट एकजनाको ज्यान गएको छ । झाडापखालाबाट आइतबार सिमीगाउँका ७९ वर्षका तेन्जी शेर्पाको ज्यान गएको स्थानीय मिङ्मानुरी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा अझै १२ जना झाडापखाला र ज्वरो आउने समस्याबाट ग्रसित छन् । बिरामी परेकामध्ये तीनजना सिकिस्त छन् ।

पुरा पढ्नुहोस्
chhelammedia

भारतको कांशी(गया जस्तै पवित्र तीर्थस्थल भानुमती धाम ओझेलमा

Monday 2nd of October

खोटाङको जन्तेढुंगा र खोटेहाङ गाउँपालिकाको बीचमा पर्ने प्रसिद्ध धार्मिक तीर्थस्थल भानुमती धाम ओझेलमा परेको छ ।सम्बन्धित निकायको ध्यान नजाँदा पवित्र तीर्थस्थल ओझेलमा परेको हो ।

पुरा पढ्नुहोस्
chhelammedia

रामेछाप विटारमा बस दुर्घटना ३ को मृत्यु १८ घाइते ।।

Friday 22nd of September

राजन महतारा क्षेत्री ,हजुरको रेडियो रामेछाप ।। रामेछाप रामपुरबाट काठमाडौको लागि छुटेको हिमाल तराई यातायातको बा ३ ख ६३७५ नम्बरको बस रामेछापको विटारमा दुर्घटना हँुदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन ।

पुरा पढ्नुहोस्
chhelammedia

नेपाली कांग्रेसको २ दिने पार्टि प्रशिक्षण तथा दशै तिहा शुभकामना आदन प्रदान कार्यक्रम रामेछाप बजारमा सुरु ।।

Tuesday 19th of September

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा नेपाली कांग्रेसको २ दिने पार्टि प्रशिक्षण तथा दशै तिहा शुभकामना आदन प्रदान कार्यक्रम आजबाट सुरु भएको छ । नेपाली कांग्रेस नगर समन्वय समिती रामेछापको आयोजनामा सुरु भएको २ दिने पार्टि प्रशिक्षण तथा दशै तिहा शुभकामना आदन प्रदान कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङको आतिथ्यतामा भइरहेको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

आज संविधान दिवस, संविधानसभाबाट संविधान जारी भएको दुई वर्ष पूरा जिल्ला अस्पताल रामेछापमा फलफुल वितरण ।।

Tuesday 19th of September

सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको आज (मंगलबार) दुई वर्ष पूरा भएको छ । दुईपटक संविधानसभाको चुनाव र निकै लामो रस्साकस्सीपछि संविधानसभाका ९० प्रतिशतभन्दा धेरै सभासदको हस्ताक्षरमा २०७२ साल असोज ३ गते संविधान जारी भएको हो । संविधान दिवशको अवसरमा जिल्ला स्वास्थ्य कार्यलय रामेछापले अपस्पतालमा भर्ना भएको बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

रामेछाप नगरपालिकाको शुभाकामना आदन प्रदान कार्यक्रम सम्पन ।।

Monday 18th of September

रामेछाप नगरपालिकाले आज एक अनौपचारीक कार्यक्रमको आयोजना गरी शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । विजया दशमी तथा शुभ दिपावली २०७४ को उपलक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रम तथा चौथो परिवार नियोजन दिवश आज रामेछाप नगरपालिकाको श्रि गौरी शंकर बहुमुखि क्याम्पसको प्राङगणमा सम्पन्न गरेको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

२ नम्बर प्रदेशको चुनावका कारण पूर्वी क्षेत्रमा लामो दूरीका गाडी बन्द

Monday 18th of September

प्रदेश नम्बर २ मा सोमबार स्थानीय तहको चुनाव भइरहेकाले २ नम्बरसहित पूर्वी क्षेत्रका लामो दूरीका गाडी चलेका छैनन् ।२ नम्बर प्रदेशका आठ जिल्लासहित १५र१६ जिल्लामा लामो दूरीका गाडी नचलेको ट्राफिक प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

स्थानिय चुनाव प्रदेश नम्बर २मा मतदान जारी, मतदाताको उत्साहजन सहभागिता ।।

Monday 18th of September

प्रदेश २ का आठ जिल्लाका स्थानिय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजे सुरु भएको मतदान बेलुका ५ बजेसम्म हुनेछ । ५ बजेसम्म लाइनमा बसिसकेका मतदाताले त्यसपछि पनि मतदान गर्न पाउनेछन् । मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । निर्वाचनबाट ८ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि जनप्रतिनिधि छानिनेछन् ।निर्वाचनबाट बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका १ सय ३६ स्थानीय तहका लागि ६ हजार ६ सय २७ प्रतिनिधि चुनिनेछन् ।

पुरा पढ्नुहोस्
chhelammedia

नेपाल यू(१९ एसिया कपका लागि छनोट, हङकङ ५ विकेटले पराजित

Sunday 17th of September

काठमाडौं, असोज १ । एसीसी अन्डर(नाइन्टिन एसिया कप क्रिकेट अन्तर्गत पूर्वी क्षेत्रको छनोटको उपाधि नेपालले जितेको छ ।मलेसियाको किन्रारा मैदानमा आज भएको फाइनलमा हङकङलाई पाँच विकेटले पराजित गर्दै नेपालले उपाधिमाथि कब्जा जमाएको हो ।हङकङले प्रस्तुत गरेको ७७ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा ग¥यो ।नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले २२ तथा प्रनित थापा मगरले अविजित १९ रनको योगदान दिए ।

पुरा पढ्नुहोस्
chhelammedia

आज विश्वकर्मा पूजा मनाइँदै

Sunday 17th of September

आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।

पुरा पढ्नुहोस्
chhelammedia

सरसफाई दिवसको अवसरमा रामेछाप बजार सरसफाई ।।

Sunday 17th of September

राष्टव्यापी सरसफाई दिवसको अवसरमा आज रामेछाप बजार सरफाई गरिएको छ ।क्लिन अप नेपालको संयोजकत्वमा सन्२०१३ देखि यो दिवस मनाउन शुरु गरिएको हो ।हरेक वर्ष सेप्टेम्बर महिनाको तेश्रो शनिवार विश्वभर सरसफाई दिवस मनाउने गरिन्छ ।

पुरा पढ्नुहोस्
chhelammedia

रामेछापमा सुरक्षाकर्मी र जनप्रतिनिधिद्धारा बजार सरसफाई सुरु ।।

Sunday 10th of September

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा स्थित रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार सरसफाई अभियान सुरु भएको छ । वर्षौँ देखिको फोहोर र अव्यवस्थित ढलले कुरुप बन्दै गएको बजार नेपाली सेना र रामेछाप नगरपालिकाको जनप्रतिनिधिद्धारा सरसफाई सुरु गरिएको छ ।

पुरा पढ्नुहोस्