header
ताजा खाबर :

News

चट्याङ लागेर हल गोरु र एउटा भैसी मरे ।।

Sunday 21st of June

हिजो दिउसो पानी संगै परेको चट्याङ लागेर रामेछापको देउराली ७ का मछिन्द्र आले मगरको एक हल गोरु र एउटा भैसी मरेको छ । घरमाथिको गोठमा दिउसो ४ बजे चट्याङ पर्दा गोठभित्र बधिएको पशु मरेको स्थानीय चम्पक सुनुवारले जानकारी दिनु भयो ।।

पुरा पढ्नुहोस्

जिल्ला दैवीप्रकोप उद्धार समितिद्वारा राहात वितरण बन्द ।

Friday 19th of June

रामेछापमा जिल्ला दैविप्रकोप उद्धार समितिले भूकम्प प्रभावितहरुको लागि वितरण गर्दै आएको राहात वितरणमा रोक लगाएको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लाका २ नगरपालीका र ४५ गाविसमा जिल्ला दैवी प्रकोप उद्धार समितिले वितरण गर्दै आएको राहातका कार्यहरु असार २ गतेबाट लागु हुने गरि अर्काे निर्णय नभएसम्मको लागि स्थगित गरिएको जिल्ला दैवीप्रकोप उद्धार समिति रामेछापका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी वाशुदेव दाहलले जानकारी दिनुभयो । भुकम्प पीडितहरुलाई निरन्तर

पुरा पढ्नुहोस्

एसएलसी परिक्षा प्रकाशित

Friday 19th of June

यस बर्षको प्रवेशिका परिक्षा एसएलसीको नतिजा सार्वजानिक भएको छ । परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुरले प्रकाशन गरेको नतिजा अनुसार यस बर्ष नियमिततर्फ ४७ दशमलव ४३ अर्थात १ लाख ९२ हजार २ सय ६७ जना परिक्षार्थी उत्तीर्ण भएका छन् । जसमा विशिष्ट श्रेणीमा २१ हजार २ सय ४७ जना उत्तीर्ण भएका छन भने प्रथम श्रेणीमा ९० हजार १ सय ७६ जना पास भएका छन् । यस्तै द्धितिय श्रेणीमा ७६ हजार ४ सय ८२ र तृतिय श्रेणीमा ४ हजार ३ सय ६२ परीक्षार्थी उत्तिर्ण भएका छन् । गत साल भएको परिक्षामा नियमित तर्फ ४ लाख ५ हजार ३ सय ३

पुरा पढ्नुहोस्
chhelammedia

जनतासँग नेपाली सेना

Thursday 11th of June

सागर विक्रम बस्नेत–रामेछाप, भनिन्छ हरेक समस्याले अवसर लिएर आएको हुन्छ । बिनास पछि मात्र विकासको ढोका खुल्छ । भने जस्तै पैरो गएपछि गारो लगाउने चलन छ । कति चिज यस्ता छन् जुन आवश्यक छैन भईदिन्छ त्यस्तै । नयाँ वर्षको दुई हप्ता पनि पुरापुर बित्न नपाउँदै, समग्र देशवासीहरुको मुटुको धड्कन नै तेज गतिमा बढाउने गरी १२ गते मध्यान्ह १२ बजे महाबिनाशकारी भुकम्प गयो । यसले घर, जमिन, जगत, खोलानाला, पाखापर्वत मात्र हल्लाएन सरकार समेत हल्लाउन भ्यायो । भुकम्प गएको हप्तादिन सम्म सरकार के गर्ने र कसो गर्नेमा मात्र

पुरा पढ्नुहोस्
chhelammedia

जिल्ला परियोजना समन्वय समितिको बैठक सम्पन्न ।।।

Thursday 11th of June

जेठ २८ बिहिवार, मन्थली स्विस ईन्टरकोअपरेशन नेपाल, नेपाल सरकार र हेल्भेटास स्विस ईन्रकोअपरेशन नेपाल अन्र्तगत संञ्चालित सुरक्षित आप्रवासन परियोजनाको जिल्ला समन्वय समितिको बैठक मन्थलीमा सम्पन्न भएको छ । जिल्लामा स्थानिय सेवा प्रदायक संस्थाहरु सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार र चारघरे सेवा समितिको संयुक्त आयोजनामा मन्थली कै पार्टि प्यालेसमा कार्यक्रम संञ्चालन गरिएको हो । स्थानिय विकास अधिकारी टेकराज निरौलाको अध्यक्षतामा संञ्चालन भएको बैठकमा जिल्ला शिक्षा अधिकारी, सामी परियोजनाका जिल्ला पर

पुरा पढ्नुहोस्

रामेछाप र सिन्धुपाल्चोकको पीडामा कर्णालीको मल्हम एमाले र एमाओवादीको टोली पुनर्निर्माणमा

Monday 1st of June

१७ जेठ, रामेछाप । भूकम्प पीडितहरुको घाउमा यतिबेला कर्णालीवासीहरु मल्हम लगाउने प्रयत्नमा छन् । कर्णालीबाट आएको नेकपा एमालेको टोली रामेछापमा र एमाओवादीको टोली सिन्धुपाल्चोकमा स्वयमसेवामा खटिएका छन् । रामेछापमा कर्णालीको विकट मुगु जिल्लाका पूर्वसभासद चन्द्रबहादुर शाहीको टोली र सिन्धुपाल्चोकमा एमाओवादीका पूर्वसभासद कालीबहादुर मल्लको टोली छ । उनीहरु भत्किएका घरका भग्नावशेष हटाउने र अस्थायी टहरा बनाउने काममा जुटिरहेका छन् । कर्णालीबाट आएको शाही नेतृत्वको स्वयम्सेवी समूहले रामेछाप जिल्लाका चिसापानी

पुरा पढ्नुहोस्

पुननिर्माणको नेतृत्व ओलीबाट मात्रै सम्भव हुने उद्योगमन्त्री बस्नेतको दावी ।

Wednesday 10th of June

२७ जेठ, सिन्धुपाल्चोक उद्योगमन्त्री महेश बस्नेतले एक महिनाभित्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने दावी गरेका छन् । सिन्धुपाल्चोकको ज्यामिरेमा एमालेका स्वयंसेवकले बनाएका घर टहरा हस्तान्तरण गर्दै बस्नेतले भूकम्पपछिको पुननिर्माणका लागि ओली नेतृत्वको राष्ट्रिय सरकार बन्ने बताए । उद्योगमन्त्री बस्नेतले सिन्धुपाल्चोकको ज्यामिरेस्थित जनता माविलाई जस्तापाताद्वारा निर्मित शिक्षण कोठा हस्तान्तरण समेत गरे । एमालेको राष्ट्रिय स्वयंसेवक परिचालन अभियान अन्तर्गत युवा सं

पुरा पढ्नुहोस्

किसानलाई सिचाईको बिकल्प खोज्न जिल्ला कृषि बिकाश कार्यालय सिन्धुलीले सुझाब ।।

Wednesday 10th of June

बेमौसमी तरकारी तथा गोलभेडा खेती गर्ने किसानहरुलाई सिचाईको बिकल्पहरु खोज्न जिल्ला कृषि बिकाश कार्यालय सिन्धुलीको सुझाब छ । प्लाष्टिक घरमा बेमौसमी तरकारी तथा गोलभेडा खेती गर्ने किसानहरुले तापक्र्रम बढि भएमा प्लाष्टिक झिकेर तापक्र्रम कम गर्न सकिने जिल्ला कृषि बिकाश कार्यालय सिन्धुलीका बाली संरक्षण अधिकृत देबराज अधिकारीको भनाई छ । सिचाईको अभाब तथा तापक्र्रम बढी भएमा, चिचिला नलाग्ने, फल तितो हुने, बाङ्गिने जस्ता समस्या देखिने भन्दै बाली संरक्षण अधिकृत अधिकारीले यस्तो सुझाब दिनुभएको हो ।थर्मोमिटरले त

पुरा पढ्नुहोस्

रामेछापमा बिद्यालय बनाउदै नेता देखि उद्योगी सम्म

Wednesday 10th of June

जेठ २७ केहि समय अघि सम्म पानी बाराबार अवस्थामा रहेका राजनितीक दलका नेताहरु संविधान निर्माणमा एकजुट भएसँगै भुकम्प पछिको पुननिर्माणमा हातमा हात काँधमा काँध मिलाएर काम गरिरहेका छन । यसले अब त दलहरु पार्टी स्वार्थभन्दा माथी उठेर काम गर्छन कि भन्ने झिनो आसा पलाएको छ । तिन पार्टीका केन्द्रीय नेता र बिद्यार्थी संगठनका नेताहरु समेत रामेछापको बेथान आएर बिद्यालय भवन निर्माण गरिदिएका छन । महाँभुकम्पले भत्किएको बेथान गाविस वडा न ४ मा रहेको कालीदेवि प्राविको तिन कोठे भवन उनिहरुले बनाइदिएका छन् । विद्यालय भव

पुरा पढ्नुहोस्
chhelammedia

भ्रष्टाचारको बदलिदो परिभाषा

Wednesday 10th of June

गत मंसीर १९ गते व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको वैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले गम्भिर कुराको खुलासा गरे । कार्कीका अनुसार अहिले अख्तियारले एक हजार जना राजनीतिक व्यक्तिको बारेमा “इन्टेलिजेन्स सर्भे” गरिरहेको छ । तर त्यस्ता व्यक्तिले अहिले बैंकमा थोरै मात्र पैसा राख्दा रहेछन् । ससुराली र आफन्त पनि कंगाल नै हुदाँ रहेछन् । तर विदेश पढ्ने छोराछोरीले वैधानिक च्यानल

पुरा पढ्नुहोस्

सामाजिक लोकतन्त्रको अनिवार्यता

Wednesday 10th of June

ईतिहासमा केहि यस्ता मोडहरु आउँछन् जसमा सहि निर्णय लिन सकियो भने त्यसले अत्यन्तै सहि र सकारात्मक परिणाम दिन्छ । यदि गलत निर्णय लिएमा त्यसले जुगौजुगसम्म नकारात्मक परिणाम दिन्छ र डरलाग्दो भविष्यलाई निम्त्याउँदछ । सन् १९४७ मा स्वतन्त्रता प्राप्त गरेसँगै सुरु भएको पाकिस्तानी इस्लामिक कट्टरपन्थीकरणले पाकिस्तानको आजको दुर्दिन निम्त्याउने त्यस्तै घुम्ती थियो । करिब ७० वर्ष अगाडीको सोहि कट्टरपन्थी सोच तथा सिद्धान्तले पाकिस्तानलाई आजको दिनसम्म दलदलमा फसाईरहेको छ । उता कट्टर कम्युनिष्ट चीनले सन् १९७० को दश

पुरा पढ्नुहोस्

ओखलढुंगाका चार गाविसमा स्नेह केन्द्र स्थापना

Tuesday 9th of June

ओखलढुंगा, जेठ २६– जिल्लाका भूकम्प प्रभावित पाँच गाविसमा महिला सुरक्षित बास ९स्नेह केन्द्र० स्थापना हुने भएको छ । संयुक्त राष्ट्र संघीय जनसंख्या विकास कोषको सहयोग र महिला तथा बालबालिका कार्यालयको संयोजनमा ओरेक नेपालले स्नेह केन्द्र स्थापना गर्ने भएको हो । सिद्धिचरण नगरपालिका अन्तर्गत सिद्धिचरण पार्कमा एक स्नेह केन्द्र स्थापना गरिसकेको छ । स्नेह केन्द्रमा महिला तथा किशोरीहरु परामर्श तथा सामग्री लिन आउने गरेको केन्द्रले जनाएको छ ।

पुरा पढ्नुहोस्

टहरा निमार्ण गर्न २ सय १० विद्यालयलाई रकम वितरण

Tuesday 9th of June

ओखलढुंगा, जेठ २६– जिल्ला शिक्षा कार्यालय ओखलढुंगाले अस्थायी कक्षा निर्माण गर्न २ सय १० विद्यालयलाई रकम वितरण गरेको छ । क्षतिग्रस्त विद्यालयमा न्यूनतम २५ हजारदेखि पूर्ण क्षति भएका निमाविलाई ७६ हजार र उच्च माविलाई १ लाख ५० हजारसम्मको रकम विद्यालयको खातामा पठाइएको जिल्ला शिक्षा अधिकारी विजयप्रसाद आचार्यले जानकारी दिनुभयो । जिल्ला शिक्षा कार्यालयका अनुसार कुल ३ सय ३२ मध्ये २ सय १० विद्यालयका १ हजार ५ सय कक्षा कोठामा क्षति पुगेकाले अस्थायी कक्षा निर्माणका लागि बजेट दिइएको हो ।

पुरा पढ्नुहोस्

रामेछापका पाँच स्थानमा महिलामैत्री स्थाल संञ्चालनमा ।।

Tuesday 9th of June

रामेछापका भुकम्प प्रभाबित महिलाहरुलाई लक्षित गरी जिल्लाका पाँच स्थानमा महिलामैत्री स्थल सञ्चालन भएको छ ।ओरेक नेपालको सहयोगमा जिल्लाका संरक्षण क्लस्टरले महिलामैत्री स्थल सञ्चालनमा ल्याएको हो । महिला तथा बालबालीका कार्यलय रामेछापकी प्रमुख सुशीला वाग्लेका अनुसार जिल्लाका मन्थली ,दोरम्बा, चुचुरे, रामेछाप र फुलासी गाबिसमा महिलामैत्री स्थल सञ्चालनमा आएका छन् । ति स्थलबाट भुकम्पका कारण प्रभाबित भएका बिशेष अवस्थाका महिलालाई अस्थायी आश्रय दिईने बाग्लेले बताईन ।

पुरा पढ्नुहोस्

रामेछापका भुकम्प पीडितलाई मोरङको चामाल

Tuesday 9th of June

रामेछाज । रामेछाप जिल्लाका भुकम्प पीडितहरुलाई मोरङजील्ला वासीहरुले राहात स्वरुप चामल पठाएका छन् । मोरङ जिल्लाबासीहरुको तर्फबाट संकलित चामल नेकपा एमाले मोरङले रामेछाप ल्याएर विरण गरेको छ । मोरङ जिल्ला निर्वाचन क्षेत्र नं ९ बाट संकलन गरिएको चमाल एमाले मोरङका सचिवालय सदस्य भुपालसिँह जिमीको नेतृत्वमा आएको टोलीले मंगलबार मन्थली नगरपालीकाको वडा नं १ र ३ मा वितरण गरेको छ । राहात स्वरुप आएको २५ केजि तौलको ६ सय १९ बोरा चामल वडा स्तरीय दैवीप्रकोप उद्दार समिति मार्फत वितरण गरिएको हो । राहात सामाग्रि वितरण

पुरा पढ्नुहोस्

रामेछापमा टहरा बनाउन ११ करोड निकासा

Tuesday 9th of June

२६ जेठ, रामेछाप । भूकम्प प्रभावितहरुको घर निर्माणका लागि रामेछापमा ११ करोड ८२ लाख ७५ हजार रुपैयाँ निकासा भएको छ । एक नरपालिका र नौ गाविसका लागि उक्त रकम निकासा भएको हो । निकासा भएको रकम मध्ये मन्थली नगरपालिकामा ६ करोड ३० लाख रुपैयाँ, गुम्देल गाविसमा ९० लाख रुपैयाँ, रामपुरमा ७५ लाख रुपैयाँ, बिजुलीकोटमा ७५ लाख रुपैयाँ, सैपुमा ७० लाख रुपैयाँ, भुजीमा ६१ लाख ६५ हजार रुपैयाँ, कुबुकाँस्थलीमा ३० लाख, फर्पुमा ३० लाख र माकादुम गाविसमा ३० लाख रुपैयाँ रकम प्रदान गरिने जिल्ला दैवी प्रकाप उद्धार समितिले जनाएक

पुरा पढ्नुहोस्