header
ताजा खाबर :

News

chhelammedia

संविधानप्रति कसैले आपत्ति जनाउनुपर्दैन– दाहाल

Tuesday 22nd of September

काठमाडौँ, ५ असोज । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान नेपाली जनता र नेपालका राजनीतिक दलले लेखेकाले कोही कसैले आपत्ति जनाउनु नपर्ने बताउनुभएको छ । एमाओवादी नेता गोपाल किराँतीद्वारा लिखित ‘प्रचण्डपथको विजय’ पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले नेपालको संविधान, २०७२’ कोही कसैको विरुद्धमा नभएको स्पष्ट गर्नुभयो । एक्काइसाँै शताब्दीमा कुनै पनि मुलुकले कुनै अर्को मुलुकविरुद्ध कुनै पनि प्रकारको कदम चाल्न नसक्ने भएकाले अनावश्यक हल्लाको पछाडि नलाग्न र नेपालको

पुरा पढ्नुहोस्
chhelammedia

संविधानको आगमनसँगै एक राजनीतिकर्मीद्वारा रु ३० लाखको जग्गा प्रदान

Tuesday 22nd of September

महोत्तरी, ५ असोज । संविधानको आगमन भएको भन्दै महोत्तरीको बर्दिवासमा एक राजनीतिकर्मीले लाखौँ मूल्य बराबरको जग्गा विभिन्न सङ्घसंस्थालाई प्रदान गरेको छ । महोत्तरीको बर्दिबास निवासी नेपाली काँग्रेसका महासमिति सदस्य चिरञ्जीवी हमालले वर्षौंपछि देशमा जनप्रतिनिधिद्वारा संविधान जारी भएको भन्दै यहाँ स्थापित सङ्घसंस्थालाई रु ३० लाख बराबरको दुई कट्ठा जग्गा प्रदान गर्नुभएको हो । उहाँले आफ्ना बुबाआमा नीरबहादुर हमाल र रतन हमालको स्मृतिमा नेपाल परिवार नियोजन सङ्घ बर्दिवासलाई एक कट्ठा र नेपाल रेडक्रस सोसाइट

पुरा पढ्नुहोस्
chhelammedia

भूकम्पपीडितका लागि जापानबाट करिब रु पच्चीस लाखको राहत

Tuesday 22nd of September

रत्ननगर (चितवन), ५ असोज । भूकम्पपछि चितवनका केही पत्रकारले सुरु गरेको ‘हामीले नगरे कसले गर्ने’ अभियानअन्तर्गत अहिलेसम्म भूकम्पपीडितका लागि रु २५ लाखभन्दा बढीको राहत वितरण गरिसकेको छ । चितवन, धादिङ, गोरखा र मकवानपुरका भूकम्पपीडितलाई २५ लाखभन्दा बढीको राहत सहयोग गरिसकेको अभियानका उपाध्यक्ष विनोद रिजालले बताउनुभयो । सो क्रममा अभियानले चेपाङ बालबालिकालाई पढ्नका लागि समेत सहयोग गरेको जनाएको छ । विद्यालय भवन निर्माणका लागि अहिले अभियानले टिसर्ट बिक्री अभियान सुरु गरेको अध्यक्ष राजेश घिमिरेले जानकारी

पुरा पढ्नुहोस्
chhelammedia

बौद्धिक अपाङ्ग स्रोत कक्षा सञ्चालनमा आर्थिक समस्या

Tuesday 22nd of September

बेनी (म्याग्दी), ५ असोज । जिल्लामा पहिलोपटक विशेष कक्षा सञ्चालन गर्ने अवसर पाउँदा जिल्लाको पुलाचौर गाविस बगुवाखोलास्थित बालजागृति प्राविमा विद्यालयका संस्थापक एवम् प्रधानाध्यापक भक्तबहादुर कार्की निकै उत्साहित हुनुहुन्थ्यो तर कक्षा सञ्चालनको तीन वर्ष बित्न नपाउँदै उहाँले अवसरसँगै चुनौतीको सामनासमेत गर्नु परेको छ । जिल्लाकै एक मात्र बौद्धिक अपाङ्ग स्रोत कक्षा सञ्चालन गरिरहेको विद्यालयका विद्यार्थीको दैनिक गतिविधि सञ्चालन गर्न प्रवासी नेपालीको सहयोग भइरहेको भए तापनि स्थायी स्रोतको अभावमा कक्षा स

पुरा पढ्नुहोस्
chhelammedia

देशको आर्थिक र सामाजिक रुपान्तरण राजनीतिक दलको एजेन्डा बन्नुपर्दछ ःनेता पोखरेल

Tuesday 22nd of September

पोखरा, ५ असोज । नेकपा (एमाले) स्थायी समितिका सदस्य शङ्कर पोखरेलले नयाँ संविधान घोषणासँगै मुलुक नयाँ युगमा प्रवेश गरेकाले अब देशको आर्थिक र सामाजिक रुपान्तरण राजनीतिक दलको एजेन्डा बन्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा (एमाले)बाट कास्की क्षेत्र नं ३ मा निर्वाचित सभासद् रवीन्द्र अधिकारीले नेपालको संविधान पारित भई घोषणा भएको उपलक्ष्यमा आज पोखरा सभागृहमा आयोजना गर्नुभएको चियापान समारोहलाई सम्बोधन गर्दै नेता पोखरेलले अधिकारको लडाइँ धेरै समय लडेकाले अब देशको समृद्धितर्पm लाग्न सबैसँग आग्रह गर्नुभयो ।

पुरा पढ्नुहोस्
chhelammedia

नाकाबन्दी र ताल्चा लगाउन कसैले सत्तैmन ः एमाओवादी नेता शर्मा

Tuesday 22nd of September

पोखरा, ५ असोज । एकीकृत नेकपा (माओवादी)का नेता एवम् सभासद् जनार्दन शर्माले नेपाली जनताको भावना र हितको पक्षमा नयाँ संविधान घोषणा भएकाले यसको विरुद्धमा कसैले पनि देशमा नाकाबन्दी र ताल्चा लगाउन नसक्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता शर्माले देशको हितविरुद्ध र मानवअधिकार हनन हुने खालका काम कुनै नगरिएकाले नेपाली जनताले स्वतन्त्रपूर्वक गरेको निर्णयमा कुनै पनि बाह्य शक्तिको हस्तक्षेप हुन नसक्ने धारणा राख्नुभयो । नयाँ संविधा

पुरा पढ्नुहोस्
chhelammedia

राष्ट्र बैंकले २००० र १०० दरको सिक्का निस्कासन गर्ने

Tuesday 22nd of September

काठमाडौं । नेपाल राष्ट्र बैंकले २००० र १०० दरको सिक्का निस्कासन गर्ने भएको छ । राष्ट्र बैंकले संविधान घोषणा भएको ऐतिहासिक अवसरको सम्झनामा स्मारिका सिक्का निस्कासन गर्ने भएको हो । केन्द्रीय बैंकले २००० रुपैयाँ दरको चाँदीको सिक्का र १०० रुपैयाँ दरको क्यूप्रोनिकेल धातुको स्मारिका सिक्का निस्कासन गर्ने भएको छ । ‘ऐतिहासिक दिनको सम्झौतामा दुई हजार र एक सय रुपैयाँ अंकित दरका सिक्का निस्कास गर्ने घोषणा गरिएको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताएका छन ।

पुरा पढ्नुहोस्
chhelammedia

फेरि परकम्पको धक्का

Tuesday 22nd of September

धादिङ जिल्ला केन्द्रबिन्दु भई आज मध्याह्न १२ः१७ मा ४.५ रिक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सो जानकारी दिनुभएको हो ।

पुरा पढ्नुहोस्
chhelammedia

रौतहटको गरुडामा निषेधाज्ञा हटाइयो, प्रहरी चौकीमा आगजनी

Tuesday 22nd of September

रौतहट, ५ असोज । जिल्ला प्रशासन कार्यालय रौतहटले सोमबार साँझबाट जिल्लाको मध्य भागमा रहेको गरुडा आसपासका क्षेत्रमा लगाएको निषेधाज्ञा आज बिहान ४ बजेबाट हटाएको छ । सो क्षेत्रमा उत्पन्न असहज परिस्थिति साम्य भएकाले निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । यसैबीच प्रदर्शनकारीले गएराति स्थानीय रङ्गपुर गाविसमा रहेको प्रहरी चौकी तोडफोड गर्नुका साथै त्यहाँ रहेको प्रतीक्षालयमा आगजनी गरेका थिए । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट १२ किलोमिटर दक्षिण पश्चिममा रहेको प्रहरी नबसेका

पुरा पढ्नुहोस्
chhelammedia

कम्प्युटर शिक्षाले निरन्तरता पाउन सकेन

Tuesday 22nd of September

बाबियाचौर (म्याग्दी), ५ असोज । म्याग्दीका सामुदायिक विद्यालयमा सञ्चालनमा ल्याइएको कम्प्युटर विषयको पठनपाठन दिगो बन्न सकेको छैन । कम्प्युटर कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत र दक्ष जनशक्तिको अभावमा सामुदायिक विद्यालयले सुरु गरेको कम्प्युटर विषयको पठनपाठनले निरन्तरता पाउन नसकेको हो । विसं २०६८ मा विद्यालयको आन्तरिक स्रोत र शिक्षा कार्यालयको सहयोगमा कम्प्युटर खरिद गरी निमावि तहमा ऐच्छिक विषयमा कम्प्युटर विषयको पठनपाठन सुरु गरेको जयन्ती मावि भकिम्लीमा रहेका कम्प्युटर अहिले प्रयोगविहीन अवस्था

पुरा पढ्नुहोस्
chhelammedia

काठ, दाउरा बेचेर सामाजिक काम

Tuesday 22nd of September

बाबियाचौर (म्याग्दी), ५ असोज । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समूहले काठ, दाउरा बेचेर भएको आम्दानी सामाजिक काममा लगानी गरेको छ । वनको आम्दानी संरक्षण र व्यवस्थापनका साथै गाउँको शिक्षा, आयआर्जन वृद्धि, स्वास्थ्य, विद्युतीकरण र विकास निर्माणका काममा लाखौँ लगानी गरिएको हो । ४२ हेक्टर क्षेत्रफलमा फैलिएको ५३५ घरधुरी उपभोक्ता रहेको समूहले वार्षिक आम्दानीको २५ प्रतिशत वन व्यवस्थापन, ३५ प्रतिशत गरिबी निवारणका लागि सदस्यको आयआर्जन र ४० प्रतिशत सामाजिक का

पुरा पढ्नुहोस्
chhelammedia

माईपोखरीमा पानीको सतह बढ्दै

Tuesday 22nd of September

इलाम, ५ असोज । पूर्वकै धार्मिक तथा पर्यटकीयस्थल इलामको माईपोखरीमा यतिबेला पानीको सतह बढ्दै गएको छ । तीन वर्षदेखि निरन्तर रूपमा पानीको सतह घट्न गएकामा यसपटक भने पानीको सतह पहिलेकै अवस्थामा पुग्न लागेको हो । विसं २०६८ असोजमा गएको भूकम्पपछि पानी सुक्दै गए पनि हाल आएर पानीको सतह पहिलेकै अवस्थामा पुगेको हो । पानी बढेर पोखरीको उत्तरपट्टिको सिँडीसम्म पुगेको सुलुबुङका युवराज पौडेलले बताउनुभयो । पानीको सतह बढेपछि बिग्रिँदै गएको माईपोखरीको स्वरूप क्रमशः पहिलेकै अवस्थामा पुगेको छ । पानी बढेपछि अहिले आन्

पुरा पढ्नुहोस्
chhelammedia

चन्दा उठाएर सडक निर्माण

Tuesday 22nd of September

खोटाङ, ५ असोज । जिल्लाको पश्चिमी गाविस धितुङका स्थानीयवासीले चन्दा उठाएर सडक निर्माण गरेका छन् । हलेसी–धितुङ–रेग्मीटार सडकखण्डमा पर्ने धितुङ–३ का २१ घर चन्दा उठाएर सडक निर्माण गरिएका हुन् । चन्दा सङ्कलनबाट धितुङ–३ स्थित देउरालीडाँडादेखि दलितबस्ती हुँदै बुलापन्थे उच्च मावि जोड्ने डेढ किलोमिटर लामो सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष दर्जिमान परियारले बताउनुभयो । “सडक अभावमा आवतजावतका साथै दैनिक उपभोग्य सामान ल्याउन समस्या थियो”, उहाँले भन्नुभयो, “त्यसैले प्रत्येक घरपरिवारबाट चन्दा सङ्कल

पुरा पढ्नुहोस्

प्रहरीकै गोली प्रहारबाट अर्को प्रहरीको मृत्यु

Tuesday 22nd of September

चौतारा, ५ असोज । सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा प्रहरी चौकीमा प्रहरीले नै गोली प्रहार गर्दा अर्को प्रहरीको मृत्यु भएको छ । गएराति १० बजे जिल्लाकै सुनखानी गाविस निवासी प्रहरी जवान अशोक बरालले थ्री नट थ्री राइफलले गोली प्रहार गर्दा जिल्लाकै पुल्चोक गाविस निवासी प्रहरी जवान रेशमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले बताउनुभयो । घटनाको जानकारी पाएपछि घटनास्थल पुग्नुभएका प्रनाउ अधिकारीका अनुसार पेटमा गोली लागी घाइते भएका थापाको प्रारम्भिक उपचारपछि

पुरा पढ्नुहोस्

सरकारी चरण खर्कमा घरैघर, सम्बन्धित निकाय बेखबर

Tuesday 22nd of September

जिरी, ५ असोज । पशु विकास फार्म जिरीको मातहतमा सञ्चालनमा रहेको लहरे गाईफार्म २०५६ सालमा विस्थापित भएसँगै सो जग्गामा स्थानीयवासीको अतिक्रमण तीव्र गतिमा बढेको छ । गाईफार्म विस्थापित भएपछि गाई फार्मले भोगचलन गर्दै आएको सरकारी खर्क अलपत्र छाडिएपछि स्थानीयवासीले होडबाजीमा नै भौतिक संरचना निर्माण गर्ने क्रम बढेको हो । सम्बन्धित निकायको चासो नपुग्दा नियम विपरीत सरकारी जग्गाको दुरुपयोग भएको हो । विसं २०५६ सम्म सञ्चालनमा रहेको गाई फार्म तत्कालीन नेकपा माओवादीको एक समूहले विस्थापित गराई दिएपछि २०५७ साल

पुरा पढ्नुहोस्

सुनसरीमा जिरोटिलेज प्रविधि सुरु

Tuesday 22nd of September

इनरुवा, ५ असोज । सुनसरीको विभिन्न ग्रामीण तथा सहरी क्षेत्रका किसानले जिरोटिलेज(धान काट्ने मेसिन) प्रविधि सुरु गरेको छ । जिल्लाको प्रकाशपुर, भोक्राहा, कप्तानगज, सिमरिया र दुहबीभलुवा नगरपालिकामा जिरोटिलेज प्रविधि सुरु गरेको जिल्ला कृषि विकास कार्यालय सुनसरीका बाली विकास अधिकृत सुदीप रेग्मीले बताउनुभयो । जिल्लाको चार गाविस र एक नगरपालिकाका किसानले धान, गहँु र मकैमा जिरोटिलेज प्रविधि सुरु गरेको कार्यालयले जनाएको छ । विगत २ वर्षदेखि जिल्ला कृषि विकास कार्यालय सुनसरी र क्षेत्रीय कृषि अनुसन्धान केन

पुरा पढ्नुहोस्