header
ताजा खाबर :

News

chhelammedia

रामेछापको मन्थलीमा अप्रेसन सहीतको आँखा शिबिर सम्पन्न ।।

Monday 28th of September

रामेछाप । असोज ११ गते तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली, रामेछाप र तामाकोशी सहकारी अस्पताल मन्थलीको आयोजनामा असोज ९ र १० गते तामाकोशी सहकारी अस्पताल मन्थलीमा अप्रेसन सहीतको आँखा शिबिर सम्पन्न भएको छ। तिलगंगा आँखा केन्द्र काठमाडौंमा कार्यरत नेत्र बिशेषज्ञ सहितको ८ जनाको टोलीले शिबिरमा १२५ जना बिरामीको आँखा परिछण ,साथै ३४ जना बिरामीको मोतिबिन्दुको अप्रेसन, र अन्य ३ जनाको माइनर अप्रेसन गरिएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

भूकम्प प्रभावित दुरागाउँमा पशु प्राविधिक नवस्दा स्थानीयलाई समस्या

Monday 28th of September

रामेछाप । असोज ९ गते भूकम्पको कारण अति प्रभावित रामेछापको दुरागाउँ गाविसमा पशुस्वास्थ्य कार्यकर्ता नवस्दा स्थानिय किसानलाई समस्या परेको छ ।गाउँमा नै पशु सेवा केन्द्र भए पनि प्राविधिक नहुँदा उनीहरु सेवाबाट वञ्चित भएका छन् । भूकम्पको कारण ८ जना मानिसको ज्यान गुमाएको दुरागाउँ गाविसमा पशुवस्तु समते पुरिएर मरे । कतिपय किसानका पशुवस्तु भुकम्पको कारण घाइते पनि भए तर उनीहरुले घाइते पशुवस्तुको उपचार गराउन पशुस्वास्थ्य कार्यकर्ता समेत पाएनन् । दुरागाउँ गाविस लगायत ६ वटा गाविसका किसनहरुले पालेका पशुवस्तुल

पुरा पढ्नुहोस्
chhelammedia

रामेछापको बेथान प्राथामिक स्वास्थ्य केन्द्रमा प्रजनन् स्वास्थ्य सम्बन्धि निशुल्क स्वास्थ्य शिविर हुदैँ ।।

Monday 28th of September

जिल्ला स्वास्थ्य कार्यालय रामेछाप र परिवार नियोजन संघको संयुक्त आयोजनामा रामेछापको बेथान प्राथामिक स्वास्थ्य केन्द्रमा प्रजनन् स्वास्थ्य सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन भईरहेको छ । आजबाट संचालन भएको उक्त शिविरमा आङ खस्ने महिला, रिङ पेशरी प्रयोग गर्ने, , पाठेघरको मुखको क्यान्सरको परिक्षण गराउने गरि जम्मा ६० जना बिरामीले सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय, रामेछापका जनस्वास्थ्य निरिक्षक केशवराज फुयालले जानकारी दिनुभयो .। प्रजनन् स्वास्थ्य सम्बन्धि निशुल्क स्वास्थ्य शिविर पर्सि १३ गते

पुरा पढ्नुहोस्
chhelammedia

जोरबिजोर प्रणाली सुरु

Sunday 27th of September

पेट्रोलियम पदार्थको आपूर्ति हुन छाडेपछि सरकारले आजदेखि देशभर सवारीसाधन संचालनमा जोरबिजोर प्रणाली लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारीसाधन मात्र सञ्चालन गर्न पाईने भएको छ । आज जोर गते भएकाले जोर नंम्बरका गाडी मात्रै चलाउन पाईने गराईएको छ । जोर नम्बरका मात्रै चल्न पाउने भएपछि आज विहानैदेखि सडकमा सवारी साधनहरुको संख्या निकै न्युन देखिएको छ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अत्यावश्य सवारीसाधनबाहेक अन्य सवारीसाधनमा जोरबिजोर प्रणा

पुरा पढ्नुहोस्
chhelammedia

नाकाबन्दीको विरोधमा चितवनमा भारतीय च्यानलहरु बन्द गरिएका छन् ।

Sunday 27th of September

चितवन, १० असोज एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियु चितवनले ६ घण्टाभित्र भारतीय टेलिभिजन च्यानलहरु बन्द गर्न अल्टिमेटम दिएपछि शनिबार साँझ ७ बजेदेखि भारतका हिन्दी च्यानलहरु बन्द गरिएको हो । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी नाकाबन्दी लगाएकाले अनेरास्ववियुले भारतीय टेलिभिजन च्यानलहरुको प्रसरण बन्द गराउन चितवन युनिक केबुल प्रालिलाई शनिबार अनेरास्ववियुले लिखित पत्र दिएको थियो । अनेरास्ववियु चितवनका अध्यक्ष देवप्रसाद पाठकको नेतृत्वमाको टोलीले चितवनको चितवन युनिक केवल टेलिभिजन र सीम टीभी

पुरा पढ्नुहोस्
chhelammedia

मुलुकलाई आत्मनिर्भर बनाउन सहकारीको विकासमा जोड

Sunday 27th of September

काठमाडौँ, १० असोज । पूर्व कृषि तथा सहकारीमन्त्री होमनाथ दाहालले परनिर्भरता बढिरहेको र अघोषित नाकाबन्दीको चर्चा चलिरहेको बेला मुलुकलाई आत्मनिर्भर तुल्याउन सहकारीको विकास र विस्तारमा जोड दिनुभएको छ । कोटेश्वरस्थित मङ्गलमूर्ति बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले आयात बढेर मुलुक असाधारण परिस्थितिबाट गुज्रिरहेको अवस्थामा छरिएर रहेको पुँजीलाई सङ्कलन गरी उत्पादनसँग जोड्ने सहकारीको अहिले साँच्चि नै आवश्यकता परेको धारणा व्यक्त गर्नुभयो । “वार्षिक ३५ अर्ब

पुरा पढ्नुहोस्
chhelammedia

पश्मिम नाका निर्बाध सञ्चालनमा

Sunday 27th of September

भीमदत्तनगर, १० असोज । भारतले अघोषित रुपमा नाकाबन्दी गरेर नेपालमा ढुवानी गर्न नदिइरहेका बेला पश्चिमी क्षेत्रका नाकामा भने कुनै अवरोध छैन । भारतसँग सीमा जोडिएका कञ्चनपुरको गड्डाचौकी, बैतडीमा झुलाघाट र दार्चुला नाकामा कुनै अवरोध नभएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ । हालसम्म कुनै खाले समस्या नभएको प्रजिअ लीलाधर अधिकारीले स्पष्ट गर्नुभयो ।

पुरा पढ्नुहोस्
chhelammedia

महासचिव वान भन्नुहुन्छ, “नयाँ संविधान शान्ति प्रक्रियाको कोसेढुङ्गा”

Saturday 26th of September

न्युयोर्क (अमेरिका), ९ असोज । संयुक्त राष्ट्रसङ्घका महासचिव वान की–मुनले संविधानसभाबाट जारी नयाँ संविधान नेपालको शान्ति प्रक्रियाका लागि कोसेढुङ्गा साबित भएको बताउनुभएको छ । महासचिवका प्रवक्ताले आज न्यूयोर्कमा जारी गर्नु भएको वक्तव्यका अनुसार उहाँले प्रजातान्त्रिक, समावेशी, शान्त र समृद्ध नेपाल निर्माणका लागि लचकतापूर्वक सम्झौताको भावनाले आफ्ना मतभेदलाई समाधान गर्न पनि सबैलाई आग्रह गर्नुभएको छ । महासचिव वानले प्रधानमन्त्री सुशील कोइरालाले घरेलु राजनीतिक परिस्थितिमा ध्यान दिन र वार्तालाई अगा

पुरा पढ्नुहोस्
chhelammedia

चोरीमा संलग्न पक्राउ

Saturday 26th of September

रामेछाप असोज ९ ,रामेछाप नगरपालीकाको वडा नम्बर ४ को एक घरमा अस्ती राती भएको चोरीमा संलग्न तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप नगरपालीका ४ का २४ बर्षिय विष्णु खत्री,१७ बर्षका दिपक खत्री,मन्थली नगरपालीका १२ का १९ बर्षिय अविनाश कुमार थापा रहेका छन् । गत विहिबार राती करिब ९ बजेको समयमा रामेछाप नगरपालीका वडा नम्बर ४ स्थित तिलक बहादुर श्रेष्ठको घरमा श्रीमती र २ छोरी मात्र भएको मौका छोपी घरेलु हतियार र नक्कली पेस्तोल देखाएर २ लाख ५० हजार रुपया र ४ तोलाको सुनको सिक्री लुटेका थिए

पुरा पढ्नुहोस्
chhelammedia

सुन्नी र वहबी समुदायको विवादपछि सडकमै नमाज

Friday 25th of September

दाङ, ८ असोज । दाङको घोराहीमा रहेका सुन्नी मुस्लिम समुदायले आज वकर इद पर्व सडकमै मनाएका छन् । घोराहीको फुर्सेखाली जाने सडक छेउमा रहेको कब्रस्थानमा नमाज पढ्ने विषयमा विवाद भएपछि सुन्नी समुदायका मुसलमानले घोराहीको नेपाल टेलिकम कार्यालयको अगाडि चौराहमा नमाज पढेका हुन् । कब्रस्थान अर्थात् शवदाहस्थलमा पूजापाठ र नमाज पढ्ने विषयमा सुन्नी र वहबी समुदायका मुस्लिमबीच विवाद हँुदा स्थानीय प्रशासनले कब्रस्थानमा जान रोक लगाएपछि सुन्नी समुदायका मुसलमानले सकडमै नमाज पढेका हुन् । उता वहबी समु

पुरा पढ्नुहोस्
chhelammedia

ग्रामीण भेगको वातावरण सहज बन्दै

Friday 25th of September

रौतहट, ८ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको हडताल र बन्दका कारण प्रभावित बन्न पुगेको यहाँको जनजीवन विस्तारै सहज बन्दै गएको छ । बन्द र हडतालबाट आजित बन्न पुगेका सर्वसाधारणले अब चुप लागेर बस्न हुँदैन भन्दै धमाधम पसल व्यवसाय सुरु गर्न थालेका छन् । जिल्ला सदरमुकाम गौरमा उत्पन्न असहज परिस्थितिलाई लिएर गत भदौ ८ गते लागू गरिएको दङ्गाग्रस्त क्षेत्र अझै कायम रहेको छ । एक महिनाभन्दा बढी समय अवधिका लागि दङ्गाग्रस्त क्षेत्र कायम राख्न गृह मन्त्रालयको पूर्व स्वीकृति आवश्यक पर्ने भएकाले माथिल्लो न

पुरा पढ्नुहोस्
chhelammedia

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

Friday 25th of September

रामेछाप ८ भदौ । रामेछापमा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । गत आवमा रु १ करोड विसलाख वारावरको पशुबिमा भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । जिल्लामा तिन सय पशुको रु एक करोड १८ लाख ६० हजार बराबरको बिमा गरिएको पशु सेवा कार्यालयका प्रमुख डा. ज्ञान बहादुर थापाले बताउनुभयो । आ.व. ०७०÷०७१ मा २९ वटा गाई र ६ वटा भैसीको मात्र विमा गरिएकोमा आ व. ०७१÷०७२ मा बाख्रा १३८, बङ्गुर ४५, गाई १७२, भैंसी २७ वटाको बिमा गरिएको थापाले जानकारी दिनुभयो । जिल्ला पशु सेव कार्यालयले उपलव्ध गराउन

पुरा पढ्नुहोस्
chhelammedia

संसद् अधिवेशन आह्वान

Friday 25th of September

काठमाडौँ, ८ असोज । राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९६ को उपधारा (६) बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा यही असोज १५ गते शुक्रबार दिउँसो १ बजे व्यवस्थापिका–संसद्को बैठक बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको छ । उक्त कुरा राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

राष्ट्र सङ्घ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डल न्युयोर्कमा

Friday 25th of September

न्युयोर्क (अमेरिका), ८ असोज । उपप्रधानमन्त्री प्रकाशमान सिंह संयुक्त राष्ट्र सङ्घको ७०औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्क आइपुग्नुभएको छ । सो प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे पनि सहभागी हुनुहुन्छ । न्युयोर्कस्थित जोन अफ केनडी विमानस्थलमा उपप्रधानमन्त्री सिंह र पराराष्ट्रमन्त्री पाण्डेलाई राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, नायब स्थायी प्रतिनिधि सेवा लम्सालसहित नियोगका कर्मचारी तथा यहाँँ ब

पुरा पढ्नुहोस्
chhelammedia

पूर्व प्रहरी सङ्गठनलाई जग्गा उपलब्ध

Friday 25th of September

ताप्लेजुङ, ८ असोज । पूर्व प्रहरी सङ्गठन ताप्लेजुङलाई समन्वय कक्ष निर्माणका लागि जग्गा उपलब्ध गराएसँगै निर्माणका आवश्यक प्रक्रिया सुरु गरिएको छ । भवन नहँुदा समस्या झेल्दै आएको सङ्गठनलाई जिल्ला प्रहरी कार्यालयले आफ्नै कार्यालय परिसरमा एक कोठे भवन निर्माण गर्न जग्गा उपलब्ध गराएपछि हिजो बिहीबार बैठक बसी भवन निर्माण समिति गठन समेत गरिएको छ । सङ्गठनका जिल्ला अध्यक्ष बलराम भारतीको संयोजकत्वमा पाँच सदस्यीय समितिको गठन गरिएको हो । उक्त जग्गामा करिब रु दुई लाख ५० हजारको लागतमा भवन निर्माण हुने समितिले ज

पुरा पढ्नुहोस्

उपप्रधानमन्त्री सिंह न्यूयोर्क प्रस्थान

Thursday 24th of September

काठमाडौँ, ६ असोज । उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपालले संयुक्त राष्ट्र सङ्घको ७० औँ महासभामा संविधानसभाबाट संविधान जारी भई कार्यान्वयनमा आएको तथा भूकम्पपछिको पुनःनिर्माणका विषयमा अन्तर्राष्ट्रिय समुदायसमक्ष छलफल गर्ने बताउनुभएको छ । महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बेलुका पत्रकारसँग कुराकानी गर्दै उहाँले आफू न्युयोर्कमा रहँदा छिमेकी एवम् मित्र राष्ट्रका समकक्षीसँग देशको समसामयिक राजनीतिक विषय र आपसी हित र चासोका बारेमा छलफल हुने जानकारी

पुरा पढ्नुहोस्