header
ताजा खाबर :

News

chhelammedia

राष्ट्रपति यादव बिहीबार शीतलनिवासबाट बाहिरिने

Wednesday 28th of October

काठमाडौँ, ११ कात्तिक । राष्ट्रपति डा रामवरण यादव भोलि बिहीबार ललितपुरको बागडोलस्थित भाडाको घरमा सर्ने हुनुभएको छ । व्यवस्थापिका–संसद्बाट आज राष्ट्रपति पदमा विद्यादेवी भण्डारी निर्वाचित भएसँगै राष्ट्रपति डा यादव शीतलनिवासबाट सर्न लाग्नुभएको हो । नवनिर्वाचित राष्ट्रपति भण्डारीको शपथग्रहण समारोहपछि सरकारले आयोजना गर्ने बिदाइ समारोहपछि उहाँ साँझ बागडोल सर्नुहुने उहाँका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो । सरकारले भोलि राष्ट्रपति यादवको बिदाइमा एक समारोहको आयोजना गर्दैछ । शपथग्र

पुरा पढ्नुहोस्
chhelammedia

राष्ट्रपति निर्वाचनले समावेशी समानुपातिक मान्यतालाई स्थापित गरेको छ – अध्यक्ष दाहाल

Wednesday 28th of October

काठमाडौँ, ११ कात्तिक । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले आज भएको राष्ट्रपति निर्वाचनमा सक्षम महिला विजयी हुनुले समावेशी समानुपातिक मान्यतालाई साँचो अर्थमा स्थापित गरेको बताउनुभएको छ । राष्ट्रपतिको निर्वाचनपछि व्यवस्थापिका–संसद्बाट बाहिरिने क्रममा अध्यक्ष दाहालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै केही दिनअघि सभामुखमा पनि महिला नै निर्वाचित भएको घटनाले संविधानले सबै उत्पीडित वर्ग र समुदायलाई समुचित सम्मान र प्रतिनिधित्व गराउँछ भन्ने कुराको सुनिश्चितता गरेको पुष्टि भएको बताउनुभयो

पुरा पढ्नुहोस्
chhelammedia

राष्ट्रपतिलाई चीनको बधाई

Wednesday 28th of October

काठमाडौँ, ११ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङका तर्फबाट बधाई दिइएको छ । चिनियाँ राष्ट्रपतिका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताई भण्डारीको निवास बानेश्वर हाइट पुगी बधाई दिनुभएको हो । भण्डारीका स्वकीय सचिव नवराज गौतमका अनुसार राजदूत चुन्ताईले उहाँको कार्यकाल सफलताको बधाई दिनुभएको हो ।

पुरा पढ्नुहोस्
chhelammedia

नवनर्विाचित राष्ट्रपतिलाई राष्ट्रपति डा यादवको बधाई

Wednesday 28th of October

काठमाडौँ, ११ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति डा रामवरण यादवले बधाई दिनुभएको छ । व्यवस्थापिका–संसद्बाट निर्वाचित भएको घोषणालगत्तै राष्ट्रपतिले टेलिफोन गरी नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई बधाई दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो । राष्ट्रपति डा यादवले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई हार्दिक बधाई ज्ञापन गर्र्दै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो

पुरा पढ्नुहोस्
chhelammedia

पहिलो महिला राष्ट्रपति भण्डारीको जीवनी

Wednesday 28th of October

काठमाडौँ, ११ कात्तिक । नेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनका सशक्त तथा अग्रणी महिला नेत्री विद्यादेवी भण्डारी गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बन्न सफल हुनुभएको छ । नेकपा (एमाले) का उपाध्यक्ष तथा सभासद् रही संविधानसभाबाट संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका भण्डारी राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा आज निर्वाचित हुनुभएको छ । उहाँ गणतन्त्र नेपालको दोस्रो तथा नयाँ संविधान जारी भएपछिको पहिलो महिला राष्ट्रपति हुनुहुन्छ । नवनिर्वाचित राष्ट्रपति भण्डारी नेपालको नीति निर्माण त

पुरा पढ्नुहोस्
chhelammedia

बसमा पेट्रोलियम पदार्थ ढुवानी रोक्न प्रहरीको निगरानी

Sunday 25th of October

भीमदत्तनगर, ८ कात्तिक । आगलागीको जोखिम बढेपछि प्रहरीले यात्रुबाहक बसमा पेट्रोलियम पदार्थ ढुवानी रोक्न निगरानी बढाएको छ । केही दिनअघि बाँकेमा बस दुर्घटना हुँदा बसमा ग्यालिनमा राखिएको पेट्रोलियम पदार्थ र ग्यासका कारण दुर्घटनाग्रस्त बसमा आगो लाग्दा यात्रुले ज्यान गुमाएपछि कञ्चनपुरमा प्रहरीले काठमाडौँलगायतका रुटमा चल्ने सवारी साधनमा पेट्रोलियम पदार्थ ढुवानीमा कडाइ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक किशोरकुमार दाहालले लामो दूरीका सवारी साधनमा ग्यालिनमा पेट्रोलियम पदार्थ ढु

पुरा पढ्नुहोस्

दसैँमा बाघ कुरेरै रात बिताउनुपर्ने भूकम्पपीडितको बाध्यता ...

Sunday 25th of October

सिन्धुपाल्चोक, ८ कात्तिक । राहतमा पाएको जस्ताले बनाएको साना टहरामा दुःख सुखले यस वर्षको दसैँ मनाउन बाध्य भएका छन् – भूकम्पबाट सबैभन्दा बढी पीडित यहाँका ८० हजार घरपरिवार । गत वैशाख १२, १३ र २९ गतेका भूकम्प र त्यसपछिका परकम्पले जिल्लाका प्रायः सबै घर क्षति पु¥याएको थियो । अस्थायी टहरा बनाएर गुजारा गर्दै आएकाहरू वर्षा लगत्तै महान् चाड विजयादशमी आएकाले टहरामै जे जस्तो अवस्थामा छ त्यसरी नै दसैँ मनाउनुपरेको पीडितको गुनासो छ । अठसट्ठी गाविस तथा मेलम्ची र चौतारा गरी दुईवटा नगरपालिका रहेको सिन्धुपाल

पुरा पढ्नुहोस्
chhelammedia

हुसोकको अन्तरक्रिया

Thursday 15th of October

मन्थली । मानब अधिकार तथा सामाजिक न्याय संयोजन केन्द्र (हुसोक) रामेछापको आयोजना तथा सपोर्ट नेपाक काठमाण्डौको सहयोगमा बुधबार मन्थलीमा प्रकोप पश्चातको अवस्थामा मानवअधिकार संवेदनशील पुननिर्माण विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रमेश ढुंगेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा सीमान्तकृत समुदायका बारेमा वर्तमान संविधानमा भएका प्राबधानका बारेमा र मानवअधिकारको बारेमा भएका कुराहरुको नेपाल रेडक्रस सोसाइटीका सभापति एवं कानून ब्यवसायि शिबकुमार कार्कीले कार

पुरा पढ्नुहोस्
chhelammedia

अन्तराष्ट्रिय विपद् न्यूनिकरण दिवस सम्पन्न

Wednesday 14th of October

मन्थली ÷‘जीवनको लागि ज्ञान’ ९प्लयधभिमनभ ायच ीषभ भन्ने मूल नाराका साथ मनाईएको यस वर्षको अन्तराष्ट्रिय विपद् न्यूनिकरण दिवस अन्तरगत यस जिल्लामा जिल्ला स्तरीय अन्तरक्रिया गोष्ठी आयोजना गरी मनाइएको छ । यहि असोज २६ गते अथवा १३ अक्टोवरको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी, रामेछापले आयोजना गरेको उक्त गोष्ठीमा समुदाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा देखिएका विभिन्न खाले विपद् र त्यसको व्यवस्थापनका लागि भएका अभ्यासहरुको बारेमा छलफल गरेको थियो । रामेछाप जिल्ला पनि जोखिमयूक्त जिल्लाको रुपमा रहेकोले सरकार

पुरा पढ्नुहोस्
chhelammedia

अदालतको फैसला कार्यान्वयनमा समस्या

Friday 9th of October

बाबियाचौर (म्याग्दी), २२ असोज । जिल्ला अदालत म्याग्दीले पछिल्लो एक दशकयता गरेका फैसलाअनुसार रु २१ लाख ५० हजार जरिवाना र ७९३ वर्ष कैद सजाय असुल गर्न बाँकी देखिएको छ । अदालतले विभिन्न समयमा गरेका फैसलाअनुसार रु २१ लाख ५१ हजार ४८६ जरिवाना र ७९३ वर्ष १० महिना २७ दिन कैद सजाय असुल गर्न बाँकी रहेको जनाएको छ । यो तथ्याङ्क २०६० चैत ७ गतेदेखि २०७२ भदौ मसान्तसम्मको हो । विसं २०६० को बेनी भिडन्तका क्रममा कागजपत्र जलेर नष्ट भएकाले त्यसअघिको तथ्याङ्क छैन । जनशक्तिको कमी, पुराना मुद्दाका

पुरा पढ्नुहोस्
chhelammedia

जापानको क्युसुमा तामाङ समाज गठन

Friday 9th of October

टोकियो (जापान), २२ असोज । नेपालका विभिन्न जिल्लाबाट जापानको क्युसु क्षेत्रमा बसोबास गर्ने तामाङवासीले तामाङ समाज फुकुओका गठन गरेको छ । नयाँ गठित समाजले विष्णुबहादुर तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको छ । समाजको उपाध्यक्षमा हस्त तामाङ, कोषाध्यक्षमा सरोज तामाङ र सचिवमा सोनम लामा रहेका छन् । त्यस्तै सदस्यमा सुरेन्द्र घिसिङ, देवेन्द्र तामाङ, दिपेश पाख्रिन, प्रेम तामाङ, लक्पा घिसिङ, विक्रम घिसिङ, बेग तामाङ र पेमा तामाङ रहेका छन् । समाजले नेपाली समुदायमा आइ

पुरा पढ्नुहोस्
chhelammedia

विपन्न बालबालिकालाई सहयोग पु¥याउन अक्षय कोष स्थापना

Friday 9th of October

कञ्चनपुर, २२ असोज । कञ्चनपुरको पुनर्वास नगरपालिका–१४ वीर बलभद्रबस्तीस्थित जनशक्ति निम्न माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक टेकबहादुर विश्वकर्माले विद्यालयमा रु एक लाखको अक्षय कोष स्थापना गर्नुभएको छ । विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग पु¥याउन विद्यालयमा अक्षय कोष स्थापना गरिएको हो । प्रधानाध्यापक विश्वकर्माले अक्षय कोष स्थापनाले विपन्न परिवारका बालबालिकालाई पठनपाठन गर्न सहज हुने बताउनुभयो ।

पुरा पढ्नुहोस्
chhelammedia

सर्वसाधारणको दैनिक जनजीवन कष्टकर नबनाउ – आयोग

Wednesday 7th of October

काठमाडौँ, २० असोज । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थलगायतको नियमित आयात र आपूर्तिमा अवरोधका कारण आम नागरिकको दैनिक जीवन कष्टकर भएको र आधारभूत मानव अधिकारको अवस्था नाजुक हुँदै गएका प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका निमित्त सचिव सूर्य देउजाले आज जारी गरेको विज्ञप्तिमा दुई महिनाभन्दा लामो समयदेखि तराई मधेस क्षेत्रमा भएको बन्द, हडताल र असोज ६ गतेदेखि पेट्रोलियम पदार्थलगायतको आयात र आपूर्तिमा अवरोधका कारण नागरिकको जीवन कष्टकर बन्दै गएको र यसले मानव अधिकारको अवस्था निकै न

पुरा पढ्नुहोस्
chhelammedia

कुनै पनि बहानामा वस्तु र सेवाको प्रवाह रोक्न पाइँदैन ः परराष्ट्रमन्त्री

Wednesday 7th of October

काठमाडौँ, २० असोज । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भूपरिवेष्टित एवम् अल्पविकसित मुलुकमा अत्यावश्यक वस्तु र सेवाको प्रवाह कुनै पनि बहानामा रोक्न नपाइने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिएर आज स्वदेश फर्कनुभएका मन्त्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग “अल्पविकसित÷भूपरिवेष्टित मुलुकको अधिकार कुनै पनि देशले कुण्ठित गर्न पाउँदैन” भन्नुभयो । महासभाका क्रममा आफूले भारतका विदेशमन्त्रीलाई पनि सोही कुरा अवगत गराएको जानकारी दिँदै उहाँले अन्तर्रा

पुरा पढ्नुहोस्
chhelammedia

संसदीय सुनुवाइ विशेष समितिको बैठक बिना निष्कर्ष टुङ्गियो

Wednesday 7th of October

काठमाडौँ, २० असोज । न्याय परिषद् सदस्यको संसदीय सुनुवाइका लागि आज बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । न्याय परिषद् सदस्यमा प्रस्तावित कानुन व्यवसायी रामहरि सिटौलाको संसदीय सुनुवाइमा समितिका सदस्यहरूबीच संवैधानिक प्रावधानका विषयमा एकमत हुननसक्दा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको समितिका सचिव धु्रव घिमिरेले जानकारी दिनुभयो । नेपालको संविधान २०७२को धारा २९२(२)अनुसार संघीय संसदको दुबै सदनका १५ सदस्यसहितको संयुक्त समिति रहने प्रावधान बमोजिम संसदीय

पुरा पढ्नुहोस्
chhelammedia

प्रधानमन्त्रीलाई युवा नेताको ज्ञापनपत्र

Wednesday 7th of October

काठमाडौँ, २० असोज । विभिन्न राजनीतिक दलका युवा नेताको टोलीले भारत सरकारले गरेको अघोषित नाकाबन्दी र नेपाली जनताले पाउनुपर्ने अधिकारबारे प्रधानमन्त्री सुशील कोइरालासमक्ष आज ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउनेमा नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरे, नेकपा (एमाले)का युवा नेता ठाकुर गैह्रे, रामकुमारी झाँक्री, एनेकपा माओवादीका युवा नेता देवेन्द्र पराजुली, राष्ट्रिय जनमोर्चाका युवा नेता कृष्ण अधिकारी, नेकपा–माओवादीका नेता लेखनाथ न्यौपाने, नेकपा एकीकृतका नेता डाँचाराम वाग्लेलगायत हुनुहुन

पुरा पढ्नुहोस्