header
ताजा खाबर :

News

chhelammedia

जायज माग सम्बोधन गर्न सरकार तयार ः प्रम ओली

Thursday 12th of November

काठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल संवत ११३६ न्हूदँ राष्ट्रिय समारोह समितिले आज बसन्तपुरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “दुई जना सडकमा निस्केर करोडौँ नेपालीको भावना विपरीत माग राखेमा सरकारले सम्बोधन गर्न सक्दैन, नेपाललाई नोक्सान हुने विषयमा सरकारले काम गर्दैन, धेरै जनताले चाहेको माग पूरा गर्न सरकार उदार र फराकिलो छ” – उहाँले भन्नुभयो ।

पुरा पढ्नुहोस्
chhelammedia

बिहान–बेलुका लोडसेडिङ मुक्त गर्ने सरकारको तयारीः उर्जामन्त्री

Thursday 12th of November

ललितपुर, २६ कातिक । उपप्रधानमन्त्री एवम् उर्जामन्त्री टोपवहादुर रायमाझीले नियमितरुपमा हुँदै आएको लोडसेडिङमा परिवर्तन गर्दै बिहान र बेलुकाको समयमा लोडसेडिङ मुक्त गराउने सरकारको तयारी रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लव अफ नेपालको आयोजनामा आज मन्त्री निवास हरिहरभवनमा गरिएको देउसीभैलो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उर्जा क्षेत्रको विकासका लागि नीतिगत संरचना ल्याएर प्रभावकारीरुपमा ठूला जलविद्युत आयोजना युद्धस्तरमा सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले पेट्रोलियम पदार्थको समस्या समाधानका ल

पुरा पढ्नुहोस्
chhelammedia

रु पचास लाखको लगानीमा किनमेल केन्द्र स्थापना

Thursday 12th of November

तुलसीपुरमा (दाङ), २६ कात्तिक । दाङको तुलसीपुरमा रु ५० लाखको लगानीमा मिनि किनमेल केन्द्र स्थापना गरिएको छ । सो केन्द्रको तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले उद्घाटन गर्नुभयो । दैनिक उपभोग्य वस्तुसहित कस्मिेटिक, रेडिमेड सामान उपलब्ध गराउने किनमेल केन्द्रले जनाएको जनाएको छ ।

पुरा पढ्नुहोस्

सुकीले लेख्नुभो राष्ट्रपति र सेनाप्रमुखलाई पत्र

Thursday 12th of November

याङ्गोन, २६ कात्तिक । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले राष्ट्रिय सहमित र मेलमिलापका लागि म्यानमारका राष्ट्रपति तथा सैनिक प्रमुखलाई आह्वान गर्नुभएको छ । उहाँले एक पत्रमार्फत त्यहाँको सैनिक प्रमुखसँग सो आग्रह गर्नुभएको हो । बुधबारसम्म निर्वाचनको सबै परिणाम घोषणा नभइसकेको अवस्थामा उहाँले राष्ट्रपति र त्यहाँका सभामुखलाई सो पत्र लेख्नुभएको हो । पत्रमा उहाँले राष्ट्रिय सहमति र मेलमिलापका बारेमा कुराकानी गर्न इच्छुक रहेको र आवश्यक र मिल्दो समयमा उहाँहरुले खबर गरी आएमा आफू य

पुरा पढ्नुहोस्
chhelammedia

नाकाबन्दीले चमेलिया आयोजनाको काम प्रभावित

Thursday 12th of November

भीमदत्तनगर, २६ कात्तिक । भारतको अघोषित नाकाबन्दीका कारण दार्चुलामा निर्माणाधिन चमेलिया आयोजनाको काम प्रभावित बनेको छ । नाकाबन्दीका कारण इन्धन तथा निर्माण सामग्री नपाउँदा आयोजनाको काम प्रभावित बनेको आयोजनाका उपप्रबन्धक पुष्पराज जोशीले बताउनुभयो । आयोजनाको सुरुङ्ग बाहेक अन्य काम यसअघि सुरु भएपनि अहिले सामग्री अभावले निर्माणकार्य प्रभावित बनेको जोशीको भनाइ छ । “विद्युत् गृहको ढलान गर्नका लागि सिमेन्ट अभाव भएको छ,” उपप्रवन्धक जोशीले रासससित भन्नुभयो– “नाकाबन्दीले यहाँ आउने सामग्री सिमानाका

पुरा पढ्नुहोस्
chhelammedia

अमेरिकी क्यानोनिङ टोलीको नुवाकोटको हिलेगाउँमा श्रम र सहयोग

Thursday 12th of November

काठमाडौँ, २६ कात्तिक । अमेरिकन क्यानोनियरीङ एकेडेमीका वरिष्ठ प्रशिक्षक रीच कार्लसनको नेतृत्वमा आएको एकेडेमीको टोलीका सदस्यले नुवाकोट जिल्लाको ककनी गाउँ विकास समिति हिलेगाउँमा भूकम्पपीडित परिवारका लागि अस्थायी घर निर्माण गरेका छन् । एरिजोना, युटाहसहित अमेरीकाका विभिन्न ठाउँका साहसिक खेल क्यानोनिङ गर्न रुचाउने दश जनाले बाँस, टीन र काठका नौवटा अस्थायी घर निर्माणमा स्वेच्छिक श्रमदान गरेका थिए । उनीहरुले केही रकम, लुगा र उपयोगी सामग्री गाउँलेलाई प्रदान गरे । फ्रेन्ड्स एडभेन्चर टीम प्रालिका प्रवन्ध

पुरा पढ्नुहोस्
chhelammedia

नेपाल सम्वत् सुरु भएको खुसियालीमा मोटरसाइकल ¥याली

Thursday 12th of November

विराटनगर, २६ कात्तिक । नेपाल सम्वत् ११३६ आजदेखि सुरु भएको खुसियालीमा यहाँ मोटरसाइकल ¥याली निकालिएको छ । झी पुचः मन्दिर समितिको आयोजनामा निकालिएको ¥यालीले ट्राफिक चोक, रोडशेष चोक, रानी भन्सारबाट धरानरोड हुँदै कञ्चनबाडी चौकसम्म पुगेको थियो । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले इस्वी सम्वत् ८८० मा गरिव जनताको ऋणमोचन गरी यो सम्वत् चलाएको इतिहास छ ।

पुरा पढ्नुहोस्
chhelammedia

थारु र मधेसीको बाहुल्य रहने दुई प्रदेशको पक्षमा उपप्रधानमन्त्री गच्छदार

Thursday 12th of November

विराटनगर, २६ कात्तिक । उपप्रधानमन्त्री एवम् भौंतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले तिहारपछि आन्दोलन दलहरुसँग निर्णायक वार्ता हुने बताउनुभएको छ ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले आन्दोलनरत दलहरुले शीर्ष नेताहरुसँग नै छलफल गर्ने प्रस्ताव गरेअनुरुप वार्तालाई अगाडि बढाइने स्पष्ट पार्नुभयो । आन्दोलनकारीको मुख्य माग सीमाङ्कन नै रहेको बताउँदै उहाँले भन्नुभयो, “यसका लागि संविधान संशोधन आवश्यक रहेकाले सबै दलसँग समझदारी बनाएर सरकार अगाडि बढ्ने छ ।” उहाँले तीन महि

पुरा पढ्नुहोस्
chhelammedia

देवकोटा जयन्तीमा बट्टारमा कविता प्रतियोगिता

Thursday 12th of November

त्रिशूली (नुवाकोट), २६ कात्तिक । देवकोटा जयन्तीको अवसरमा नुवाकोटको बट्टारमा बुधवार खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । साहित्य समाज नुवाकोटको आयोजनामा भएको प्रतियोगितामा एलिसा पौड्याल पहिलो, दिक्षान्त सिटौला दोस्रो, कोपिला अर्याल तेस्रो र इश्वरी भट्ट र मनोहरिसा थापामगर सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रगतिशील लेखक सङ्घका केन्द्रंीय सचिव आरएम डङ्गोलले लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा गरिएको कविता प्रतियोगितामार्फत जिल्लाबाट प्रतिभाशाली

पुरा पढ्नुहोस्

रविमा इलाका प्रशासन कार्यालय स्थापना गरिने

Thursday 12th of November

पाँचथर, २६ कात्तिक । पाँचथरको दक्षिणी भेगका सर्वसाधारणलाई प्रशासनिक सेवा प्रवाह गर्न रवि बजारमा मङ्सिर महिनादेखि इलाका प्रशासन कार्यालय स्थापना गरिने भएको छ । मङ्सिर महिनाभित्रै कार्यालय स्थापना गरी सेवा प्रवाह गर्ने प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले जानकारी दिनुभयो । तर नापी र मालपोत कार्यालयलगायतका केही कार्यालयबाट भने सेवा प्रवाह गर्न नसकिने उहाँको भनाइ छ । रविमा इलाका प्रशासन स्थापना भए रविसहित कुरुम्बा, लिम्बा, दुर्दिम्बा, हाङगुम, आरुबोटे, वलने, आङना, मौवा, माङजाबुङ, सराङडाँडा र

पुरा पढ्नुहोस्
chhelammedia

लक्ष्मी जयन्तीमा बेनीमा दुई कृति विमोचन

Thursday 12th of November

म्याग्दी, २६ कात्तिक । १०७ औँ लक्ष्मी जयन्तीको अवसरमा बुधबार बेनीमा कृति विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । सुवासना साहित्य सदन म्याग्दीको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सञ्जयकुमार श्रेष्ठको “सम्मान र तालि” कथा सङ्ग्रह र शिव सस्मितको “बहाव” गजल सङ्ग्रहको संयुक्तरुपमा विमोचन गरिएको हो । पछिल्लो समय म्याग्दी जिल्लामा साहित्यिक माहोल बढ्दै जान थालेपछि श्रेष्ठको पहिलो र सस्मितको दोस्रो कृति प्रकाशन भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अग्रज साहित्यकार प्रेमप्रका

पुरा पढ्नुहोस्
chhelammedia

दिपावली मनाउने क्रममा पसलमा आगलागी

Thursday 12th of November

महोत्तरी, २६ कात्तिक । दिपावली मनाउने क्रममा गएराति पसलमा बालेको दियोबाट सल्केर महोत्तरीको सितापुरमा एउटा पसलमा आगलागी भएको छ । सितापुर वजारमा सञ्चालनमा रहेको छठिमाई हेयर कटिङ्ग सैलुनमा दिपावली मनाउँदा पूजा गर्नेक्रममा वालेको दियोबाट आगो सल्केर आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । सो आगलागीबाट करिब रु ५० हजार बराबरको समान जलेर नष्ट भएको सञ्चालक लक्ष्मेश्वर ठाकुरले बताउनुभयो । मध्यरातमा लागेको आगोलाई स्थानीयवासी र प्रहरी मिलेर समयमै नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जो

पुरा पढ्नुहोस्
chhelammedia

जिप दुर्घटना –पाँचको मृत्यु

Thursday 12th of November

लमजुङ, २६ कात्तिक । लमजुङ सदरमुकाम बेँसीसहर नगरपालिकाको चनौटे धालुधारामा गएराति १ः३० बजे ग१ज ५५८८ नं को जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृतकहरूमा बेँसीसहर नगरपालिका–१० का २३ वर्षीय भरत थापा, २६ वर्षीय वसन्त श्रेष्ठ, २२ वर्षीय मुसा तामाङ, २५ वर्षीय खुसिराम आले र खुदी–९ का नन्द गुरुङ रहेका छन् । घटनामा परी सोही स्थानका हिरा घले र अक्कल तामाङ सख्त घाइते रहेका छन् । उनीहरूको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि पठाइएको छ । बेँसीसहर नगरपालिका बेलौती बिसौनाबाट बेँसीसहरतर्फ आउँद

पुरा पढ्नुहोस्
chhelammedia

कार्यबाहक सभापति पौडेल – दीपावली शुभकामना

Thursday 12th of November

काठमाडौँ, २६ कात्तिक । नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले नेपालीहरूको दोस्रो महान् चाड दीपावली, नेपाल सम्वत् ११३६ र छठलगायतका चाडको सुखद उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । कार्यबाहक सभापति पौडेलले आज शुभकामना विज्ञप्ति जारी गरी बहुभाषा, बहुसंस्कृति, बहुजाति र आफ्नै विशिष्ट मौलिक परम्परा भएको हाम्रो देशमा यस प्रकारका पर्वहरूले आपसमा मित्रता, एकता र सद्भाव अभिवृद्धि गर्ने विश्वा

पुरा पढ्नुहोस्
chhelammedia

भारतीय बजारमा घुइँचो

Thursday 12th of November

परासी, २६ कात्तिक । दीपावली तथा छठ पर्वलाई लक्षित गरी नवलपरासीका सीमावर्ती भारती बजारमा यतिबेला नेपाली उपभोक्ताको किनमेलका लागि निकै घुइँचो लागेको छ । भारतमा सस्तो र सजिलै सामान किन्न पाउने भएकाले नेपाली उपभोक्ताको भारतीय बजारमा भीडभाड लागेको हो । नेपाली बजारका भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको बन्दका कारण विभिन्न सामग्री चर्काे मूल्य कायम कलोबजारी भएपछि नेपालीहरू उपभोक्ताहरू भारतीय बजारमा किनमेलका भीडभाड लागेको उपभोक्ताले बताउँछन् । चाडपर्वलाई लक्षित गरी मधेसी मोर्चाले बन्दलाई खुकुल

पुरा पढ्नुहोस्
chhelammedia

आगलागीबाट रु दश लाखको क्षति

Thursday 12th of November

हेटौँडा, २६ कात्तिक । हेटौँडा उपनगरपालिका–२३ हर्नामाडीमा आज बिहान २ः३० बजे आगलागी हुँदा सोही वडा बस्ने भीमबहादुर वाइवा लामाको दुईवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । उक्त दुईवटा घरमा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत नगदसहित करिब रु १० लाखसहितको क्षति भएको जिल्ला प्रहरी नियन्त्रण कार्यालयले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन हेटौँडाबाट गएको दमकल र स्थानीय बासिन्दाको प्रत्यक्ष सहयोगबाट करिब एक घन्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसैबीच इन्धनको

पुरा पढ्नुहोस्