header
ताजा खाबर :

विचार/अन्तरबार्ता

chhelammedia

जाडोमा कसरी जोगिने ?

Monday 20th of November

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो वातावरणका कारण शरिरमा ह्वात्तै तातो घट्छ र चिसो महशुस हुन्छ । शरिरलाई नयाँ मौसममा एडजस्ट हुन पनि गाह्रो हुन्छ, जसका कारण विभिन्न रोगको जोखिम बढ्छ । वातावरणमा आएको परिवतर्नलाई विभिन्न रोगले पनि संकेत गरेको पाइन्छ । ख्याल नपु¥याउँदा धेरै मानिस चिसोको शिकार हुने गरेका छन् । जाडो मौसममा हुने रोगहरु मौसमी फ्लू स् तापक्रमको गिरावटपछि यसको प्रत्यक्ष अशर हाम्रो शरिरमा हुन्छ । चिसोमा शरिरको ताप

पुरा पढ्नुहोस्
chhelammedia

नेपाली समाजको वास्तविकता आज सम्म

Thursday 24th of August

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले मान्छेलाई मान्छे नै सुईकारेको हुन्छ २)श्रमको सम्मान गरेको हुन्छ । ३)समाजको स्वार्थको लागि एकिकृत भएको हुन्छ ।

पुरा पढ्नुहोस्
chhelammedia

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

Tuesday 18th of April

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका छैनन् । आरोहण गर्नै नसकेर भने होइन, हिमाल चढ्ने बन्दोबस्तीका सामान भरियालाई बोकाएर हिमालको आधार शिवीरतिर लम्कने क्रममै बिलाए उनको हिमाल चढेर हिरो बन्ने चाहना ।

पुरा पढ्नुहोस्
chhelammedia

रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भो १ भाइ बचाउन राधिकाको याचना

Tuesday 18th of April

धादिङ, वैशाख ४ – दुई महिनाको फरकमा बुबाआमा बित्नुभयो । साथमा साना साना दुई भाइ छन् । कहिले बुबाआमा खोज्छन्, कहिले खानेकुरा । छाप्रोमा बास छ । न लगाउने लत्ताकपडा छ, न त खानेकुरा ।

पुरा पढ्नुहोस्
chhelammedia

५० हजार लिएर घर नबनाउने भूकम्पपीडितलाई कालोसूचीमा राखिने ..

Monday 6th of February

काठमाडौं, माघ २४ , पहिलो किस्ता अनुदान लिएर पनि घर नबनाउने भूकम्पपीडितलाई सरकारले कारबाही गर्ने तयारी गरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको ४२ औं बैठकले पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएर घर नबनाउनेहरुलाई दण्ड दिनुपर्ने निष्कर्ष निकालेको हो।

पुरा पढ्नुहोस्
chhelammedia

आरपी भट्टराई चिया पसल हुँदै लाजालाम, तितो सत्य उनका लागि सरप्राइज थियो

Friday 9th of December

काठमाडौं, मंसिर २४ – कलाकारितालाई आफ्नो रुचि भएको बताउने हाँस्य कलाकार आरपी भट्टराई राजारामको शुक्रबार बिहान निधन भएको छ । आफन्तको घरमा बेलुका सुतेका आरपीलाई बिहान अबेरसम्म नउठेपछि उठाउनका जाँदा मृत फेला पारिएको थियो । उनको निधनको कारण अहिलेसम्म खुल्न सकेको छैन तर उनको हृदयघातका कारण ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । विशेष गरी मोटो शरीर नै पहिचान भएका उनी प्रेसर र मधुमेहको बिरामी थिए ।

पुरा पढ्नुहोस्
chhelammedia

यसकारण फोक्सो र मुटुको दुस्मन धुम्रपान

Monday 28th of November

मुटु र रक्तनलीसम्बन्धी रोगमध्ये २५ प्रतिशत धुम्रपानका कारण हुने विभिन्न अनुसन्धानले देखाएको छ । जसमध्ये १० प्रतिशत चुरोट सेवनले मात्र हुन्छ । ३० देखि ५० वर्ष उमेर भएका चुरोट सेवन गर्ने व्यक्तिलाई हृदयाघातको सम्भावना चुरोट सेवन नगर्नेभन्दा पाँचगुना बढी हुन्छ । नेपालमा १७ हजारभन्दा बढी मानिसको प्रत्येक वर्ष सुर्ती सेवनका कारण मृत्यु हुने गरेको छ । धुम्रपानको असर धुम्रपानले रक्तनलीको भित्री भागमा कोलेस्ट्रोल जम्मा गराउँछ । यसले रगतलाई बाक्लो बनाई जम्ने सम्भावना गराउँछ । मुटुको रक्तनली साँघुरो ब

पुरा पढ्नुहोस्
chhelammedia

किन टिक्दैन मोबाइलको ब्याट्री ?

Monday 28th of November

जब मोबाइलमा ब्याट्रीको क्षमता सकिन्छ, तब ब्याट्री फुल चार्ज नभएसम्म हामी इलेक्ट्रिक चार्ज गरिरहन्छौँ । तर, ब्याट्री एक्स्पर्टहरूका अनुसार यो प्रक्रिया सरल भए पनि गलत छ । यदि मोबाइलफोनको ब्याट्री–लाइफ बढाउनु छ या ब्याट्रीलाई लामो समयसम्म टिकाउनु छ भने केही यस्ता टिप्सहरू अपनाउन सकिन्छः ब्याट्रीको लाइफ बढाउने उपाय मोबाइलको ब्याकग्राउन्डमा रन हुने एप्लिेकसनहरू अफ गर्ने । मोबाइलमा इन्टरनेट चलाउन सकेसम्म वाइफाई प्रयोग गर्ने । मोबाइलको स्क्रिन सकेसम्म आफूलाई चाहिनेजति डिम बनाएर राख्ने । एनिमेटेड व

पुरा पढ्नुहोस्

मंगोलियन फेसमा बढी डन्डिफोर

Thursday 24th of November

पभी गुरुङ स्किन प्रोफेसनल कोरियन स्किन क्लिनिक, बालुवाटार , तुलनात्मक रूपमा आर्यनलाई भन्दा मंगोलियनलाई डन्डिफोरले बढी सताउँछ । मंगोलियन स्किनमा डन्डिफोर बढी आउनुको कारण एउटै छ । स्किन प्रोफेसनल पभी गुरुङ भन्छिन्ः छालाभित्रको फोहोर तथा डेड सेल्स बाहिर निस्किन नपाउनु डन्डिफोर निम्तिने एक प्रमुख कारण हो । यो समस्या मंगोलियन स्किनमा बढी हुन्छ । किनभने मंगोलियनहरूको अनुहारमा रौँ निकै कम हुन्छ । रौँ उम्रिएको प्वालबाट छालाभित्रको फोहोर तथा डेड सेल्स बाहिर जान पाउने सम्भावना मंगोलियनमा निकै कम हुन्छ ।

पुरा पढ्नुहोस्
chhelammedia

वादि गाँऊ यात्रा गर्दाको त्यो दिन ।

Wednesday 24th of August

राजिव कार्की, रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारबाट करिव २ घण्टा दक्षिण तर्फ ओराले बाटो पैदल हिडेपछि पुगिने वादि गाँउ झटट् हेर्दा साच्चिकै मनमोहक छ । देशको लोपन्मुख जाती हायु, पिछडिएको कसाई समुदाय बसोबास रहेको वादिका स्थानियको मुख्य पेशा कृषि र मजदुरी हो ।

पुरा पढ्नुहोस्
chhelammedia

आप्रवासी कामदार दिवस ः सुरक्षित बैदेशिक रोजगारको आवश्यकता

Saturday 19th of December

–जीवन श्रेष्ठ jiban2035@gmail.com संयुक्त राष्ट्रसंघको महासभाले आप्रवासी कामदार र तिनका परिवारको सदस्यहरुको अधिकार संरक्षण सम्बन्धी महासन्धी सन् १९९० डिसेम्वर १८ मा पारित गरी सन् २००० को डिसेम्वर ४ मा संयुक्त राष्ट्र संघले आप्रवासी दिवसका रुपमा मनाउने निर्णय गरेदेखि महासन्धी पारित भएको दिन हरेक वर्षको डिसेम्वर १८ लाई विश्वमा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा उल्लासपूर्वक मनाउने गरिएको हो । नेपालमा भने यो दिवस सन् २००६ देखि मनाउन थालिएको हो । गत वर्ष झै यस वर्ष पनि सुरक्षित आप्रवासनको आवश्यकत

पुरा पढ्नुहोस्

सूचनाको हक कार्यान्वयनका चुनौती

Thursday 20th of August

दिपेश घिमिरे सूचनाको हक नागरिकको आधारभूत अधिकार हो । साथै, लोकतान्त्रिक मुलुकको आधारभूत शर्त पनि हो । वि.सं. २०६४ सालमा सूचनाको हक सम्बन्धी ऐन पारित भएको थियो । यस ऐनले सूचना कुनै सरकारी निकाय वा अधिकारीको व्यक्तिगत दस्तावेज नभएर सार्वजनिक चासोको विषय हो भन्ने कुरालाई स्थापित गरिदिएको छ । कुनै पनि देशको लोकतन्त्र नागरिक प्रति कति पार दर्शी र जवाफदेही छ भन्ने कुरा त्यस देशका नागरिकले उपभोग गर्ने सुचनाको हकले प्रतिविम्बित गर्दछ । त्यसैले सूचना प्रवाहलाई पारदर्शी बनाउन यो कानुनी हकलाई व्यवहारमा स्

पुरा पढ्नुहोस्

पुष्पलालाको जन्मभुमी भंगेरीको यात्रा ।

Friday 24th of July

हिजो पुष्पलालाको जन्मभुमी भंगेरीको यात्रामा थिए । लगभग आधा घन्टा हिडेपछि पुष्पलालको जन्मभुमी भंगेरीको त्यो ठाउमा पुगे जाहा झाडीको एउटा कुनामा दुईओटा स–सना ढुगाँ देखिे तेहि हो रे पुष्पलालको मुर्ती । हेर्दा देखिन्थ्यो यो संरक्षण बिहिन भएर बसिरहेछ । संरक्षणको खाचो छ । महान हस्ती पुष्पलालले पुकारीरहेछ । मलाई संरक्षण देउ । त्यसपछि मनले नानाथरीका कुरा साच्न थाल्यो । की किन होला रामेछापको चिनारी र देशको माहान हस्ती पुष्पलालको संरक्षण नभएको किन होलो बर्षमा एक दिन उनलाई सम्झने फुर्सोद मिलेको ? यस्तै यस्त

पुरा पढ्नुहोस्
chhelammedia

जनतासँग नेपाली सेना

Thursday 11th of June

सागर विक्रम बस्नेत–रामेछाप, भनिन्छ हरेक समस्याले अवसर लिएर आएको हुन्छ । बिनास पछि मात्र विकासको ढोका खुल्छ । भने जस्तै पैरो गएपछि गारो लगाउने चलन छ । कति चिज यस्ता छन् जुन आवश्यक छैन भईदिन्छ त्यस्तै । नयाँ वर्षको दुई हप्ता पनि पुरापुर बित्न नपाउँदै, समग्र देशवासीहरुको मुटुको धड्कन नै तेज गतिमा बढाउने गरी १२ गते मध्यान्ह १२ बजे महाबिनाशकारी भुकम्प गयो । यसले घर, जमिन, जगत, खोलानाला, पाखापर्वत मात्र हल्लाएन सरकार समेत हल्लाउन भ्यायो । भुकम्प गएको हप्तादिन सम्म सरकार के गर्ने र कसो गर्नेमा मात्र

पुरा पढ्नुहोस्
chhelammedia

भ्रष्टाचारको बदलिदो परिभाषा

Wednesday 10th of June

गत मंसीर १९ गते व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको वैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले गम्भिर कुराको खुलासा गरे । कार्कीका अनुसार अहिले अख्तियारले एक हजार जना राजनीतिक व्यक्तिको बारेमा “इन्टेलिजेन्स सर्भे” गरिरहेको छ । तर त्यस्ता व्यक्तिले अहिले बैंकमा थोरै मात्र पैसा राख्दा रहेछन् । ससुराली र आफन्त पनि कंगाल नै हुदाँ रहेछन् । तर विदेश पढ्ने छोराछोरीले वैधानिक च्यानल

पुरा पढ्नुहोस्

सामाजिक लोकतन्त्रको अनिवार्यता

Wednesday 10th of June

ईतिहासमा केहि यस्ता मोडहरु आउँछन् जसमा सहि निर्णय लिन सकियो भने त्यसले अत्यन्तै सहि र सकारात्मक परिणाम दिन्छ । यदि गलत निर्णय लिएमा त्यसले जुगौजुगसम्म नकारात्मक परिणाम दिन्छ र डरलाग्दो भविष्यलाई निम्त्याउँदछ । सन् १९४७ मा स्वतन्त्रता प्राप्त गरेसँगै सुरु भएको पाकिस्तानी इस्लामिक कट्टरपन्थीकरणले पाकिस्तानको आजको दुर्दिन निम्त्याउने त्यस्तै घुम्ती थियो । करिब ७० वर्ष अगाडीको सोहि कट्टरपन्थी सोच तथा सिद्धान्तले पाकिस्तानलाई आजको दिनसम्म दलदलमा फसाईरहेको छ । उता कट्टर कम्युनिष्ट चीनले सन् १९७० को दश

पुरा पढ्नुहोस्