• ON AIR
  • UP NEXTलोकदोहोरी गितहरु

रामेछापमा खोलाले विद्यार्थि बगायो  १ जना बेपक्ता  ३ जना घाइते ।। 


रामेछापमा खोलाले बगाउँदा १ जना बेपत्ता भएका छन भने ३ जना घाइते भएका छन । रामेछाप जिल्लाको सरमुकाम मन्थली हुदै बग्ने रणजोर र तामाकोशि  खोलाको दोभानको भेलले कक्षा ११ को परीक्षा दिन हिँडेका १६ जना विद्यार्थिलाई बगाएको हो ।  मन्थली उच्च माविका १६ जना विद्यार्थि परीक्षा दिन मन्थली नगरपालिका ७ भटौलिमा रहेको श्रि रुद्राक्षेश्वर मावि जाने क्रममा बिहान उनिहरुलाई बगाएको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ । परीक्षा दिन हिडेका १६ जना मध्ये १२ जनालाई सकुशल उद्धार गरिएको छ । ३ जनालाई  भने घाइते अवस्थामा उद्धार गरिएको  छ । १ जना विद्यार्थि भने अझै पनि बेपत्ता छन । मन्थली नगरपालिका वडा नम्बर १ आकाशेकी १७ बर्षिय उस्मा फुन्याल बेपक्ता रहेको र उनको  खोजिकारी जारी रहेको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी नायब उपरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभएको छ । मनिषा पाण्डे,जानुका बुढाथोकि र निशा शाहको भने मन्थली सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

रामेछापमा श्री मद्भागवत सप्ताह ज्ञान महायज्ञ हुँदै ।। 

रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजार नजिकै रहेको श्री पशुपतिनाथ मन्दिर पाङगणमा श्री मदभावत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । पितृ उद्धार

अन्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा छाता संस्थाको

दशैंमा राजधानी जाने यात्रुसँग लुट्दै यातायात ब्यवसायीः यात्रुसँग दोब्बर भाडा असुली ।। 

दशै मनाएर रामेछापबाट राजधानी काठमाडौं जाने यात्रुहरु दोब्बर भाडा तिर्न बाँध्य भएका छन् । रामेछापका विभिन्न ठाउँबाट राजधानी प्रवेश गर्ने सवारी साधन