• ON AIRहजुरको समाचार
  • UP NEXTप्रश्न

रामेछापमा खोलाले विद्यार्थि बगायो  १ जना बेपक्ता  ३ जना घाइते ।। 


रामेछापमा खोलाले बगाउँदा १ जना बेपत्ता भएका छन भने ३ जना घाइते भएका छन । रामेछाप जिल्लाको सरमुकाम मन्थली हुदै बग्ने रणजोर र तामाकोशि  खोलाको दोभानको भेलले कक्षा ११ को परीक्षा दिन हिँडेका १६ जना विद्यार्थिलाई बगाएको हो ।  मन्थली उच्च माविका १६ जना विद्यार्थि परीक्षा दिन मन्थली नगरपालिका ७ भटौलिमा रहेको श्रि रुद्राक्षेश्वर मावि जाने क्रममा बिहान उनिहरुलाई बगाएको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ । परीक्षा दिन हिडेका १६ जना मध्ये १२ जनालाई सकुशल उद्धार गरिएको छ । ३ जनालाई  भने घाइते अवस्थामा उद्धार गरिएको  छ । १ जना विद्यार्थि भने अझै पनि बेपत्ता छन । मन्थली नगरपालिका वडा नम्बर १ आकाशेकी १७ बर्षिय उस्मा फुन्याल बेपक्ता रहेको र उनको  खोजिकारी जारी रहेको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी नायब उपरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभएको छ । मनिषा पाण्डे,जानुका बुढाथोकि र निशा शाहको भने मन्थली सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

रामेछापका सबै पत्रकारद्वारा खाँडादेवी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम बहिष्कार

रामेछापको खाँडादेवी गाउँपालिका (आज) बुधबार हुने सार्वजनिक सुनूवाई कार्यक्रम जिल्लाका सबै सञ्चार माध्यमहरुले बहिष्कार गर्ने भएका छन्

बिजुलीको महशुल तिर्न आलटाल गर्दै आएका ग्राहकहरुको लाइन काटने तयारीमा विद्युत प्राधिकरण रामेछाप ।। 

लामो समयसम्म पनि बिजुलीको महशुल तिर्न आलटाल गर्दै आएका ग्राहकहरुको लाइन काटने तयारीमा विद्युत प्राधिकरण रामेछाप लागेको छ  । जिल्ला कारागार

रामेछापमा रुखमा झुन्डिएर युवकले गरे आत्महत्या ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ लामाटोलमा एक युवकले रुखमा झन्डिएर आत्महत्या गरेका छन । सोमबार राति रामेछाप नगरपालिका वडा नम्बर ८