• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

विद्यालयको छाना हावा  हुरीले उडायो पठन पाठनमा समस्या ।। 


रामेछाप जिल्लाको दुर्गम भेग रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगा बोलङ बोलङमा रहेको श्री महारुद्र माध्यमिक विद्यालयको भवनको छाना हावाहुरीले उडाँउँदा पठन पाठनमा समस्या भएको छ । कक्षा १ देखि १० सम्म पठाईहुँदै आएको विद्यालयको कक्षा १ , ४ र ५ सन्चालन हुँदै आएको भवनको छाना गत शुक्रबार साँझपख परेको असिना पानी सहितको हावाहुरीले डाँडाभाटा सहित पुरै छाना उडाएको  विद्यालयका प्रधानाध्यापक पदम बहादुर मगरले बताउनुभयो । दलित तथा जनजाति समुदायका विद्यार्थिहरुको बाहुल्यता रहेको विद्यालयको सबै भवनहरु पुराना र जिर्ण अवस्थामा रहेको प्रअ मगरले बताउनुभयो ।

२०७२ को भुकम्पले  क्षति पुराएको भवनमा केहि कक्षाहरु पठनपाठन सन्चालन भइरहेको र त्यो पनि  हावाहुरीले विद्यालयको छाना उठाएर निकै समस्या परेको प्रअ मगरले बताउनुभयो । भुकम्पपछि बनेको केहि अस्थाथी टहराहरु पनि जिर्ण हुँदा पठन पाठन गर्न निकै समस्या छ उहाँले भन्नुभयो । भुकम्पपछि जिल्ला आयोजना कार्यन्वइन इकाइ शिक्षाको समन्वयमा ८६  लाखमा  ६ कोठे भवन निर्माण जारी रहेको बताउँदै सो भवन निर्माण  भइसकेपछि पनि  विद्यालयलाई कक्षा कोठाको अभाव हुने  प्रअ मगरले बताउनुभयो । विद्यालयमा अहिले १२ जना शिक्षक र कक्षा १ देखि १० सम्म ३११ जना विद्यार्थिहरु छन । 


 

प्रतिकृया दिनुहोस

आज सरस्वतीपुजा रामेछापका सरस्वती मन्दिरमा पूजा आराधना गर्ने श्रद्धालुको भीड ।। 

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज रामेछापमा  श्रीपञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने

शिक्षाको विकास बिना समृद्ध नेपाल असम्भब – मन्त्री पोखरेल 

शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराज मणि पोखरेलले शिक्षाको बिकास बिना समृद्ध नेपाल सम्भावना नहुने बताउनुभएको छ। उहाँले भवन राम्रा र ठुला

३ वर्षदेखि खुल्ला आकाशमुनि बसेर पढदै छन रामेछाप सल्लेका विद्यार्थि ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ सल्लेमा   विद्यालयको भवन नहुँदा विद्यार्थी खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य भएका छन् । श्री