• ON AIRशुमधुर भजनहरु
  • UP NEXTनेपाली खवर

तिलबारी लिफ्ट खानेपानी मार्फत ८० घर लाभान्वित ।।  


रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगा तिलबारीमा खानेपानी पुगेपछि त्याहाँका नागरीकहरु  खुशि भएका छन । “पानीकै अभावले धेरै जनाले गाउँनै छाडेर गए अहिले घर घरमै  खानेपानी आउँदा खुशि भएँ तिलवारीका स्थानिय टेक बहादुर विकले खुशि हुँदै भन्नुभयो ।” पानीको चरम अभाव रहेको हिमगंगा तिलबारीका नागरीकहरु डेढ घण्टा हिँडेर पानी लिन जानुपर्ने बाध्यता थियो । पानीको निकै समस्या रहेको तिलबारीमा सोलार प्यानल सिस्टम मार्फत पङखर पचलेखोलाबाट पानी तानेर घरघरमा पानी आउन थालेपछि पानीको हाहाकारमा गुज्रिरहेको तिलबारीका नागरीकहरुको समस्या हल भएको छ ।

रामेछाप नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत गत वर्ष विनियोजित रकम ३० लाख , यस वर्ष विनियोजित रकम २९ लाख र जनश्रमदान ७ लाख गरी कुल ६६ लाख लागतमा निर्माण भएको तिलवारी लिफ्ट खानेपानी योजनाले तिलबारीका नागरीकहरुको मुहारमा उज्यालो थपिदिएको छ । गाउँबाट २ घण्टा टाढा रहेको पङखर पचलेखोलाबाट २ लिफ्ट सिस्टम मार्फत ३०० मिटर उचाईमा रहेको तिलवारी डाँडामा पानी तानिएको छ । ४४ वटा सोलार प्यानल सहित ३ वटा ९० हजार  लिटर  क्षमताको ट्याङकी निर्माण गरिएको रामेछाप नगरपालिकाका इन्जिनियर कुशुम भट्टराईले जानकारी दिनुभयो ।  यस योजना मार्फत दलित तथा जनजातिहरुको वसोबास रहेको तिलवारीका ८० परिवारका लगभग ४०० व्यक्ति लाभान्वित भएको  इन्जिनियर भट्टराईले बताउनुभयो । सडक सन्जालसँग भर्खरै मात्र जोडिएको गाउँमा हालसम्म विद्युत पुग्न सकेको छैन ।   


 

प्रतिकृया दिनुहोस

रामेछापको भालुखोपमा  बोरिङबाट पानी निस्कियो ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको

सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते । 

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर

रामेछाप उमाकुण्डका वृद्ध दम्पतीले बत्तिस लाखको लागतमा बनाए मन्दिर । 

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका एक वृद्ध दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । विगठित संविधानसभा सदस्य दालकुमारी