• ON AIRशुमधुर भजनहरु
  • UP NEXTनेपाली खवर

रामेछापको हिमगंगामा बन्यो खुल्ला फराकिलो सडक ।।

रामेछाप नगरपालिकाभित्र सडक निर्माणको कामले गति लिएको छ । विगतमा निर्माण भएको सडकको स्तरउन्नती गदै नगरपालिकाले सडकको फराकिलो बनाएको हो । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगा पहिलो पटक फराकिलो सडक सञ्जालमा जोडिएको छ ।  जिल्लाकै विकट मध्येको एक मानिने हिमगंगामा सडक पुगेपछि स्थानीय खुशी भएका छन् । रामेछाप नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत ३० लाख रुपैयाँ लागतमा सडक निर्माण भएको हो । फोन्दी खोला बोलङ बोलङ फेमेटार सडक योजना नामाकरण भएको नवनिर्मित सडक ६.५ किलोमिटर लम्बाई र ६ मिटर चौडाईको छ । दलित र जनजाति समुदायको बाहुल्यता रहेको हिमगंगा सडक सन्जालमा जोडिएपछि स्थानियहरु निकै खुशि भएका छन । साथै  सोही वडामा नगरले घुमाउने पोखरी पिकनिक विकास क्षेत्र नामक योजनामा ७ लाख रुपैयाँको लागतमा पिकनिक स्पट निर्माण गरेको छ । त्यस क्षेत्रलाई पिकनिक स्पटका रुपमा मात्रै नभई पार्कका रुपमा समेत विकास गरिने नगरपालिकाले जनाएको छ ।

योजनाको सार्वजनिक सुनुवाईमा नगरपालिकाका मेयर नरबहादुर थापामगरले आफ्नो स्थायी वडा भएर पनि विकासमा पछाडी परेको हिमगंगालाई आफ्नै कार्यकालमा नमूना वडाका रुपमा विकास गर्ने बताउनुभयो  । उहाँले  रामेछाप नगरलाई आर्थिक रुपमा सबल बनाउन नगरस्तरीय योजना निर्माण र तीनको कार्यान्वयनका लागी आफू लागिपरेको बताउनुभयो । भर्खरै सडकमा जोडिएको हिमगंगामा हालसम्म विद्युत सेवा पुगेको छैन । मेयर थापामगरले केहि  महिनाभित्र गाउँमा विजुली बलिसक्ने दाबी गर्नुभयो । कार्यक्रममा वडाध्यक्ष टुपिन्द्र तामाङले वडामा नगरस्तरीय योजनाका साथै वडाका आफ्ना योजना पनि सँगै कार्यान्वयनमा लैजाने गरी काम भईरहेको बताउनुभयो  । योजनाको अनुगमनमा जिल्ला प्रशासन कार्यालय रामेछापका नासु लक्ष्यमण भुजेल पनि सहभागी हुनुहुन्थ्यो । उहाँले आर्थिक अनियमितता नगरी विकासका काम गर्न आग्रह गर्नुभयो ।  अनियमितता गरे प्रशासनले नछोड्ने भन्दै उहाँले स्थानीय तहसँग राम्रो काम गरेर दिर्घकालिन पहिचान बनाउने अवसर रहेको बताउनुभयो  । कार्यक्रममा रामेछाप नगरपालिकाका इन्जिनिय कुशुम भट्राई , तिलक श्रेष्ठ लगायत हिमगंगाका स्थानयि नागरीकहरुको उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस

रामेछापको भालुखोपमा  बोरिङबाट पानी निस्कियो ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको

सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते । 

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर

रामेछाप उमाकुण्डका वृद्ध दम्पतीले बत्तिस लाखको लागतमा बनाए मन्दिर । 

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका एक वृद्ध दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । विगठित संविधानसभा सदस्य दालकुमारी