• ON AIRशुमधुर भजनहरु
  • UP NEXTनेपाली खवर

अति विपन्न घरपरिवारको निशुल्क स्वास्थ्य विमा हुने 


गरीबीको सुचीमा परेको घरपरिवारको निशुल्क स्वास्थ्य विमा हुने भएको छ । नेपाल सरकारमार्फत पहिचान गरिएका गरिब परिवारलाई अति, मध्यम र सीमान्तकृत गरी तीन समूहमा वर्गीकरण गरिएको छ । अति गरीब घरपरिवार अर्थात रातो कार्ड पाउने घरपरिवारलाई निशुल्क स्वास्थ्य विमा गरिने नेपाल सरकार स्वास्थ्य विमा बोर्ड रामेछापको दर्ता अधिकारी यज्ञराज ढुङगेलले बताउनुभएको छ। गरिब घरपरिवार परिचयपत्र समन्वय बोर्डले विभिन्न २५ जिल्लाको जनसांख्यिक तथा मानवीय अवस्था, घरको अवस्था, घरको सुविधा, घरको सम्पत्ति, भौगोलिक स्थिति र जातजातिगत गरिबीको अवस्था लगायत विभिन्न १८ सूचक र उपसूचकहरूका आधारमा १२ लाख २४ हजार ४ सय १७ परिवारमध्ये ३ लाख ९१ हजार ९ सय ३१ घरपरिवारलाई गरिब पहिचान गरेको थियो ।अहिले रामेछाप जिल्लाको ६ गाउँपालिका र २ नगरपालिकाको वडामार्फत गरिब घरपरिचयपत्र वितरण भइरहेकोे छ भने कतिपय वडाले वितरण गरिसकेको छ ।सरकारले रातो,पहेलो र निलो गरी क्रमश अति गरिव,मध्यम र सामन्य गरीव गरी तीन भागमा बर्गीकरण गरेको छ ।सोही मध्ये गुणस्तरीय स्वास्थ्य सेवाको लागि नेपाल सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रममा सामान्य नागरिकले ५ जनाको परिवार सङख्या बराबर २५ सय तिरेर पाउने स्वास्थ्य सुविधा अति गरिव घरपरिवारको सुचीमा परेको परिवारले भने निशुल्क स्वास्थ्य विमा गरी वार्षिक ५० हजारको स्वास्थ्य सेवा लिन सक्नेछन् ।नेपाल सरकारले हाल नेपालको ३८ जिल्लामा यो कार्यक्रम लागु गरेको छ ।रामेछापमा १ वर्षको अवधिमा २५ सय भन्दा बढी घरपरिवारले स्वास्थ्य विमा गरिसकेको स्वास्थ्य विमा बोर्ड रामेछापले जानकारी दिएको छ । 
 

प्रतिकृया दिनुहोस

रामेछापमा स्वास्थ बिमा प्रभाबकारी बन्दै ।  

रामेछाप जिल्लामा बिगत १ बर्ष देखि सुरु भएको स्वास्थ बिमा प्रभावकारी बन्दै गएको सरोकारवालाहरुले बताएका छन् ।  राष्ट्रिय स्वास्थ्य बिमा बोर्ड टेकु

रामेछापको सुनारपानीमा निशुल्क स्वास्थ्य शिविर हुने 

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।रामेछाप नगरपालिकाको रामेछाप बजारमा रहेको नेपाली सेना

घटेनन जिल्ला अस्पताल रामेछापमा भारलका विरामी ।।

केहि दिनदेखि भाइरल ज्वरोका विरामीले भरीभराउ भएको जिल्ला अस्पताल रामेछापमा विरामीको चाप नघ्टा समस्या भएको छ ।  अस्पतालमा दैनिक ५० देखि ६० जना भाइरल