• ON AIR
  • UP NEXTनेपाली खवर

रामेछाप सिभिल च्याम्पियनशिपको  उपाधि सहित गण्डकी प्रदेशले जित्यो ३ लाख 


मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनशिप २०७५ एवम चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । रामेछाप सदरमुकाम मन्थलीमा आज भएको फाइनल खेलमा गण्डकी प्रदेश विजेता बनेको हो । गण्डकी प्रदेश र नमुनादीप युवा क्लवबीच भएको फाइनल खेलमा २५–२२, २५–२१, २५–१८ को सोझो सेटमा नमूनादी युवा क्लवलाई पराजित गर्दै गण्डकी प्रदेशले रामेछाप सिभिल च्याम्पियनशिप २०७५ को उपाधि हात पारेको  छ  । विजेता गण्डकी प्रदेशले ३ लाख नगद सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको  छ । त्यसैगरी उपविजेता बनको नमूनादीप युवा क्लव रामेछापले २ लाख रुपैयाँ नगद सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त  गरेको  छ  ।  खेलमा तृतीय स्थान हासिल गरेको शान्तिदीप यूवा क्लव मन्थली रामेछापले १ लाख नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ ।  प्रतियोगीतामा शान्तोवना  भएको प्रदेश नम्बर १ ले नगद ५० हजार रुपैयाँ सहित मेडल ट्रफी र प्रमाण–पत्रमा  चिक्त बुझाएको छ । 


प्रतिकृया दिनुहोस

रामेछापमा चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने । 

  रामेछाप( जिल्लाको सदरमुकाम मन्थलीमा “रामेछाप सिभिल च्याम्पियनशिप २०७५” ९चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला

नमुनादीप युवा क्लबको अध्यक्षमा बस्‍नेत

   खेलकुद क्षेत्रमा जिल्लाकै चर्चित रहेको नमुनादीप युवा क्लबको नयाँ कार्यसमिति चयन भएको छ। राजधानी काठमाडौंमा आइतबार भएको साधारणसभाले राजन

युनाइटेड मन्थलीले जित्यो १ लाख ११ हजारको दोस्रो वीर गणेशमान सिंह स्मृति जिल्लास्तरीय भलिवल प्रतियोगिताको उपाधी ।। 

दोस्रो वीर गणेशमान सिंह स्मृति जिल्लास्तरीय भलिवल प्रतियोगिताको उपाधी मन्थली युनाइटेड समाजले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापको