• ON AIRनेपाली खवर
  • UP NEXTसि आई एन समाचार

आज सरस्वतीपुजा रामेछापका सरस्वती मन्दिरमा पूजा आराधना गर्ने श्रद्धालुको भीड ।। 


विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज रामेछापमा  श्रीपञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । वसन्त पञ्चमीका नामलेसमेत परिचित श्रीपञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहँदै आएको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने गरिन्छ । यस्तै आज सरस्वती पुजाको अवसरमा जिल्लामा रहेका गौरी शंकर मावि , गंगालाल लागायत केहि विद्यालयहरुले  विद्यार्थि भर्ना समेत निशुल्क गरेका छन ।  आज रामेछाप जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा रहेको विद्यालय, सरस्वती मन्दिर लगायत अन्य छिमेकी जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानै पूजाआजा गर्न भक्तजनको घुइँचो थियो  ।


 

प्रतिकृया दिनुहोस

विद्यालयको छाना हावा  हुरीले उडायो पठन पाठनमा समस्या ।। 

रामेछाप जिल्लाको दुर्गम भेग रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगा बोलङ बोलङमा रहेको श्री महारुद्र माध्यमिक विद्यालयको भवनको छाना हावाहुरीले

शिक्षाको विकास बिना समृद्ध नेपाल असम्भब – मन्त्री पोखरेल 

शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराज मणि पोखरेलले शिक्षाको बिकास बिना समृद्ध नेपाल सम्भावना नहुने बताउनुभएको छ। उहाँले भवन राम्रा र ठुला

३ वर्षदेखि खुल्ला आकाशमुनि बसेर पढदै छन रामेछाप सल्लेका विद्यार्थि ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ सल्लेमा   विद्यालयको भवन नहुँदा विद्यार्थी खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य भएका छन् । श्री