• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

सुनापति गाउँपालिका रामेछापको सार्बजनिक सुनुवाई ।। 

रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको गत आर्थिक बर्ष र चालु आर्थिक वर्षको आय ब्यय बिवरण सार्बजनिक गरिएको छ ।  गाउपालिकाले  शुक्रबार आफनो गाउपालिकाद्धारा गत  आर्थिक बर्ष ०७४÷७५ को यथार्थ आम्दानी र खर्च तथा चालु आर्थिक बर्षको ६ महिनाको यथार्थ  आय ब्यय बिवरण र  बिनियोजित  रकमको बारेमा सर्बसाधारणलाई जानकारी गराउने उद्देश्यले सार्बजनिक सुनुवाई कार्यक्रको आयोजना गरि  सार्बजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष धावा लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका अबसरमा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल निरौलाले गत आर्थिक बर्षमा बिनियोजित २१ करोेड २२ लाख,५९ हजार  २ सय ४१ रुपैया मध्ये १८ करोड ९३ लाख २७ हजार ४९ रुपैया खर्च भएको  जानकारी गराउनु भएको थियो । जस मध्ये  बित्तिय समानिकरण अनुदान तर्फ बिनियोजित रकम रु १० करोड ७३ हजार ३१ लख २ सय ४१ रुषैया मध्ये ९७ लाख ९३ हजार ९ सय ९६ रुपैया खर्च भएको  र  ससर्त अनुदान मार्फत प्राप्त १० कारोड ५० लाख २८ हजार मध्ये ९ करोड ९५ लाख ३३ हजार ५३ रुपैया खर्च भएको जानकारी गराइएको थियो ।  जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा चालु आर्थिक बर्षका लागि बिनियोजित कुल रकम ३४ करोड ८५ लाख २ सय ४५ रुपैया मध्ये ६ महिनाको अबधिमा ७ करोड ४२ लाख ८६ हजार ८ सय ४६ रुपैया मात्र खर्च भएको र बाँकी २७ करोड, ४२ लाख १३ हजार ३ सय ९९ रुपैया आगामी ६ महिना भित्र खर्चगर्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत निरौलाले जानकारी दिनुभयो ।  उहाले आर्थिक बार्ष २०७४÷७५ मा १ सय ५९ वटा बिभिन्न योजनाहरु सम्पन्न भएको साथै चलु आर्थिक बर्षमा सम्पन्न गर्ने गरी २ सय १५ वटा योजना बिनियोजन गरिएको र ति योजनाहरु कोहि सञ्चालन भइरहेको र केहि संञ्चालनको तयारीमा रहेको बताउनु भयो ।  उहाले गत आर्थिक बर्षमा ९ लाख ५० हजार  र चालु आर्थिक बर्षमा १५ लाख आन्तरिक राजस्व संकलन गर्ने अनुमान गरिएको भएपनि  गत आ ब मा २ लाख ६५ हजार ४ सय ७ रुपैया र चालु आबमा २ लाख ६२ हजार ४ सय १३ रुपैया मात्र संकलन गर्न सकिएको  र  हाल सम्म १ करोड २५ लाख ६२ हजार २ सय ४७ रुपैया बेरुजु फच्र्यौटको तयारीमा रहेको जानकारी गराएइको थियो । सो अबसरमा आफ्ना वडास्तरमा गरिएका कामहरुको बारेमा वडा नं १ देखि ५ सम्मका वडा अध्यक्षहरु क्रमशः चण्डेश्वर चौलागाई, कमल के शी,  बाबुराम लामा, खड्ग घिसिङ, र ठुलो कान्छा तमाङले जानकारी गराउनु भएको थियो ।   कार्यक्रमका अबसमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले यस्ता कार्यक्रमले सुशासन कायम गराउन सहयोग पुग्ने भएकाले सबै पालिका हरुले नियमित रुपमा अनिबार्य यस्ता कार्यक्रम गर्न जरुरी रहेको बताउनु भयो । उहाले अब उत्पादन मुखी योजनाहरुलाई प्राथमिकता दिएर बजेट बिनियोजन गर्न गाउपालिकालाई अनुरोध गर्नु भयो ।  गाउपालिकाका अध्यक्ष धावा लामाले शिक्षा स्वास्थ सडक र खानेपानी जस्ता अधारभुत आबश्यकताका लागि गाउपालिकाले पहिलो प्राथमिकता का साथ बजेट बिनियोजन गर्नेगरेको तर बिद्यार्थी नै नभएका बिद्यालयहरुमा लगानी नगर्ने पनि बताउनु भयो । उहाले मेरो तर्फबाट कहिल्यै पनि अनियमितता हुदैन र हुन पनि दिन्न यदि त्यस्तो गरेको पाउनु भयो भने  फेसबुकमा लेख्ने भ्रामक समाचार प्रकाशन गर्ने तिर नलागि हाक्का हाक्की बसहमा आउन अनुरोध गर्नुभयो ।  कार्यक्रमका अबसमा बोल्दै नेपाल पत्रकार महासंघ ३ नं प्रदेशका सदस्य बद्रि नयाँघरेले यस्ता कार्यक्रमले नागरिकहरुमा सूचनाको हक को प्रत्याभुति दिने भएकोले यस्ता कार्यक्रमहरु   निरन्तर रुपमा गरिरहन आग्रह गर्दै जिल्लाका संञ्चार माध्यमहरुलाई जगेर्ना गर्ने गाउपालिकाहरुको पनि जिम्मेवारी हुने भएकोले गाउपालिका का सूचाना हरु जिल्लास्तका पत्रकारहरुसँग समन्वय गरी जिल्लाका सञ्चारमाध्यमहरुलाई प्रकाशन र प्रशारण का लागि अबसर दिन अनुरोध गर्नुभयो ।  सो अबसरमा बोल्दै ने क पा का सचिब आनन्द श्रेष्ठ ले  पालिकाले गर्ने कार्यक्रमहरु निर्णय गरेर मात्र गर्न अनुरोध गर्नुभयो । उहाले जनप्रतिनिधिहरुमा स्वच्छन्दता बढेको छ । यस्तो हुनु राम्रो हैन हिजो हामि स्तन्त्रताका लागि लडेको भएपनि  स्वच्छन्दताका लागि नलडेकोे बताउनु भयो । उहले हरेक गाउपालिकाका जनप्रतिनिधिहरुले कार्यक्रम सहि ठाउमा बिनियोजन गर्ने  बेलामा १० पटक सोच्न अनुरोध गर्नुभयो ।    सार्बजनिक सुनुवाई कार्यक्रम मा सर्बसाधारणहरुले सोधेको प्रश्नको जवाफ  गाउपालिकाका अध्यक्ष धावा लामा, उपाध्यक्ष गिता बिष्ट चौलागाई, प्रमुख प्रशासकिय अधिकृत सुनिल निरौला र वडाअध्यक्षहरु समेतले दिनुभएको थियो ।  कर्यक्रमको सहजीकरण भने सान नेपालका अध्यक्ष उमंग मैनालीले गर्नु भएको थियो ।  
 
  
 

प्रतिकृया दिनुहोस

ओखलढुंगा घोराखोरीमा खुल्यो कृषि विकास बैँक ।।

२० वर्ष अगाडी द्धन्दकालीन समयमा विस्थापित भएको ओखलढुंगा जिल्लाको चम्पादेवि गाउँपालिका वडा नम्बर ६ घोराखोरीमा फेरी कृषि विकास बैँक लिमिटेडको २५७ औँ

विरामीलाई फलफुल  वितरण गरेर मनायो साहारा वचतले आफनो वार्षिक उत्सव ।

जिल्लामा सहकारीको अभियान संचालन गर्दै  आएको साहारा वचत तथा ऋण सकारी संस्थाले आज आफनो १३ औ स्थापना दिवसको अबसर पारेर बिरामीहरुलाई फलफुल बितरण गरेको

निशान बचत तथा ऋण सहकारी संस्थाको कुल आम्दानी १७ लाख ६३ हजार ।

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा रहेको निशान बचत तथा ऋण सहकारी सस्था लिमिटेडको छैठौ वार्षिक साधरण सभा एवम् तेश्रो अधिवेशन कार्यक्रम श्री