• ON AIRशुमधुर भजनहरु
  • UP NEXTनेपाली खवर

ओखलढुंगामा बुहारीले फलामको ढुंग्री प्रहार गर्दा ससुराको मृत्य ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ रुम्जाटारमा बुधवार राति बुहारीले फलामको ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु भएको छ । ढुंग्री प्रहारबाट ससुरा ७० वर्षीय रामकाजी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।अंशबण्डाको विषयमा विवाद हुँदा बुहारी ३० वर्षीय तारादेवी गुरुङले फलामको ढुंग्रीले टाउकोमा प्रहार गरेकी थिइन् । ढुंग्री प्रहारबाट गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो ।घटनाबारे प्रहरी कार्यालय ओखलढुंगा र विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट गएको प्रहरी टोलीले   बुहारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

रामेछापको भालुखोपमा  बोरिङबाट पानी निस्कियो ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको

सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते । 

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर

रामेछाप उमाकुण्डका वृद्ध दम्पतीले बत्तिस लाखको लागतमा बनाए मन्दिर । 

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका एक वृद्ध दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । विगठित संविधानसभा सदस्य दालकुमारी