• ON AIR
  • UP NEXTनेपाली खवर

सिन्धुलीमा जीप दुर्घटना ५ जनाको मृत्यु , सात जना घाइते ।। 


सिन्धुलीको फिक्कल गाँउपालिका–२, चण्डीभञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य सात जना घाइते भएका छन् । जिल्लाकै महादेवडाँडाबाट १२ जना यात्रु बोकेर सदरमुकाम सिन्धुलीमाढीतर्फ जाँदैै गरेको बा १५ च ९४२२ नम्बरको जीप बिहान ९ः३० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेहरुमा फिक्कल गाँउपालिका वडा नं. २ निवासी ५५ वर्षीया तीलमाया विक, ६५ वर्षीय कुनमान तामाङ, ४० वर्षीया लक्ष्मी विक, २५ वर्षीया अनिता महत र वडा नं. ३ निवासी ३५ वर्षीया शान्तिमाया श्रेष्ठ रहेका छन् । दुर्घटनाका गम्भीर घाइतेहरु चालक मानबहादुर सुनुवार, गंगामाया विक र दिपक श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । अन्य चार जना यात्रु भने सामान्य घाइते रहेका प्रहरी उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

रामेछापको भालुखोपमा  बोरिङबाट पानी निस्कियो ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको

सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते । 

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर

रामेछाप उमाकुण्डका वृद्ध दम्पतीले बत्तिस लाखको लागतमा बनाए मन्दिर । 

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका एक वृद्ध दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । विगठित संविधानसभा सदस्य दालकुमारी