• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

बाँदर नियन्त्रणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा ५ लाख रकम प्रदान ।।


खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँदर नियन्त्रणको काम शुरु गरेको छ । किसानहरुले खेतबारीमा लगाएको अन्नबाली तथा फलफुल खेतीलगायतका बालीनालीसखाप बनाएर हैरान पारेको बाँदरलाई भारतीय पेसेवार शिकारीमार्फत समातेर राष्ट्रिय निकुञ्ज पु¥याउने तयारी गरेको हो । यसका लागि भारत खुसीनगर उत्तरप्रदेशका मुखतार खान शिकारी र साविर खान शिकारीलाई दिक्तेल आएका छन् । बाँदर नियन्त्रणका लागि बाँदर व्यवस्थापन समितिलाई नगरपालिकाले हिजो पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । प्रतिगोटा दुई हजारका दरले २ सय ५० वटा बाँदर समातेर निकुञ्जसम्म पु¥याई छाड्नका लागि नगरपालिकाले उक्त बजेट उपलब्ध गराएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । मेयर रिजालले बाँदर नियन्त्रणका लागि रकम अभाव भएमा थप रकम समेत नगरले व्यबस्था गर्ने उहाँको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस

रामेछापको भालुखोपमा  बोरिङबाट पानी निस्कियो ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको

सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते । 

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर

रामेछाप उमाकुण्डका वृद्ध दम्पतीले बत्तिस लाखको लागतमा बनाए मन्दिर । 

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका एक वृद्ध दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । विगठित संविधानसभा सदस्य दालकुमारी