• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

मन्थलीलाई व्यवस्थित बनाउन नसकेकोमा दुःख लाग्यो डा. भट्टराई । 


नयाँ शक्ती पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराइले रामेछापको सदरमुकाम मन्थलीलाई व्यवस्थित बनाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । २०४५ सालमा सदरमुकाम मन्थलीलाई एक व्यवस्थित शहर बनाउने गरी नक्सा तयार पारिएको भए पनि त्यसलाई कार्यान्वयन गराउने पक्षले ध्यान नदिँदा सुन्दर मन्थली नबनेको बताउनुभयो । मंगलबार मन्थलीमा नयाँ शक्ती पार्टीको असल राजनीति र समावेशी विकासका लागि जनसम्वाद कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले भट्टराईले सुन्दर मन्थली बनाउने स्केज दिदाँ दिदै पनि त्यसलाई बेवास्ता गर्दा अहिले कुरुप मन्थली भएको दुखेसो गरे पछि डा. भट्टराईले यस्तो बताउनुभएको हो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले त्यतिबेला मन्थलीको माथिल्लो भागमा बनस्पती, बीचको भागमा बस्ती र मन्थली फाँटमा बोटबिरुवा लगाएर हरियाली बनाउने स्केच आफूले तयार गरेको  बताउदै भन्नुभयो अहिले भद्रगोल तरिकाले शहर बसेकाले अझै पनि यसलाई व्यवस्थित पार्न सरोकारवालाले ध्यान दिनुपर्छ ।’ उहाँले  एक अर्को प्रसंगमा अहिलेका ठुला राजनीतिक दल भन्नेहरु चुनाव जितेर सत्तामा पुग्ने र कमिसनखोरीहरुबाट कमिसन लिनेतर्फ लागेकाले उनीहरुबाट देश विकास नहुने बताउनुभयो  । उहाँले  ठुला भनिने पार्टीहरु चुनाब, सत्ता र कमिसनको दुष्चक्रमा फसेको आरोप समेत लगाउनुभयो  । चिवाभञ्ज्याङ पाँचथर देखि झुलाघाट बैताडी सम्मको जनसम्बाद यात्रामा रहेनुभएका  भट्टराई मंगलबार रामेछाप आइपुग्नुभएको हो ।

यस्तै सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं.३ ग्वाल्टारमा हिजो आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराइले पहाडबाट बसाइसराई गर्नुको साटो पहाडमा नै विकास र समृद्धि ल्याउनेतिर ध्यान दिनुपर्ने धारणा राख्नुभयो । विगतका शासकको गलत नीतिका कारण पहाडको विकास हुन नसकेको बताउनुभएको छ । समावेशी विकासले मात्रै पहाडमा समृद्धि आउने र यसका लागि केन्द्रलाई भन्दा स्थानीय तह र त्यसमा पनि वडासँग बढी अधिकार हुनुपर्ने उहाँको भनाइ छ । 

प्रतिकृया दिनुहोस

२४ वर्ष पछि दुई पार्टीका नेता एउटै मञ्चमा उभिएर जनयुद्ध दिवस मनाए ।

२४ औ जनयुद्ध दिवसको अवसर पारेर  नेपाल कम्युनिष्ट पार्टि रामेछापले वुधवार जिल्ला सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरेको छ । पार्टि एकिकरण

सरकारविरुद्ध नेपाली काँग्रेस रामेछापको विरोध प्रर्दशन ।।

नेपाली काँग्रेस रामेछापले  आज सरकारविरुद्ध सदरमुकाम मन्थलीमा विरोध प्रदर्शन गरेको छ ।  आज देशका सबै जिल्लाहरुमा पार्टी जिल्ला कार्य समितिको

कति छन् शहीद, छैन यकिन तथ्याङ्क

   माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी