• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

सिन्धुलीमा  पुनर्निर्माणको जिम्मेवारी स्थानीय तहलाई ।। 

सिन्धुलीमा  भूकम्पपछिको पुनर्निर्माणको जिम्मा स्थानीय तहले पाएका छन् । भूकम्पपछिको पुननिर्माणमा स्थानीय तहलाई जिम्मेवारी बनाउने सरकारी नीति अनुरुप नै सिन्धुली जिल्लामा रहेका नौ वटै स्थानीय तहलाई बाँकी कामको जिम्मेवारी हस्तान्तरण गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।  इकाइका अनुसार जिल्लाका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, गोलाञ्जोर गाउँपालिका, सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र घ्याङलेक गाउँपालिकालाई बाँकी कामका जिम्मेवारी हस्तान्तरण गरिएको हो ।  जिल्लाका रहेका नौ वटै स्थानीय तहका प्रमुख तथा प्रशासकिय प्रमुख र पुननिर्माण प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर भएको इकाइ प्रमुख देवनारायणप्रसाद यादवले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

रामेछापको भालुखोपमा  बोरिङबाट पानी निस्कियो ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको

सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते । 

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर

रामेछाप उमाकुण्डका वृद्ध दम्पतीले बत्तिस लाखको लागतमा बनाए मन्दिर । 

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका एक वृद्ध दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । विगठित संविधानसभा सदस्य दालकुमारी