• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

सरकारविरुद्ध नेपाली काँग्रेस रामेछापको विरोध प्रर्दशन ।।


नेपाली काँग्रेस रामेछापले  आज सरकारविरुद्ध सदरमुकाम मन्थलीमा विरोध प्रदर्शन गरेको छ ।  आज देशका सबै जिल्लाहरुमा पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको कांग्रेसले रामेछाप जिल्लामा पनि विरोध प्रदर्शन गरेको हो ।  सरकारले आफूहरुको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको र पार्टीका पूर्व सभाद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको दुई वटा अस्पताल खारेज गर्ने प्रयास गरेको भन्दै काँग्रेसले त्यसविरुद्ध ७७ वटै जिल्लामा प्रर्दशन गर्ने निर्णय गरेको थियो । . पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सबै जिल्लामा एक साथ सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय गरिए बमोजिम रामेछापमा पनि विरोध प्रदर्शन भएको हो ।  काँग्रेसले निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको, प्रमुख प्रतिपक्ष दलको नेताको अनुस्थितिमै संवैधानिक परिषदको बैठक बोलाएर निर्णय गरेको लगायतका विषयप्रति पनि आपत्ति जनाउँदै सरकारको चर्को आलोचना गर्दै आएको छ ।


 

प्रतिकृया दिनुहोस

२४ वर्ष पछि दुई पार्टीका नेता एउटै मञ्चमा उभिएर जनयुद्ध दिवस मनाए ।

२४ औ जनयुद्ध दिवसको अवसर पारेर  नेपाल कम्युनिष्ट पार्टि रामेछापले वुधवार जिल्ला सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरेको छ । पार्टि एकिकरण

मन्थलीलाई व्यवस्थित बनाउन नसकेकोमा दुःख लाग्यो डा. भट्टराई । 

नयाँ शक्ती पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराइले रामेछापको सदरमुकाम मन्थलीलाई व्यवस्थित बनाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । २०४५ सालमा

कति छन् शहीद, छैन यकिन तथ्याङ्क

   माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी