• ON AIRशुमधुर भजनहरु
  • UP NEXTनेपाली खवर

सिन्धुलीमा तामाङ सांस्कृतिक महोत्सव जारी ।। 


सिन्धुलीमा तामाङ सांस्कृतिक महोत्सव सुरु भएको छ । सोनाम ल्होछारको अवसर पारेर तीन दिने सांस्कृतिक महोत्सव सुरु गरिएको हो । ‘सोनाम ल्होछारको प्रवर्द्धन हाम्रो सांस्कृतिक सरोकार, ताम्सालिङ प्रदेशको निर्माण हाम्रो राजनीतिक अधिकार’ भन्ने मूल नाराका साथ २८५५ औं सोनाम ल्होछारका अवसरमा सिन्धुलीको मरिणमा महोत्सव गरिएको हो । नेपाल तामाङ घेदुङ मरिण गाउँपालिकाले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सरकारले सबै धर्म संस्कृतिको संरक्षण गर्ने बताए । महोत्सवमा तामाङ भाषा साहित्यका लोक कलाकारले तामाङ सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । महोत्सव भोलि सम्पन्न हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

रामेछापको भालुखोपमा  बोरिङबाट पानी निस्कियो ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको

सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते । 

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर

रामेछाप उमाकुण्डका वृद्ध दम्पतीले बत्तिस लाखको लागतमा बनाए मन्दिर । 

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका एक वृद्ध दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । विगठित संविधानसभा सदस्य दालकुमारी