• ON AIRनेपाली खवर
  • UP NEXTसि आई एन समाचार

ट्रयाक्टर दुर्घटना सिन्धुलीका  दुईजनाको मृत्यु, पाँचजना घाइते ।। 


 धरान चतरा सडक अन्तर्गत मकवानपुरको वागमती गाउँपालिका – ४ पाँचपाण्डवमा शनिबार राति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् । दुईजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धीराज गुरुङले बताउनुभयो । झुरझुरेबाट सिन्धुलीतर्फ जाँदै गरेको सिमेन्ट र रड लोड गरेको ना ६ त ४४२ नम्बरको ट्रयाक्टर अनियन्त्रत भई सडकको दाहिनेतर्फ पल्टिँदा ट्रयाक्टरमा भएका ७ जना मध्ये दुईजनाको ज्यान गएको एसपी गुङले बताउनुभयो ।  ज्यान गुमाउनेमा सिन्धुली जिल्ला हरिहरगढी गाउँपालिका ३ का ५५ वर्षीय हेमकुमार श्रेष्ठ र त्यही ठाउँका ५५ वर्षका बखतबहादुर राई रहेको प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो । दुर्घटनामा त्यही ठाउँका ५५ वर्षका मोहन राई, १७ वर्षका शक्ति राई, ३५ वर्षका कृष्णबहादुर राई, २५ वर्षका चालक तिलकराज राई, तथा हेटौँडा १० की शिवमाया मगर घाइते भएका छन् । उपचारका लागि उनीहरुलाई भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

रामेछापको भालुखोपमा  बोरिङबाट पानी निस्कियो ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको

सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते । 

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर

रामेछाप उमाकुण्डका वृद्ध दम्पतीले बत्तिस लाखको लागतमा बनाए मन्दिर । 

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका एक वृद्ध दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । विगठित संविधानसभा सदस्य दालकुमारी