• ON AIRउकाली ओराली
  • UP NEXTनेपाल खबर

टुरिजम डेभलपमेन्ट बैंक मेगा बैंकमा गाभियो

 

टुरिजम डेभलपमेन्ट बैंक मेगा बैंकमा गाभिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच टुरिजम डेभलपमेन्ट बैंक मेघा बैंकमा गाभिएर मेगा बैंक नेपालको नामबाट एकीकृत कारोबार सुरु गरिएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले दुवै बैंकको एकीकृत कारोबारको शुभारम्भ गर्नुभयो । दुई बैंक गाभिएपछि बैंकको चुक्ता पूँजी ९ अर्ब २९ करोड पुगेको छ । त्यसैगरी बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैंयाँ पुगेको पनि बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले जानकारी दिनुभयो । गाभिनु अघि मेगा बैंकको चुक्ता पूँजी ७ अर्ब ३७ करोड र टुरिजम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको थियो । गाभिएपछि बैंकको शाखा कार्यालय ९१ वटा पुगेका छन । प्रमुख कार्यकारी अधिकृत खुन्जेलीले बैंकले सबै स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्ने योजना बनाएको पनि बताउनुभयो ।

प्रतिकृया दिनुहोस

निशान बचत तथा ऋण सहकारी संस्थाको कुल आम्दानी १७ लाख ६३ हजार ।

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा रहेको निशान बचत तथा ऋण सहकारी सस्था लिमिटेडको छैठौ वार्षिक साधरण सभा एवम् तेश्रो अधिवेशन कार्यक्रम श्री

मन्थली खानेपानीको १९ औ साधारण सभा सम्पन्न ।। 

मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १९ औ साधारणसभा शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि तथा मन्थली

साहारा बचत तथा ऋण सहकारी संस्थाको आम्दानी २ करोड ४५ लाख ।।

साहारा बचत तथा ऋण सहकारी सस्था लिमिटेड मन्थली रामेछापको १३  औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सदरमुकाम मन्थलीको सामुदायिक आवास भवनमा सन्चालित