• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

ओखलढुंगा घोराखोरीमा खुल्यो कृषि विकास बैँक ।।


२० वर्ष अगाडी द्धन्दकालीन समयमा विस्थापित भएको ओखलढुंगा जिल्लाको चम्पादेवि गाउँपालिका वडा नम्बर ६ घोराखोरीमा फेरी कृषि विकास बैँक लिमिटेडको २५७ औँ शाखा स्थापना भएको छ । हाम्रो घर आगनको बैँक कृषि विकास बैँक भन्ने मुल नाराका साथ स्थापना भएको बैँकले चम्पादेवि गाउँपालिकामा रहेर बैँकिङ सेवा प्रदान गर्नेछ । विश्वकै दोश्रो तथा एसियाकै उत्कृष्ट आधुनिक सेफ्टवयर मार्फत सेवा प्रदान गर्दै आएको बैँक चम्पादेविमा स्थापना भएपछि नागरीकहरु खुशि भएका छन । ओखलढुंगा जिल्लाका संघिय सांसद यज्ञराज सुनुवार र प्रदेश ख का सांसद मोहन खड्काले बैँकको साखा संयुक्त रुपमा उद्धघाटन गर्नुभएको हो । उद्धघाटन कार्यक्रममा बोल्दै सांसद सुनुवारले देश संक्रमणकालबाट नयाँ युगमा प्रवेश गरिसकेको बताउँदै गाउँगाउँमा बैँक स्थापना भएपछि नागरीकहरुलाई सजिलो हुने र नागरीकहरु बैङकिङ कारोबार गर्न सदरमुकाम धाउनु पर्ने बाध्यता हट्ने बताउनुभयो । कृषि विकास बैँकका महानिर्दैशक पुर्ण प्रसाद आचार्यले बैँकले वचतको ८० प्रतिशत लगानी गर्नै बताउनुभयो । चम्पादेवि गाउँपालिकाका प्रमुख नवराज केसिले स्थापना भएको बैँक गाउँपालिका केन्द्रबाट निकै टाढा पर्ने भएकाले आफुहरुलाई समस्या हुने बताउनुभयो । बैँकको साखा उद्धघाटन कार्यक्रममा ओखलढुंगा जिल्लाका प्र्व संविधान सभा सदस्य बालकृष्ण ढुंगेल , कृषि विकास बैँकका क्षेत्रिय निर्दैशक चेतनारायण सापकोटा लगायत गाउँपालिकाका विभिन्न वडाहरुका वडाअध्यक्षहरुको सहभागीता रहेको थियो । ओखलढंगा जिल्लाको ८ स्थानिय तह मध्ये ७ वटा स्थानिय तहमा बैँक स्थापना भइसकेको छ । बैँक स्थापना हुन बाँकि रहेको चिसंखुगढि गाउँपालिका पनि कुमारी बैँकले साखा स्थापना गर्न लागेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सुनापति गाउँपालिका रामेछापको सार्बजनिक सुनुवाई ।। 

रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको गत आर्थिक बर्ष र चालु आर्थिक वर्षको आय ब्यय बिवरण सार्बजनिक गरिएको छ ।  गाउपालिकाले  शुक्रबार आफनो

विरामीलाई फलफुल  वितरण गरेर मनायो साहारा वचतले आफनो वार्षिक उत्सव ।

जिल्लामा सहकारीको अभियान संचालन गर्दै  आएको साहारा वचत तथा ऋण सकारी संस्थाले आज आफनो १३ औ स्थापना दिवसको अबसर पारेर बिरामीहरुलाई फलफुल बितरण गरेको

निशान बचत तथा ऋण सहकारी संस्थाको कुल आम्दानी १७ लाख ६३ हजार ।

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा रहेको निशान बचत तथा ऋण सहकारी सस्था लिमिटेडको छैठौ वार्षिक साधरण सभा एवम् तेश्रो अधिवेशन कार्यक्रम श्री