• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

रामेछापको सुनारपानीमा निशुल्क स्वास्थ्य शिविर हुने 


रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।रामेछाप नगरपालिकाको रामेछाप बजारमा रहेको नेपाली सेना श्री नन्दवक्स गण, जिल्ला अस्पताल रामेछाप,तामाकोशी सहकारी अस्पताल ललितपुरको संयुक्त आयोजनामा  यहि माघ २२ गते मंगलबार शिविर हुन लागेको हो ।शिविरमा शल्यक्रिया,छाति,पेट,मुटुरोग,हाडजोर्नी,नाक,कान,घाँटी,छाला,यौन तथा नशासम्बन्धि रोगको विशिष्ट विशेषज्ञसहितको टोलीद्धारा उपचार तथा परमर्श दिइने आयोजकले जनाएको छ ।शिविर सुनारपानीको भैरव मा. वि.मा सञ्चालन हुनेछ ।यस्तै सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको आयोजनामा पनि माघ २१ गते निशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ ।गाउँपालिकाको वडा नं ३ ग्वालटारमा सञ्चालन हुने शिविरबाट ग्याष्ट्रिक,बाथरोग,पेसर,सुगर र महिनावारी गढबढी सम्बन्धि रोगको निशुल्क उपचार गरिनेछ ।
 

प्रतिकृया दिनुहोस

रामेछापमा स्वास्थ बिमा प्रभाबकारी बन्दै ।  

रामेछाप जिल्लामा बिगत १ बर्ष देखि सुरु भएको स्वास्थ बिमा प्रभावकारी बन्दै गएको सरोकारवालाहरुले बताएका छन् ।  राष्ट्रिय स्वास्थ्य बिमा बोर्ड टेकु

अति विपन्न घरपरिवारको निशुल्क स्वास्थ्य विमा हुने 

गरीबीको सुचीमा परेको घरपरिवारको निशुल्क स्वास्थ्य विमा हुने भएको छ । नेपाल सरकारमार्फत पहिचान गरिएका गरिब परिवारलाई अति, मध्यम र सीमान्तकृत गरी तीन

घटेनन जिल्ला अस्पताल रामेछापमा भारलका विरामी ।।

केहि दिनदेखि भाइरल ज्वरोका विरामीले भरीभराउ भएको जिल्ला अस्पताल रामेछापमा विरामीको चाप नघ्टा समस्या भएको छ ।  अस्पतालमा दैनिक ५० देखि ६० जना भाइरल