• ON AIRनेपाली खवर
  • UP NEXTसि आई एन समाचार

विरामीलाई फलफुल  वितरण गरेर मनायो साहारा वचतले आफनो वार्षिक उत्सव ।


जिल्लामा सहकारीको अभियान संचालन गर्दै  आएको साहारा वचत तथा ऋण सकारी संस्थाले आज आफनो १३ औ स्थापना दिवसको अबसर पारेर बिरामीहरुलाई फलफुल बितरण गरेको छ ।  संस्थाले जिल्लाका विभिन्न अस्पतालमा उपचार गराई रहेका २९  जना विरामीहरुलाई विरामी सुृतेकै शैयामा पुगेर हर्लिक्स फलफुल र सुत्केरी आमा र वच्चाहरुकालागि कपडा वेवी व्ल्याँकेट उपलव्ध गराएको हो ।  आफनो स्थापना दिवसलाई स्मरणीय र सामाजीक मैत्री वनाउने उदेश्यले संस्थाको व्यानर सहित संचालक र कर्मचारीहरु समेतको टीली जिल्ला अस्पताल रामेछाप तामाकोशि सहकारी अस्पताल रामेछाप सामुदायीक अस्पताल र मन्थली प्राथामिक स्वास्थ केन्द मन्थलीमा पुगेर हर्लिक्स फलफुल वितरण गरेको  हो ।

संस्थाकि उपाध्यक्ष तीज मायाँ भुजेलको नेतृत्वमा सचिव वलरामश्रेष्ठ ,कोषाध्यक्षशिव राजश्रेष्ठ र अधिकाँश संचालक हरु समेत संस्थाको व्यानर सहित अस्पतालमा पुगेका थिए । उक्त टोलील ेजिल्ला अस्पतलमा भर्ना भएका १२  जना,तामाकोशि सहकारी अस्पताल मन्थलीमाभर्ना भएका  १४  जना, रामेछाप सामुदायीक अस्पतालमा भर्ना भएका २  जना र मन्थली प्राथामिक स्वास्थ केन्द्रमा भर्ना भएका १ जना, विरामीलाई फलफुल र हर्लिक्स वितरण गरिएको संस्थाका व्यवस्थापककिरण सागर घिसिङ्गले जानकारी दिए ।  करिव ४ हजार जना सदस्य रहेको उक्त सहकारीले यस अघि पनिमन्थली १ भैसेश्वर चोकमा रहेको सार्वजनिक सौचालयनिर्माण ,मन्थलीवजारमा राखिएको सी सि क्यामरा र वजारको सर सफाई जस्ता काममापनिनिरन्तर सहयोगगर्दे आएको छ । उक्त सहकारीको मुख्यकारोवार करिव १७ करोड रहेको छ । संस्थाले साविकको रामेछाप ,सुकाजोर,भलुवाजोर र सुनारपानी र मन्थली गाविसलाई आफनो कार्यक्षेत्र वनाई कामगर्दे आएको जानकारी पनि संस्थाले गराएको छ । 


 

प्रतिकृया दिनुहोस

सुनापति गाउँपालिका रामेछापको सार्बजनिक सुनुवाई ।। 

रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको गत आर्थिक बर्ष र चालु आर्थिक वर्षको आय ब्यय बिवरण सार्बजनिक गरिएको छ ।  गाउपालिकाले  शुक्रबार आफनो

ओखलढुंगा घोराखोरीमा खुल्यो कृषि विकास बैँक ।।

२० वर्ष अगाडी द्धन्दकालीन समयमा विस्थापित भएको ओखलढुंगा जिल्लाको चम्पादेवि गाउँपालिका वडा नम्बर ६ घोराखोरीमा फेरी कृषि विकास बैँक लिमिटेडको २५७ औँ

निशान बचत तथा ऋण सहकारी संस्थाको कुल आम्दानी १७ लाख ६३ हजार ।

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा रहेको निशान बचत तथा ऋण सहकारी सस्था लिमिटेडको छैठौ वार्षिक साधरण सभा एवम् तेश्रो अधिवेशन कार्यक्रम श्री