• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

घटेनन जिल्ला अस्पताल रामेछापमा भारलका विरामी ।।


केहि दिनदेखि भाइरल ज्वरोका विरामीले भरीभराउ भएको जिल्ला अस्पताल रामेछापमा विरामीको चाप नघ्टा समस्या भएको छ ।  अस्पतालमा दैनिक ५० देखि ६० जना भाइरल ज्वरोका बिरामीहरु उपचारका लागि जिल्ला अस्पताल आउने गरेका छन । केहि विरामीहरु उपचारपछि घर फर्किए पनि नयाँ विरामीहरु आउन थालेपछि जिल्ला अस्पतालका बेड भरिएका छन ।  भाइरल ज्वरोका बिरामी बढेकाले केहि बिरामीहरुलाई अस्तालमा  उपचार गर्न नसकिएपछि काठमाडौ रिफर गरिएको जिल्ला अस्पताल रामेछापका डाक्टर  मविन अर्यालले जानकारी दिनुभएको छ । उहाँका अनुसार अस्पताल आउने धेरै विरामीहरुमा भाइरल ज्वरो र केहि विरामीहरुमा दम रुघाखोकि , निमोनिया जस्ता समस्याहरु देखा परेको छ ।

अस्पताल आउने विरामीहरु मध्मे साना उमेर समुहका बालबालिकाहरुमा भाइरल ज्वरोको समस्या बढि देखिएको छ । माघ १ गतेदेखि हालसम्मको तथ्याङलाई हेर्दा भाइरल ज्वरोबाट अस्पताल भर्ना हुने विरामीको संख्या ३० जना पुगेको अनमी अस्मिता केसीले जानकारी दिनुभयो । भाइरलबाट धेरैजसो बालबालिका तथा बृद्घहरु बढि प्रभावित भएका छन । अस्पतालमा आउने अधिकांश विरामीहरुमा   रुघाखोकि , ज्वरो, खाँटि दुख्ने , छाति दुख्ने , हातखुट्टा दुख्ने जस्ता समस्याहरु  लिएर विरामीहरु धेरै आउने गरेको अर्का डाक्टर लिलामणि राजभलाले बताउनुभयो  ।  मौसम परिवर्तनसँगै फैलिएको भाइरल ज्वरोका बिरामीले १५ शैयाको जिल्ला अस्पताल खचाखच भरिएको डाक्टर राजभलाले बताउनुभयो ।

चिसोको कारणले अस्पतालमा विरामीको चाप बढेको बताउँदै उहाँले भाइरल ज्वरोबाट बच्न न्यानो कपडा लगाउन,  तातो खानेकुराहरु खान , रुघाखाकि लागि हाले विशेष ध्यान दिन , धुलोबाट जोगिन र बालबालिका र वृद्धवृद्धाहरुको ख्याल गर्न  सल्लाह दिनुभएको छ । यता भाइरल ज्वरोले विद्यार्थिहरु विरामी परेपछि जिल्लाकै  पहिलो माध्यमिक विद्यालय श्री गौरीशंकर माध्यमिक विद्यालय २ दिनपछि आजबाट सन्चालनमा आएको छ । २ दिनपछि विद्यालय खुल्दा विरामी विद्यार्थिहरुको स्वास्थ्यमा केहि सुधार आएको र विद्यालयमा पनि विद्यार्थिको उपस्थिती बढेको विद्यालयका प्रधानाध्यापक निर बहादुर कार्कीले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

रामेछापमा स्वास्थ बिमा प्रभाबकारी बन्दै ।  

रामेछाप जिल्लामा बिगत १ बर्ष देखि सुरु भएको स्वास्थ बिमा प्रभावकारी बन्दै गएको सरोकारवालाहरुले बताएका छन् ।  राष्ट्रिय स्वास्थ्य बिमा बोर्ड टेकु

अति विपन्न घरपरिवारको निशुल्क स्वास्थ्य विमा हुने 

गरीबीको सुचीमा परेको घरपरिवारको निशुल्क स्वास्थ्य विमा हुने भएको छ । नेपाल सरकारमार्फत पहिचान गरिएका गरिब परिवारलाई अति, मध्यम र सीमान्तकृत गरी तीन

रामेछापको सुनारपानीमा निशुल्क स्वास्थ्य शिविर हुने 

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।रामेछाप नगरपालिकाको रामेछाप बजारमा रहेको नेपाली सेना