• ON AIRनेपाली खवर
  • UP NEXTसि आई एन समाचार

भाइरल ज्वरोका बिरामीले जिल्ला अस्पताल रामेछापको बेड भरिए , २ दिनका विद्यालय समेत बन्द ।। 

मौसम परिवर्तनसँगै रामेछाप जिल्लामा फैलिएको भाइरल ज्वरोका बिरामीले जिल्ला अस्पताल रामेछापको  बेड भरिभराउ भएका छन् । दैनिक ५० देखि ६० जना भाइरल ज्वरोका बिरामीहरु उपचारका लागि जिल्ला अस्पताल आउन थालेपछि जिल्ला अस्पतालका बेड भरिएका हुन । भाइरल ज्वरोका बिरामी बढेकाले केहि बिरामीहरुलाई बेडको  अभावमा  आकस्मिक कक्षमै  राखेर उपचार गराइरहेको जिल्ला अस्पताल रामेछापका डाक्टर लिलामणि राजभलाले जानकारी दिनुभएको छ । उहाँका अनुसार अस्पताल आउने धेरै विरामीहरुमा भाइरल ज्वरो र केहि विरामीहरुमा दम रुघाखोकि , निमोनिया जस्ता समस्याहरु देखा परेको छ । भाइरलबाट धेरैजसो बालबालिका तथा बृद्घहरु बढि प्रभावित बनेका छन् । विरामीहरुमा रुघाखोकि , ज्वरो, खाँटि दुख्ने , छाति दुख्ने , हातखुट्टा दुख्ने जस्ता लक्षण देखिएका छन् ।  मौसम परिवर्तनसँगै फैलिएको भाइरल ज्वरोका बिरामीले १५ शैयाको जिल्ला अस्पताल खचाखच भरिएको डाक्टर राजभलाले बताउनुभयो । चिसोको कारणले अस्पतालमा विरामीको चाप बढेको बताउँदै उहाँले भाइरल ज्वरोबाट बच्न न्यानो कपडा लगाउन,  तातो खानेकुराहरु खान , रुघाखाकि लागि हाले विशेष ध्यान दिन , धुलोबाट जोगिन र बालबालिका र वृद्धवृद्धाहरुको ख्याल गर्न  सल्लाह दिनुभएको छ । यता भाइरल ज्वरोले विद्यार्थिहरु विरामी परेपछि जिल्लाकै  पहिलो माध्यमिक विद्यालय श्री गौरीशंकर माध्यमिक विद्यालय २ दिनका लागि बन्द गरिएको छ । विद्यालयका ७० प्रतिशत विद्यार्थिहरु विरामी परेपछि बाध्य भएर  विद्यालय बन्द गर्नुपरेको श्री गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक निर बहादुर कार्कीले बताउनुभयो । विद्यालयका विद्यार्थिहरुसँगै शिक्षकहरु पनि विरामी परेका छन । 

प्रतिकृया दिनुहोस

रामेछापमा स्वास्थ बिमा प्रभाबकारी बन्दै ।  

रामेछाप जिल्लामा बिगत १ बर्ष देखि सुरु भएको स्वास्थ बिमा प्रभावकारी बन्दै गएको सरोकारवालाहरुले बताएका छन् ।  राष्ट्रिय स्वास्थ्य बिमा बोर्ड टेकु

अति विपन्न घरपरिवारको निशुल्क स्वास्थ्य विमा हुने 

गरीबीको सुचीमा परेको घरपरिवारको निशुल्क स्वास्थ्य विमा हुने भएको छ । नेपाल सरकारमार्फत पहिचान गरिएका गरिब परिवारलाई अति, मध्यम र सीमान्तकृत गरी तीन

रामेछापको सुनारपानीमा निशुल्क स्वास्थ्य शिविर हुने 

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।रामेछाप नगरपालिकाको रामेछाप बजारमा रहेको नेपाली सेना