• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

खाँडादेवी गाउँपालिकामा अध्यक्षका छोरी, भाइ र परिवारका सदस्य बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्त ।।


रामेछापको खाँडादेवी गाउँपालिकामा अध्यक्षका छोरी, भाइ र परिवारका सदस्य बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्त भएको पाइएको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङका आफ्नै छोरी रमिता तामाङ, भाइ अर्जुन तामाङ, भतिज देवकुमार तामाङ, बहिनीज्वाई श्याम लामा सहित २१ जना पालिकामा जागिरे भएको खुलेको हो । स्थानीय बेदराज लामाले आफ्ना नाताका मानिसलाई मात्र गाउँपालिकामा अध्यक्ष तामाङले जागिर दिएको भन्दै आक्रोश पोखेका छन् । अचम्म त के छ भने अधिकृत तहदेखि सवारी चालकसम्म २१ जना कर्मचारी छनौट हुँदा १ भन्दा बढीको आवेदन नै नपरेको पालिकाले दाबी गरेको छ । खाँडादेवी गाउँपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद सुवेदीका अनुसार अध्यक्ष प्रेमबहादुर तामाङकी छोरी पशु चिकित्सक पदमा, ज्वाइँ कम्प्युटर अपरेटर पदमा, भाइ सूचना तथा प्रविधि अधिकृत पदमा निर्विवाद नियुक्त भएका हुन् । पालिका अध्यक्ष तामाङले समेत कुनै पनि पदमा कसैले आवेदन नगरेकाले आफ्नी छोरीसहित घरपरिवारकै मानिस छनौट भएको बताएका छन् । उनले आफन्त मात्र भर्ति गरेको भन्ने आरोप सत्य नभएको दाबी गर्दै आफूलाई सहयोग पुगोस् भनेर आफन्त ल्याएको स्वीकार गरेका छन् । कर्मचारी आवश्यकताका लागि गत असोजमा राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकाले पनि कसैको आवेदन नपरेपछि गत मंसिरमा अध्यक्ष तामाङका एकाघरका नातेदार सहितका आफन्तहरु छनौट भएको सुवेदीले जनाएका छन् । यसअघि खाँडादेवी गाउँपालिका भवनमा अनियमितता भएको आशंका गर्दै अधिकांश वडाअध्यक्षले गाउँपालिकाकोे भवन उद्घाटन कार्यक्रम नै बहिस्कार गरेका थिए । हालै भएको पालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा एउटा मात्र निजी रेडियोलाई लाभ हुनेगरी अध्यक्ष प्रेमबहादुर तामाङले गतिविधि गरेको भन्दै रामेछापका अधिकांश विद्युतीय सञ्चार माध्यमले कार्यक्रम नै बहिस्कार गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

२४ वर्ष पछि दुई पार्टीका नेता एउटै मञ्चमा उभिएर जनयुद्ध दिवस मनाए ।

२४ औ जनयुद्ध दिवसको अवसर पारेर  नेपाल कम्युनिष्ट पार्टि रामेछापले वुधवार जिल्ला सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरेको छ । पार्टि एकिकरण

मन्थलीलाई व्यवस्थित बनाउन नसकेकोमा दुःख लाग्यो डा. भट्टराई । 

नयाँ शक्ती पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराइले रामेछापको सदरमुकाम मन्थलीलाई व्यवस्थित बनाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । २०४५ सालमा

सरकारविरुद्ध नेपाली काँग्रेस रामेछापको विरोध प्रर्दशन ।।

नेपाली काँग्रेस रामेछापले  आज सरकारविरुद्ध सदरमुकाम मन्थलीमा विरोध प्रदर्शन गरेको छ ।  आज देशका सबै जिल्लाहरुमा पार्टी जिल्ला कार्य समितिको