• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

रामेछाप जिल्लामा शव वाहन नहुँदा समस्या ।। 


रामेछाप जिल्लामा  शव वाहन नहुँदा समस्या भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा समेत शव वाहन नहुँदा अस्पतालमा मृत्यु भएका आफन्तलाई सार्वजनिक सवारीमा राख्नुपर्ने भएकाले समस्या भएको मृतकका आफन्तहरुले गुनासो गरेका छन् । जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तहरुको मृत्यु हुँदा समेत निजि सवारीमा शवलाई राख्नुपर्ने बाध्यता रहेको छ ।  निजी सवारी साधनले समेत शव बोक्न नमान्दा समस्या भएको रामेछाप नगरपालिका वडा नम्ब ७ का वडा अध्यक्ष समिर  काकीले  गुनासो गर्नुभयो ।  जिल्ला अस्पताल रामेछापमा समेत  एउटा पनि शव वाहन नुहँदा समस्या हुने गरेको छ । जिल्लामा १ वटा मात्रै शव वाहन हुने हो भने पनि सजिलो हुने जिल्ला प्रहरी कार्यलय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक अमिरेन्द्र बहादुर सिंहको   भनाइ छ । उहाँले भनुभयो कुनै जिल्लाका मानिस रामेछापमा मृत्यु हुँदा सम्बन्धित ठाउँमा  शव पठाउन  र  अरु जिल्लाबाट रामेछाप जिल्लाका कोहि मानिसहरुको मृत्यु हुँदा  जिल्लामा  शव ल्याउन निकै समस्या छ । जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनका अनुसार जिल्ला अस्पताल रामेछापमा शव वाहन ल्याउनको लागि आफु जिल्ला अस्पताल विकास समिती रामेछापको अध्यक्ष भएदेखि लागि परेको बताउनुभएको छ । जिल्ला अस्पतालमा शव बाहन ल्याउने सम्बन्धि छलफल  प्रदेश कार्यलमा भइरहेको उहाँले बताउनुभएको छ । अध्यक्ष पाख्रिनका अनुसार रामेछाप बजार र मन्थलीमा  २ वटा शव वाहन आवश्यक छ ।  जिल्ला समन्वय समिती रामेछापका  प्रमुख प्रेम बहादुर खड्काले जिल्लाका स्थानियतहहरुलाई शव वाहन किन्नको लागि आफुहरुले आग्रह गरिरहेको र मन्थली नगरपालिकाले शव वाहन किन्ने प्रक्रिया समेत अगाडी बढिसकेको उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

रामेछापमा स्वास्थ बिमा प्रभाबकारी बन्दै ।  

रामेछाप जिल्लामा बिगत १ बर्ष देखि सुरु भएको स्वास्थ बिमा प्रभावकारी बन्दै गएको सरोकारवालाहरुले बताएका छन् ।  राष्ट्रिय स्वास्थ्य बिमा बोर्ड टेकु

अति विपन्न घरपरिवारको निशुल्क स्वास्थ्य विमा हुने 

गरीबीको सुचीमा परेको घरपरिवारको निशुल्क स्वास्थ्य विमा हुने भएको छ । नेपाल सरकारमार्फत पहिचान गरिएका गरिब परिवारलाई अति, मध्यम र सीमान्तकृत गरी तीन

रामेछापको सुनारपानीमा निशुल्क स्वास्थ्य शिविर हुने 

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।रामेछाप नगरपालिकाको रामेछाप बजारमा रहेको नेपाली सेना