• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

शिक्षाको विकास बिना समृद्ध नेपाल असम्भब – मन्त्री पोखरेल 


शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराज मणि पोखरेलले शिक्षाको बिकास बिना समृद्ध नेपाल सम्भावना नहुने बताउनुभएको छ। उहाँले भवन राम्रा र ठुला हुँदैमा शिक्षाको गुणस्तर राम्रो नहुने पनि बताउनुभएको छ । बिपदबाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार ,भन्ने मूल नारा सहित २१ औं  भुकम्प सुरक्षा दिवसको अबसरमा रामेछापको दोरम्बा गाउँपालिकामा नब निर्मित भवनको उद्घाटन का क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री पोखरेलले सामुदायिक बिद्यालयका शिक्षकहरुले आफ्ना बालवालिका चाहिँ निजि बिद्यालय पढाउने र अरुका बालवालिका मात्र सरकारी बिद्यालयमा पढाउने गर्दा शिक्षामा गुणस्तर नआउने पनि बताउनुभयो ।  मन्त्री पोखरेलले सो गाउँपालिका स्थित श्री कालिका माध्यामिक बिद्यालय लखनपुर रिष्ठेको  १२ वटा कक्षा कोठा भएको ३ तले २ वटा भबन र २ तले भबन  र लखनपुरकै थापागाउमा नबनिर्मित  २ तले र १ तले ६ कोठे  भवन को समेत उदघाटन गर्नुभएको छ । रिष्ठेमा निर्माण गरिएको र भवनको कुल ८ करोड ४२ लाख ४२ हजार को लागतमा  र थापागाउँमा निर्माण गरिएको भवन ६ करोड ५५ लाख ४१ हजार ९ सय ४४ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख हेमन्त कुमार बुढाथोकीले बताउनुभएको छ । 

प्रतिकृया दिनुहोस

विद्यालयको छाना हावा  हुरीले उडायो पठन पाठनमा समस्या ।। 

रामेछाप जिल्लाको दुर्गम भेग रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगा बोलङ बोलङमा रहेको श्री महारुद्र माध्यमिक विद्यालयको भवनको छाना हावाहुरीले

आज सरस्वतीपुजा रामेछापका सरस्वती मन्दिरमा पूजा आराधना गर्ने श्रद्धालुको भीड ।। 

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज रामेछापमा  श्रीपञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने

३ वर्षदेखि खुल्ला आकाशमुनि बसेर पढदै छन रामेछाप सल्लेका विद्यार्थि ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ सल्लेमा   विद्यालयको भवन नहुँदा विद्यार्थी खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य भएका छन् । श्री