• ON AIRनेपाली खवर
  • UP NEXTसि आई एन समाचार

३ वर्षदेखि खुल्ला आकाशमुनि बसेर पढदै छन रामेछाप सल्लेका विद्यार्थि ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ सल्लेमा   विद्यालयको भवन नहुँदा विद्यार्थी खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य भएका छन् । श्री केवलेश्वर आधारभुत विद्यालयका विद्यार्थिहरु २०७२ को भुकम्पभन्दापछि खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य भएका हुन् । २०७२ को भुकम्पले विद्यालयको भवन ध्वस्तभएदेखि हालसम्म पनि विद्यालय पुन निर्माण हुन नसक्दा विद्यार्थिहरु खुल्ला आकाशमुनि बसेरै पढ्न बाध्य छन । भुकम्पपछि चाइल्ड फनले बनाइदिएको २ कोेठे बाँसको भाटाले बारेर बनाएको सामान्य भवन पनि जिर्ण भएको छ ।  अस्थायी टहरा पनि जिर्ण भएपछि बाहिरै डेस्क बेन्च राखेर पठन पाठन गरिँदै आएको छ । कक्षा शिशुदेखि कक्षा ५ सम्म पढाई हुने विद्यालयमा जम्मा १८ जना विद्यार्थिहरु छन ।

सबै कक्षाको विद्यार्थिहरुलाई एकै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो “ हाम्रो  विद्यालय अर्को विद्यालयसँग गाभिन्छ होला भनेका थियौँ तर गाभिएन , भवन बनाउनको लागि जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा) रामेछापमा पनि ध्यानकर्षण गरायौँ , विभिन्न संघसंस्था सबैसँग सहयोग माग्यौ तर पनि कसैले सहयोग गरेनन ” उहाँले गुनासो गर्नुभयो । विद्यालयमा २ जना स्थायी ,  एक जना राहत अनुदान गरी ३ जना शिक्षक र एक जना सहयोगी कर्मचारी गरी ४ जना कार्यरत छन । विद्यालयका शिक्षक विनोद घिमिरेका अनुसार पठन पाठनमा निकै समस्या छ । साना बालबालिका जाडोमा थरथर काम्दै र गर्मिमा तातोघाको रापमा सेक्किदै अध्यन गर्न बाध्य छन । विहान १० बजेदखि बेलुका ४ बजेसम्म विद्यार्थिहरुलाई बाहिरै खुल्ला आकाशमुनि राखेर पढाउन निर्कै समस्या भएको शिक्षक घिमिरेले बताउनुभयो । एकै ठाउँमा सबै विद्यार्थिलाई राखेर  पढाउँदा हो–हल्लाले विद्यार्थीलाई पढाईमा ध्यान केन्द्रित गराउन निकै समस्या भएको उहाँले बताउनुभयो ।

विद्यालयको भवन नहँुदा आफनो छोरीलाई विद्यालय पठाउन मनै नलाग्ने अभिभावक तिर्थ थोकरले बताउनुभयो । उहाँले भन्नुभयो “ छोरीलाई विद्यालय पठाउने गरेको थिएँ बाहिरै राखेर पढाउँछन केहि दिन विद्यालय गएपछि चिसोले छोरी विरामी भएको भएकै गर्छिन । अब अन्यत्रै लगेर छोरीलाई पढाउने सोच बनाएको छु् । ” स्थानिय समाजसेवि हरि कार्कीका अनुसार गाउँका धैरै बालबालिका २ घण्टा बाटो हिँडेर अन्य विद्यालयमा पढ्न जान्छन । विद्यालयमा विद्यार्थि संख्या पनि थोरै छ ,  विद्यालय जाने विद्यार्थि पनि बाहिरै बसेर पढ्नुपर्छ अनि विद्यालयको पठन पाठन पनि राम्रो छैन भनेर धेरै अभिभावकहरु छोराछोरी पढाउनका लागी सहर बजार बस्ने गरेको उहाँले बताउनुभयो । वडा नम्बर ८ का वडा अध्यक्ष केदार कार्कीले विद्यालय पुन निर्माण गर्न आफनो वडा कार्यलयले ८ लाख रुपैया रकम विनियोजन गरेको जानकारी दिनुभएको छ । वडा कार्यलयले पुन निर्माण  गर्ने  विद्यालय भवनको काम अगाडी बढिसकेको उहाँले बताउनुभयो । भवन बनाउने स्थानको जग्गा सम्याउने काम भइसकेकाले अबको केहि महिनामै विद्यालयको आफनै भवन निर्माण हुने उहाँले बताउनुभयो । 

 

प्रतिकृया दिनुहोस

विद्यालयको छाना हावा  हुरीले उडायो पठन पाठनमा समस्या ।। 

रामेछाप जिल्लाको दुर्गम भेग रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगा बोलङ बोलङमा रहेको श्री महारुद्र माध्यमिक विद्यालयको भवनको छाना हावाहुरीले

आज सरस्वतीपुजा रामेछापका सरस्वती मन्दिरमा पूजा आराधना गर्ने श्रद्धालुको भीड ।। 

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज रामेछापमा  श्रीपञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने

शिक्षाको विकास बिना समृद्ध नेपाल असम्भब – मन्त्री पोखरेल 

शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराज मणि पोखरेलले शिक्षाको बिकास बिना समृद्ध नेपाल सम्भावना नहुने बताउनुभएको छ। उहाँले भवन राम्रा र ठुला