• ON AIRमुख्य समाचार
  • UP NEXTएसएमएस दोहोरी

ओठमा घाउ

यो समस्याबारे हाम्रो मुलुकमा खासै अध्ययन नभए पनि ५–७ प्रतिशत जनसंख्यालाई यसले सताउने गरेको अनुमान छ । बालबालिका वा बूढापाका सबै उमेर समूहका मानिसलाई एंग्युलर चिलाइटिस हुने गर्छ ।

 ओठका दुइटै वा एउटा कुनामा महिनौंदेखि घाउ भएकाहरू हाम्रै वरिपरि हुन सक्छन् । अलिअलि दुख्ने–चिलाउने, हेर्दा नराम्रो लाग्ने र खासै केही दु:ख नदिने यो समस्यालाई त्यही भएर गम्भीरतापूर्वक लिने गरिँदैन । औषधिमूलो वा चिकित्सकको सल्लाह लिन पनि आवश्यक ठानिँदैन ।

चिकित्सकीय भाषामा यस्तो समस्या ‘एंग्युलर चिलाइटिस’ भनिन्छ । ओठको कापमा घाउ हुनु मुखको कुनामा भएको दीर्घकालीन सुन्नाइको अवस्था हो । यसले अनुहारको सुन्दरतामा समेत असर पार्छ ।

‘यसबारे खासै अध्ययन नभए पनि हाम्रो अनुमानअनुसार यो समस्या मुलुकमा ५–७ प्रतिशत जनसंख्यामा हुने गरेको छ,’ धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, ‘बालबालिका वा बूढापाका सबै उमेर समूहका मानिसलाई एंग्युलर चिलाइटिस हुने गर्छ ।’

यो शारीरिक समस्याको नेपालीमा कुनै खास नाम नभए पनि मुलुकमै दोस्रो सबैभन्दा बढी बोलिने भाषा मैथिलीमा ‘लगामी’ भन्ने गरिन्छ ।

जीवाणु वा ढुसी पनि यो समस्याको कारक हुन सक्छ । यो समस्या सामान्यत: फंगल (क्यानडिडल), ब्याक्टेरियल (स्टफालेकोकल) र भाइरसजन्य (हर्पिज) संक्रमण सम्बद्घ रहेको औंल्याउँदै डा. कर्ण भन्छन्, ‘संक्रमणमा परेकाहरूलाई मुखको संक्रमण (ओरल क्यान्डिडियसिस) पनि हुन सक्छ ।’

यो घाउ ओठका दुइटै कुनामा भए झनै पीडाजनक हुन्छ र लामो अवधिसम्म निको नहुन सक्छ ।

निकै कम मामिलामा चाहिँ अनुहारमा लगाउने क्रिम वा लिपस्टिक, टुथपेस्ट आदिको एलर्जीले गर्दासमेत ओठको किनारा चिरिन सक्छ । शरीरमा केही खास भिटामिनको कमी हुँदा पनि यस्तो हुने सम्भावना हुन्छ । यस्तै, मुख खोलेर सुत्ने बानी भएकाहरूमा पनि ओठ र मुख सुक्खा भएर आफ्नो मुखकै र्‍याले गर्दा ओठमा घाउ हुन सक्छ ।

कुनै फलफूलको रसको एलर्जीले गर्दा पनि एंग्युलर चिलाइटिस हुन सक्छ । सामान्यत: आँपको मौसममा हाम्रो मुलुकमा यो समस्या बढी पाइने गरेको समेत डा. कर्ण आंैल्याउँछन् । सोरियासिस लगायतका विभिन्न छाला रोगले गर्दा पनि ओठमा घाउ हुन सक्छ ।

यति मात्र नभई, विभिन्न किसिमको आमाशय र आन्द्रासम्बन्धी समस्या हुँदा पनि ओठका दुवै किनारा फाट्न सक्छन् । विभिन्न प्रकारका बाथ रोगमा समेत एंग्युलर चिलाइटिस देखिने सम्भावना हुन्छ । कतिपय औषधि खाँदा साइड इफेक्टका रूपमा समेत हुन सक्ने जनाउँदै डा. कर्ण तनावमा वृद्घि हुँदा पनि यो समस्याले सताउन सक्ने बताउँछन् ।

कसलाई हुन्छ ?
यो संक्रमण सबै उमेर समूहलाई हुन सक्छ । रोगप्रतिरोधी क्षमता कम भएकाहरूलाई यो समस्याले दीर्घकालीन रूपमा सताउन सक्छ । भिटामिन ‘बी’ १२ र आइरन–फोलेटको कमी भएकाहरू, मुखभित्र अनुपयुक्त डेन्चर लगाउनेहरू यो रोगको जोखिममा हुन्छन् ।

दूध खाने शिशुहरू नाक बन्द भएका बेला मुखबाट सास फेर्ने गर्छन् । यसो गर्दा मुख सुक्खा हुन्छ र र्‍याल बाहिर निस्किन थाल्छ । अनि यही र्‍यालले ओठको किनारामा घाउ बनाउने गर्छ ।

बूढापाकाहरू समेत यो समस्याको जोखिममा हुन्छन् । मधुमेह, दम–एलर्जीका बिरामीहरूमा यो समस्या बढी पाइन्छ । पान, गुटखा, सुपारी खानेहरूमा समेत यो समस्या देखिन्छ ।

उपचार 
यो समस्या देखिए मनतातो नुनपानीले कुल्ला गर्नुपर्छ । घाउ भए ठाउँ दिनहुँ तीन/चार पटक सेक्नुपर्छ । दुई/तीन दिनसम्म यसो गर्दा पनि सन्चो नभए भने चिकित्सकबाट उपचार गराउनुपर्छ ।

छाला रोग विशेषज्ञले यो समस्याको कारण पत्ता लगाएर त्यसैअनुसारको उपचार प्रक्रिया रोज्ने उल्लेख गर्दै डा. कर्ण भन्छन्, ‘यसको उपचारमा सामान्यत: एन्टिफंगल एन्वाइस्टिन, क्लोट्रिमाजोल, इकोनाजोल आदिको प्रयोग गरिन्छ ।’ उनका अनुसार एन्टिफंगल र स्टेरोइडको मिश्रण माइकोस्टिटेन र ट्राइएमसिनोलोम वा आइयोडक्यिुनोल र हाइड्रोकर्टिसोन समेत प्रस्तावित गर्न सकिन्छ ।

यो समस्या शरीरमा पोषक तत्त्वको कमीले भएको भए यसको आपूर्ति गर्नुपर्छ । विभिन्न रोगका कारण यो समस्या देखिएको भए चिकित्सकले ती रोगहरूको समेत उपचार गरेर यो समस्या हटाउने प्रयास गर्ने डा. कर्ण बताउँछन् ।

लक्षण
-सुरुमा ओठको छेउछेउमा सुक्खा हुनु, चरचराउनु, दुख्नु र पछि गएर घाउका रूपमा देखापर्नु । कहिलेकाहीँ रगत पनि निस्किनु ।

- ओठको काप चिरिनु । 
- घाउ हुनु । पाप्रा देखिनु । 
- ओठको कुनाको तन्तु कमलो हुनुका साथै दुख्नु । 
- खान खाँदा ओठको कुनामा पोल्नु वा दुख्नु ।

रोकथाम 
-ओठ सुक्खा राख्नु हुँदैन । मोइस्चराइजर वा लिप बाम प्रयोग गर्नुपर्छ । 
- खाना खाएपिच्छे कुल्ला गर्नुपर्छ । 
- बिहान र राति दाँत माझ्नुपर्छ ।
- बालबालिकामा मुख बन्द गरेर सुत्ने बानी बसाल्नुपर्छ ।
- नयाँ क्रिम वा ओठको कस्मेटिक लगाउँदा र औषधि खाँदा कुनै खटिरा वा अस्वाभाविकता देखिए तुरुन्तै सम्बन्धित चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
- भिटामिन, मिनरललगायतका सन्तुलित आहार गर्नुपर्छ ।
- घाउ आएको तीन–चार दिनसम्म सामान्य घरेलु उपचारले निको नभए छाला रोग विशेषज्ञकहाँ जानुपर्छ ।

प्रतिकृया दिनुहोस

पाँचौ परिवार नियोजन दिवश रामेछापमा पनि मनाइयो । 

किशोर किशोरीको सहभागिता परिवार नियोजन सेवाको सुनिश्चितता भन्ने मुल नाराका साथ पाँचौ परिवार नियोजन दिवश रामेछापमा पनि मनाइएको छ । रामेछाप

खाना खाने गलत शैली, उमेर नपुग्दै बुढ्यौली

    जवाफ, ‘उमेरमै जवानी गुजि्रएला कि भन्ने कुराले ।’ अर्थात उमेर नपुग्दै पाको, बुढो भइएला भन्ने डर । तपाईंलाई पक्कै थाहा छ, उमेरले मात्र मान्छे

ख्याल गर्नुभएको छ ? तपाईका यी आनीबानीले मेरुदण्डमा खराब असर पर्दैछ

  हरेक कुराको मूल आधारलाई हामी ‘मेरुदण्ड’ भन्छौं । यसबाट बुझिन्छ, मेरुदण्डको महत्व कति छ । मेरुदण्ड नहुँदो हो त हाम्रो शरीर सग्लो रहँदैन । हिँड्न,