• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

भुकम्पमा ध्वस्त भएको रामेछाप  जिल्लाको एक मात्र संस्कृत विद्यालय बन्यो  ।


२०७२ को भुकम्पले क्षति भएको रामेछाप जिल्लाको एक मात्र संस्कृत विद्यालय श्री सारदा संस्कृत माध्यमिक विद्यालयको  पुन निर्माण सम्पन्न भएको छ । रामेछाप नगरपालिका वडा नम्बर ८ बाबियाखर्कमा रहेको विद्यालय २०७२ को भुकम्पले ध्वस्त भएको थियो । भुकम्प गएको साँढे ३ वर्षपछि सुविधा सम्पन्न पक्कि भवन निर्माण भएको हो  । ९ करोड ६५ लाख २८ हजार ३ सय ६० लागतमा निर्मित ५ वटा पक्कि भवन अपाङग र बालमैत्रि बनेको छ । भुकम्पिय आपलकालीन सहायता आयोजना कार्यक्रम अन्तर्गत नव निर्मित विद्यालय भवन एशियाली विकाश बैकको आर्थिक सहयोग र जिल्ला आयोजना कार्यन्वयन इकाइ शिक्षाको अनुदान व्यवस्थापना निर्माण भएको हो ।

लुम्बिनी खानी जेभी काठमाण्डौ बानेश्वर निर्माण कम्पनीले २०१७ अप्रिल ७ तारिखमा आयोजना सम्झौता गरेको भवनको निर्माण सम्पन्न गर्नुपर्ने समय २०१८ जुलाई ६ सम्म मात्र थियो । निर्माण सम्पन्न गर्नुपर्ने समय सकिसकेको भएपनि अब छिट््टै सहयोगी दाताले विद्यालय हस्तान्तरण गर्न लागेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिपक घिमिरेले जानकारी दिनुभएको  छ । वर्षातको समयमा विद्याय पुन निर्माण भइरहेका अवस्थामा पानीको भेल पस्दा पुन निर्माणमा केहि समस्या  भएको कारणले पनि काममा  ढिलाई भएको अध्यक्ष घिमिरेले बताउनुभयो

। विद्यालयका शिक्षक केदार प्रसाद घिमिरेले विद्यालयमा यस्तो भौतिक संरचना बन्ला भनेर आफुहरुले कल्पना समेत नगरेको तर अहिले आँखै आगाडि आफ्नै विद्यालयमा सुविधा सम्पन्न भवनहरु बन्दा एकदमै खुशि लागेको बताउनुभयो । जिल्लामा काँहि पनि संस्कृत पढाइ नहुने भएकाले संस्कृत पढ्न चाहने विद्यार्थिहरुका लागि अब विद्यालयमै होस्टेल राखेर संस्कृत कर्मकाण्ड पढाइने उहाँले बताउनुभयो  । सारदा संस्कृत माविमा कक्षा शिशुदेखि १२ सम्म संस्कृत भाषामै पठनपाठन हुँदै आएको छ । 

प्रतिकृया दिनुहोस

विद्यालयको छाना हावा  हुरीले उडायो पठन पाठनमा समस्या ।। 

रामेछाप जिल्लाको दुर्गम भेग रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगा बोलङ बोलङमा रहेको श्री महारुद्र माध्यमिक विद्यालयको भवनको छाना हावाहुरीले

आज सरस्वतीपुजा रामेछापका सरस्वती मन्दिरमा पूजा आराधना गर्ने श्रद्धालुको भीड ।। 

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज रामेछापमा  श्रीपञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने

शिक्षाको विकास बिना समृद्ध नेपाल असम्भब – मन्त्री पोखरेल 

शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराज मणि पोखरेलले शिक्षाको बिकास बिना समृद्ध नेपाल सम्भावना नहुने बताउनुभएको छ। उहाँले भवन राम्रा र ठुला