• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

निशान बचत तथा ऋण सहकारी सस्था लिमिटेडको छैठौ वार्षिक साधरण सभा एवम् तेश्रो अधिवेशन सम्पन्न ।। 


रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा रहेको निशान बचत तथा ऋण सहकारी सस्था लिमिटेडको छैठौ वार्षिक साधरण सभा एवम् तेश्रो अधिवेशन कार्यक्रम श्री गौरीशंकर मा वि मा आज  सम्पन्न भएको छ । सहकारीका अध्यक्ष घनामाया श्रेष्ठको सभाध्यक्ष एवम् रामेछाप नगरपालिका प्रमुख नर बहादुर मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । २०६९ साल चैत १ गतेदेखि आफ्नो आर्थिक कारोवार सञ्चालनमा ल्याएको यस सहकारीले हालसम्म ४ सय ९१ जना सदस्य बनाउन सफल भएका छन् ।आ व ०७४÷०७५ को आर्थिक विवरण प्रस्तुत गर्दै कोषध्यक्ष अमित तामाङले सहकारीले १७ लाख ६३ हजार ३ सय ३५ रुपैया कुल आम्दानी गरेको् र १४ लाख ८६ हजार ४ सय ७३ रुपैँया खर्च भएकोे जानकारी दिनुभएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् रामेछाप नगरपालिका नगरप्रमुख मगरले सहकारीले अहिले सम्म पारदर्शी ढङगले आफ्नो गतिविधि सञ्चालन गर्दै आएकोमा धन्यवाद दिदै नगरभित्रको आमनागरिकको आर्थिक स्तर उकास्न सहकारीसस्थाहरुसँग समन्वय गरेर काम गर्न नगरपालिका तयार रहेको बताउनुभएको छ ।साथै तेश्रो अधिवेशनबाट पुरानै पदाधिकारी रहने गरी ९ कार्यसमिति  सर्वसम्मत चयन भएका छन् । जसमा अध्यक्षमा घना श्रेष्ठ,उपाध्यक्ष सुमन श्रेष्ठ,सचिव सुजन घिमिरे, कोषध्यक्षमा अमित तामाङ र सदस्यहरुमा हिममाया श्रेष्ठ,विमला श्रेष्ठ,उमेश विक्रम थापा ,योग बहादुर बस्नेत र विष्णु कार्की चयन भएका छन् भने लेखा समितिमा संयोजक शान्त कुमार पहरी ,हरी कुमार कार्की र सर्मिला घिसिङ सर्वसम्मत रुपमा चयन भएका छन् । यस्तै सहकारीले यसैवर्षदेखि आफ्ना सदस्यहरुलाई लक्षित गरी चिठ्ठा कार्यक्रम पनि सञ्चालन गरेको छ । जसमा चिठ्ठाबाट प्रथम पुरस्कार एल इ डी टि भी रामेछाप ८ की देवमाया तामाङले पाउनुभएको छ,दोश्रो पुरस्कार मोवाइल कुल वहादुर तामाङले ,तेश्रो पुरस्कार पानी छान्ने फिल्टर विष्णु श्रेष्ठले प्राप्त गर्नुभएको छ र अन्य ५ जना निरोज कुमार मगर,मदन कसाई,शहदेव कार्की,शिव बहादुर कार्की र वडा नं ८ को वडाध्यक्ष केदार कार्कीले सान्त्वना पुरस्कारमार्फत पानी खाने स्टीलको जग प्राप्त गरेका छन् । कार्यक्रममा विभिन्न सहकारीका प्रतिनिधि,सरकारी तथा गैरसरकारी संघसस्थाको प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २