• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

मन्थली खानेपानीको १९ औ साधारण सभा सम्पन्न ।। 


मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १९ औ साधारणसभा शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि तथा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले गरेका थिए । कार्यक्रमको उद्धघाटन समारोहमा बोल्दै मन्थली नगरपालिका नगरप्रमुख रमेश बस्नेतले मन्थली नगरपालिकामा पानीको ठुलै हाहाकार रहेको उल्लेख गर्दै उनले मानिसले प्रकृति माथि नै दोहन गरेका कारण पनि पछिल्लो समयमा खानेपानीेको समस्या विकराल बन्दै गएको बताए । प्रमुख बस्नेतले आफ्नो नगरका १४ वटा वडा मध्ये मध्ये १३ वटा वडामा ग्राभिटि फ्लो प्रणालीको खानेपानी नभएको बताए । उनले ती वडाहरुमा लिफ्ट खानेपानीको विकल्प नरहेको बताए । उनले कोशीमा पानी बगुन्जेल त लिफ्ट खानेपानी होला यस्तै अवस्था रहने हो भने कोशीको पानी पनि सुक्ने अवस्था आउन सक्छ त्यसतर्फ सबै सजग हुनु जरुरी रहेको बताए ।  भेलाले बतिको सहायताले लिफ्ट प्रविधिबाट पानी तान्नु पर्दा विद्युत महशुल अत्यधिक हुने भएकाले उपभोक्ता समितिलाई तिर्न गा¥हो पर्ने अवस्था आएकाले विद्युत महशुल घटाउन विद्युत प्राधिकरण जिल्ला शाखा र केन्द्र सहितका विभिन्न निकायहरुमा अनुरोध गर्ने निर्णय समेत गरेको छ । साधारण सभामा मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २०७५ असार मसान्तसम्म आय व्यय विवरण समेत प्रस्तुत गरिएको थियो । साधारण सभा मन्थलीमा अव्यवस्थित अवस्थामा रहेको खानेपानी वितरणलाई व्यवस्थित र पर्याप्त बनाउने समितिका अध्यक्ष रामचन्द्र वियोगीले जानकारी दिए । उनले खानेपानीको महशुल नतिरेर उठन बाकी रहेको करिब १० लाख आफै लागि परेर उठाउने बताए । हाल मन्थली खानेपानी तथा उपभोक्ता सरसफाई समिति हाल ८ सय ६९ जना उपभोक्ता रहेका छन । 
 

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २