• ON AIRहजुरको खवर
  • UP NEXTरोजाई तपाईको

साहारा बचत तथा ऋण सहकारी संस्थाको आम्दानी २ करोड ४५ लाख ।।

साहारा बचत तथा ऋण सहकारी सस्था लिमिटेड मन्थली रामेछापको १३  औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सदरमुकाम मन्थलीको सामुदायिक आवास भवनमा सन्चालित कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष मिलन कुमार घिसिङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आ व २०७४÷०७५ को वार्षिक  प्रगति प्रतिवेदन संस्थाका कोषाअध्यक्ष शिवराज श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको जम्मा आम्दानी २ करोड ४५ लाख १८ हजार र संस्थाको जम्मा खर्च २ करोड  २१ लाख ४० हजार रहेको बताइएको छ । संस्थामा ३१ सय ७ जना सेयर सदस्य रहेका छन ।  साधारण सभा कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले कार्यक्रममा उपस्थित सदस्य तथा वचत कर्ताहरुलाई सहुलियतदरमा ऋण लिएर व्यवसाय गर्न आग्रह गर्नुभयो । साथै संस्थाको कार्य समिती सदस्यमा ३ वर्षे कार्यकाल सकिएका ५ जना पदाधिकारीहरु मध्मे केहि  पदाधिकारीहरु हेरफेर गरिएको छ । संस्थाका कोषअध्यक्षमा शिवराज खड्का , सन्चालक समिती सदस्यहरुमा श्री बहादुर  माझि , मैया कुमारी सार्कि , सुनिता श्रेष्ठ  सर्वसम्मीतीले पुरानै कायम भएका छन भने ऋण उपसमितीमा शिशिर खड्गी , बलराम तामाङ ,सुकराम घिसिङ , निर्वाचत भएका छन । 
 

प्रतिकृया दिनुहोस

निशान बचत तथा ऋण सहकारी संस्थाको कुल आम्दानी १७ लाख ६३ हजार ।

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा रहेको निशान बचत तथा ऋण सहकारी सस्था लिमिटेडको छैठौ वार्षिक साधरण सभा एवम् तेश्रो अधिवेशन कार्यक्रम श्री

मन्थली खानेपानीको १९ औ साधारण सभा सम्पन्न ।। 

मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १९ औ साधारणसभा शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि तथा मन्थली

नगर र गाउँ कार्यपालिका सदस्यको तलब दोब्बर वृद्धि ।। 

प्रदेश ३ सरकारले स्थानीय तहका कार्यपालिका सदस्यहरुको सेवा सुविधा दोब्बर बढाउने निर्णय गरेको छ । बिहीबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषदको