• ON AIR
  • UP NEXTटाइम पास

कालिञ्चोक भ्रमणमा जाने पर्यटकलाई समस्या नै समस्या ।। 

दोलखामा एकैसाथ आन्तरिक पर्यटकको चाप अत्याधिक बढेपछि जिल्लाका होटल तथा लज खचाखच भएका छन् । सदरमुकाम चरिकोट तथा धार्मिक एवम् पर्यटकीय स्थल कालिञ्चोकको कुरीमा पर्यटकको चाप अत्यधिक बढेको हो । एकैपटक धेरै आन्तरिक पर्यटक भित्रिएपछि दोलखाका होटल तथा लज खचाखच छन् भने पर्यटकहरुको व्यवस्थापनमा समेत समस्या भएको छ । विशेषगरि शुक्रबार, शनिबार र विदाको दिन दोलखामा पर्यटकको चाप बढ्ने गरेको छ । हिजो मात्रै दोलखामा अत्यधिक पर्यटक भित्रिएपछि बस्ने ठाउँ नपाउँदा केही पर्यटक अलपत्र परेका छन् भने केही गाडीमै सुत्न बाध्य भएका छन् । कालिन्चोकको कुरीका होटलहरु एक साता अघि देखि बुकिङ थिए भने चरिकोटका होटल, लज पनि भरिए पछि आन्तरिक पर्यटक समस्यामा परेका थिए । अलपत्र परेका पर्यटकलाई व्यक्तिको घर तथा निर्माणाधिन होटलहरुमा समेत राखिएको थियो । चरिकोटको चरिघ्याङस्थित निर्माणाधिन दिप्रसन रिसोर्टमा मात्रै ३०र४० जना पर्यटकलाई सुत्ने व्यवस्था मिलाईएको र केहीले आगो तापरै रात कटाएको प्रोपाईटर दिपक थापाले जानकारी दिनुभयो । मध्यराति सम्म पर्यटक अलपत्र परेपछि करिव ५ सय जनालाई व्यक्तिको घर र अन्य स्थानमा बस्ने व्यवस्था मिलाईएको दोलखा उद्योग वाणिज्य सँघका अध्यक्ष सुन्दर कार्कीले जानकारी दिनुभयो । कालिन्चोकको कुरीमा पुगेका पाँच सय बढी पर्यटक बस्ने ठाउँ नपाएर राति नैं फर्किएको कुरीस्थित होटल फायर साईडका प्रोपाईटर चन्द्र पाख्रिनले बताउनुभयो । उहाँका अनुसार कम्तिमा एक साताअघि बुकिङ गरे मात्रै कुरीका होटलमा बस्न पाईन्छ । पर्यटको संख्या बढेसँगै एक साता यता कालिञ्चोक केवलकार चढ्नेको संख्या दैनिक हजार भन्दा माथि रहेको कालिञ्चोक केवुलकार दर्शन प्रालिका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिनुभयो । आज पर्यटकको चाप अत्याधिक बढेकाले वृद्धवृद्धा तथा हिँडेर कालिञ्चोक पुग्न नसक्नेहरुलाई मात्रै सेवा दिँदा पनि बिहान १० बजे सम्म मात्रै १ हजार बढिले केवलकार चढेको उहाँले बताउनुभयो । पर्यटकको चाप बढेपछि त्यसको व्यवस्थापनमा समस्या भएको उहाँको गुनासो छ । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण रहेको दोलखा जिल्ला पर्यटकहरुको विशेष रोजाईमा पर्ने गरेकाले विदाको दिन तथा विशेष चाडपर्व मनाउन पर्यटकहरुको भिड लाग्ने गर्दछ । विशेषगरी जाडो मौसममा हिउँ खेल्नका लागि पनि पर्यटकहरु दोलखा आउने गरेका छन् । तर, पर्यटकहरु अग्रिम होटल बुकिङ नगरि आउँदा समस्यामा पर्ने गरेका छन् । पर्यटकको चाप बढेका बेला कुरी र चरिकोटका होटल व्यवसायीले मनोमानी शुल्क लिने, गुुणस्तरहिन खाना खुवाउने र भनेजस्तो सेवा नदिएको गुनासो पर्यटकहरुको छ ।
 

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २