• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

रामेछाप जिल्लाको ६ स्थानीय तह दुर्गमको सुचीमा


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको वर्गीकरणमा रामेछापको ६ स्थानीय तह ‘ख’ बर्गमा अर्थात् दुर्गमको सूचीमा परेका छन् । २ नगरपालिका र ६ गाउँपालिका सहित आठ स्थानिय तह रहेको जिल्लाको ६ ओटा स्थानिय तह दुर्गमको सूचिमा परेका हुन् ।खाँडादेवी,गोकुलगंगा,उमाकुण्ड,लिखुतामाकोशी,दोरम्वा र सुनापति गाउँपालिका दुर्गमको सूचिमा परेका छन् । जिल्लाको २ नगरपालिका रामेछाप नगरपालिका र मन्थली नगरपालिका मध्यम अर्थात ‘ग’ वर्गमा सूचिकृत भएको छ । जिल्ला समन्वय समितीले दिएको सूचनाका आधारमा स्थानिय तहरुको वर्गिकरण गरिएको हो ।स्थानीय तहको यातायातको सुविधा, प्रदेश राजधानीदेखिको दुरी जिल्ला सदरमुकामदेखिको दूरी, शिक्षा, स्वास्थ्य, दुरसञ्चार सेवा, बिद्युत, मानव विकास सूचकांक, भौगोलिक अवस्थितिलाई समेत ध्यानमा राखी उक्त वर्गीकरण गरिएको मन्त्रालयले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रारम्भीक प्रशासनिक वर्गीकरण अनुसार स्थानीय तहलाई क, ख, ग र घ गरी चार वर्गमा विभाजन गरेको छ । ‘क’ वर्गलाई अतिदुर्गम, ‘ख’ वर्गलाई दुर्गम, ‘ग’ वर्गलाई मध्यम र ‘घ’ वर्गलाई सुगम स्थानीय तहको संज्ञा दिइएको छ ।

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २