• ON AIRहजुरको खवर
  • UP NEXTरोजाई तपाईको

रामेछाप मानेँडाँडामा नवनिर्मित  प्रतिक्षालय उद्धघाटन ।। 


रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ मानेँडाडामा नव निर्मित प्रतिक्षालयको आज उद्धघाटन गरिएको छ । रामेछाप नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत नवनिर्मित प्रतिक्षालयको रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले उद्धघाटन गर्नुभएको हो । प्रतिक्षालय उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरउपप्रमुख खड्काले प्रतिक्षालय निर्माण भएपछि कारागार कार्यलय र प्रहरी कार्यलय रामेछाप डाँडामा काम परेर आउने सेवा ग्राहि र  सदरमुकामसम्म जान सवारी साधन कुर्र्ने यात्रुहरुलाई सहज हुने उहाँले बताउनुभयो ।  रामेछाप नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केदार कार्कीले वडा नम्बर ८ मा ५ लाखको लागतमा ३ वटा प्रतिक्षालय निर्माण भइरहेको  जानकारी दिनुभएको छ ।  ३ वटामध्ये १ वटा प्रतिक्षालयको आज उद्धघाटन गरिएको हो । बाँकी २ वटा रामेछाप माथिल्लो बजार र  गणेश चोकको प्रतिक्षालय निर्माण कार्य जारी छ । 

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २