• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भिर घाइते ।। 


पुष्पलाल राजमार्ग अन्तर्गत रामेछाप जिल्लाको लिखु तामाकोशि गाउँपालिका वडा नम्बर ६ सिसौघारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन । सदरमुकाम मन्थलीबाट खिम्ती जाँदै गरेको बा २ ख ९७२२ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ८ ख २०४७ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार मन्थली नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ४७ का कृष्णदास श्रेष्ठ गम्भिर घाइते भएका हुन । घाइते श्रेष्ठको मन्थली सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी पवक्ता शेख अदालतले जानकारी दिनुभएको छ । घाइते श्रेष्ठको हात र खुट्टामा गहिरो चोट लागेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २