• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

डिभिजन वन कार्यलय रामेछापको  बन्यो पक्कि २ वटा भवन ।। 


२०७२ सालको भुकम्पले क्षति भएको डिभिजन वन कार्यलय रामेछापको भवन निर्माण सम्पन्न भएको छ । रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप डाँडामा कार्यलय रहेको डिभिजन वन कार्यलयको भवन भुकम्प गएको साँढे ३ वर्ष पछि निर्माण सम्पन्न भएको हो । मुल्य अभिवृद्धिकर सहित ५ करोड ७६ लाख ५४ हजार ६ सय ८५ रुपैया ५४ पैसा कुल लागत रहेको भवनको सम्झौता सुनकोशी धुलीखेल जेभी काठमाडौँ निर्माण कम्पनीले मुल्य अभिवृद्धिकर बाहेक ४ करोड १४ लाख ७२ हजार ९३ रुपैयाँ ६९ पैसामा गरेको थियो ।  एशियाली विकाश बैँकको आर्थिक सहयोगमा राष्टिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वय इकाइको अनुदान व्यवस्थापनमा  २०७४ जेठ १७ गते निर्माण सम्झौता गरेको सुनकोशी धुलीखेल जेभी काठमाडौँ निर्माण कम्पनीले २०७४ असार १ गतेबाट भवन निर्माणको काम सुरु भएकोे हो ।

काम सुरु भएको १९ महिनामा भवनको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । निर्माण सुरु  भएको मितिले २४ महिना भित्र भवन निर्माण काम सकिसक्नुपर्ने सम्भौता पत्रमा उल्लेख छ । निर्माण कम्पनीले  निर्माण सम्पन्न गर्नुपर्ने समयसिमा भन्दा अगाडी नै भवन निर्माणको कामसकेर हस्तान्तरण गर्न लागेकोमा आफुहरुलाई खुशि लागेको डिभिजन वन कार्यलय रमेछापका निमिक्त प्रमुख  विजय कुमार शाहले बताउनुभयो । भुकम्पपछि भवनको अभावमा कामकाज प्रभावित हुने गरेको बताउँदै   डिभिजन वन कार्यलय रामेछापका प्रमुख पदमराज नेपालले भवन बनेपछि कार्यलय व्यवस्थापन , कर्मचारीलाई काम गर्न सहज , सेवा ग्राहिहरुलाई पनि सेवा लिन सहज हुने बताउनुभयो ।  नवनिर्मित २ वटा भवनमा १४ वटा कोठाहरु रहेका छन । डिभिजन वन कार्यलय रामेछापको मातहतमा रहेर जिल्लाभर ६ वटा सब डिभिजन वन कार्यलय सन्चालमा छन । 


 

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २