• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

रामेछाप सुनारपानीमा भिरबाट लडेर पुरुषको मृत्यु ।। 

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा भिरबाट लडेर  एक पुरुषको मृत्यु् भएको छ । मन्थली नगरपालीका वडा नम्बर ५ सुनारपानी घर  भएका अन्दाजी २६ वर्षका कविराज भुजेल हिजो मृत भेटीएका हुन । अत्याधिक मदिरा सेवन गर्ने मृतक भुजेलको  सुनारपानी पारी भ्यागुरे उतिसे भिरबाट लडेर मृत्यु भएको वडा नम्बर ५ सुनारपानीका वडाअध्यक्ष राम बहादुर कार्कीले जानकारी दिनुभयो । परिवारमा एक्लै रहेका मृतक भुजेल पुस १५ गतेदेखि बेपक्ता थिए । स्थानियले मृतको शव घोप्टो परेर लडेको अवस्थामा  देखेपछि वडाअध्यक्ष कार्कीलाई खबर गरेका थिए । वडाअध्यक्ष काकीले  घटनाको बारेमा खबर पाउने वितकै प्रहरीलाई  खबर गरी शव पोष्टमार्टन पछि दाहसंस्कार गरिसकिएको जानकारी दिनुभएको छ ।    

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २