• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

जिल्ला अस्पताल रामेछाप सुविधा सम्पन्न बनाउने मन्त्रि ढुंगेलको प्रतिबद्धता । 


प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश प्रसाद ढुंगेलले जिल्ला  अस्पताल रामेछाप सुविधा सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछापमा रहेको अस्पताल पुन निर्माणको अवस्था र नयाँ भवनहरु बन्ने स्थानको  अनुगमन गर्दै मन्त्रि ढुंगेलले जिल्ला अस्पताल रामेछाप जिल्लाकै एक मात्र स्वास्थ्य क्षेत्रको गहना र  जनताको अस्पताल भएको बताउँदै अस्पतालमा विशषेज्ञ चिकित्सकहरुको अभाव , औषधि यन्त्र र उपकरणको अभाव हुनुले धेरै विरामीहरु जिल्लामै  उपचार पाउनबाट वन्चित रहेकोमा आफुलाई दुख लागेको बताउनु भएको छ । नेकपाका महासचिव पुष्पपाल श्रेष्ठ जन्मेको ठाउँमा रहेको अस्पतालको अवस्था नाजुक हुनु दुखको कुरा भएको बताउँदै उहाँले आफु स्वास्थ्य मन्त्रि नभएपनि जिल्लाको अस्पतालका लागि स्वास्थ्य मन्त्रिले गर्ने भन्दा बढि काम गेरर देखाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो अब अस्पताल विकासको काम दु्रत गतिमा अगाडी बढ्छ ।

मन्त्रि ढुंगेलले रामेछाप जिल्ला पानीमा आत्मनिर्भर जिल्ला भएको बताउँदै  अब जिल्लाको पानीलाई प्रयोग गरि प्रदेश सरकारले जलविद्युत उत्पादन गर्ने र रामेछापेली जनताको जिवनस्थरमा सुधार ल्याउने  बताउनुभयो ।  जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोसन पाख्रीनले भुकम्पमा क्षति भएको जिल्ला अस्पताल पुन निर्माण जर्मन कम्पनी के एस डब्लुको आर्थिक सहयोगमा निर्माण हुन लागेको जानकारी गराउनुभएको छ । अस्पताल पुन निर्माणको लागि भवन बनाउने जग्गा सम्याउने काम भइरहको उहाँले जानकारी दिनुभयो ।  अब बन्ने नयाँ भवन सुविधा सम्पन्न र हेलिप्याड सहितको बन्नेछ ।  भवन निर्माण भइसकेपछि विभिन्न रोगहरुको उपचार र शल्यक्रिया विशेषज्ञ चिकित्सकहरुबाट जिल्लामै हुनेछ । 

प्रतिकृया दिनुहोस

रामेछाप जिल्लामा शव वाहन नहुँदा समस्या ।। 

रामेछाप जिल्लामा  शव वाहन नहुँदा समस्या भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा समेत शव वाहन नहुँदा अस्पतालमा मृत्यु भएका

वडाकार्यलयद्धारा विद्यालयमा स्वास्थ्य तथा सरसफाई कार्यक्रम सुरु  ।। 

रामेछाप नगरपालिका वडा नम्बर ८ वडा कार्यलयले वडा भित्र रहेका ३ वटा विद्यालयमा स्वास्थ्य तथा सरसफाई कार्यक्रम सन्चालन गरेको छ । वडा भित्र रहेका ३ वटा

खिजीदेम्बा गाउपालिकाको सबै वडाहरुमा निशुल्क आखाशिविर बस्ने ।

लिला बहादुर सुनुवार,पौस २४ अ‍ोखल्ढुङ्गा । खिजीदेम्बा गाउपालिका अ‍ोखलढुङ्गाको सबै वडाहरुमा यहि माघ १० गते देखी १८ गते सम्म निशुलक आखा शिबिर बस्ने